Connect with us
Advertisement

‘सुझावका तीन प्रश्न’ लिएर अभियानमा होमिए मन्त्री किराती

Published

on

विराटनगरः ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ भन्ने नाराका साथ शुरु भएको नेकपा (माओवादी केन्द्र)को तीन महिने अभियानमा मोरङ ३ को जिम्मा पाएका छन् संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले ।

माओवादीका केन्द्रीय सदस्य समेत रहेका उनी १५ गते नै बेलबारी आइपुगे । अन्य माओवादी नेताको भन्दा उनको अभियानको शैली भने फरक देखियो । अभियानमा उनी जनताबाट सुझाव सङ्कलन गर्न भन्दै तीन प्रश्न समेटिएको ‘सुझाव पत्र’ वितरण गर्छन् ।

विगतमा सरकारमा पुर्याउन भोट मागेको र जनताले भोट दिएका कारण सरकारमा पुगेको भन्दै मन्त्री किराती अब सरकारले गर्नुपर्ने कामहरु पनि जनताकै सुझावका आधारमा हुनुपर्ने बताउँछन् । सुझाव पत्र बाँड्दै मन्त्री किरातीले भने, ‘चुनावको बेला हामीले तपाईहरुसँग भोट दिनुहोस्, सरकारमा पुगेर सेवा गर्छौ भनेका थियौ । तपाईहरुले भोट दिनु भयो, हामी सरकारमा पुगेका छौं, मन्त्री भएका छौ । अब तपाईहरुले भन्नु पर्यो, लिखित रुपमा भन्नु पर्यो हामीले के गर्नु पर्छ ? सरकारले के गर्नु पर्छ ? हामी तपाईहरुको सुझाव अनुसार नै काम गर्ने छौं ।’

काठमाडौंबाटै सुझाव संकलनका लागि सुझाव पत्र नै लिएर कार्यक्षेत्र पुगेका उनले मुख्यगरी तीन विषयमा सुझाव संकलन गर्न खोजेका छन् । मन्त्री किरातीले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा जारी भ्रष्टाचार विरुद्धको अभियानबारे जनताको धारणा र सुशानको सन्दर्भमा सरकारले गर्नुपर्ने बाँकी कामबारे पहिलो बुँदामार्फत सुझाव संकलन गर्न खोजेका छन् । ‘भ्रष्टाचार विरुद्धको अभियानको राम्रो पक्ष र कमीकमजोरी के देख्नुभएको छ ? अब कसरी काम गर्दा राम्रो होला ?’ भन्दै मन्त्री किरातीले माओवादी नेतृत्वको सरकारको कामको जनताबाट समीक्षा गर्ने कोशिस गरेका छन् ।

उनले सुझाव पत्रमार्फत् आफू नेतृत्वको मन्त्रालयसँगै अन्य विकासे मन्त्रालयहरुले गरिरहेको काम र गर्नुपर्ने कामको विषयमा समेत जनतासँग समीक्षा र सुझाव मागेका छन् । सुझावका प्रश्नहरुको २ नम्बर बुँदामा लेखेका छन्, ‘हाम्रो सरकारले रोजगारी, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, संस्कृति, उड्डयन, सडक, जलविद्युत लगायत महत्वपूर्ण विषयमा केके काम गर्नुपर्ला ? कसरी गर्नुपर्ला ? हाम्रो कमजोरी केके देख्नुभएको छ ?’

त्यसैगरी, तेस्रो बुँदामार्फत मन्त्री किरातीले नेपालका राजनीतिक दल र आफ्नो पार्टीको अवस्थाबारे जनतासँग सुझाव लिने प्रयास गरेका छन् । उनले जनतासँग भनेका छन्, ‘नेपालका राजनीतिक दलहरु, त्यसमा पनि माओवादी केन्द्रको राजनीतिक भुमिकामा भएको बलियो पक्ष र कमजोरीहरु केके देख्नुभएको छ ? के कसरी सच्याउनुपर्छ ? केके कुरा सच्याउनुपर्छ ?’

टोलका सबै जनतासँग सुझाव लिने, चोक चोकबाट सङ्कलन गर्ने
अभियानका क्रममा करिव पाँच हजार जनतासँग सुझाव लिने मन्त्री किरातीको योजना छ । किरातीको जिम्मेवारी परेको बेलबारी नगरको ३ नम्बर वडामा पाँच हजार भन्दा धेरै मतदाता छन् ।

सुझावहरु संकलन गर्न तयार पारिएको सुझवा पत्रमा उत्तर लेख्न खाली ठाउँ राखिएको छ । मन्त्री किरातीका अनुसार अभियानका क्रममा नेता कार्यकर्ताले उक्त सुझाव पत्र हरेक जनताको हातमा पुर्याउने छन् । र, जनताले सोही पत्रमा सुझाव लेख्ने छन् । जनताले लेखेको सुझाव संकलन गर्न मन्त्री किराती आफै वडाको चोक चोकमा पुग्ने छन् ।

जनतासँग लिएको सुझावलाई केन्द्रीत गरेर सार्वजनिक गर्दै प्राथमिकीकरणका आधारमा कार्यन्वयन गर्ने मन्त्री किरातीको योजना रहको छ । उनले भने, ‘त्यसै सुझाव लिन लागिएको होइन । हामी चाच्चिकै जनताको चाहना अनुसार काम गर्छौ । उहाँहरुले दिनु भएको सुझावलाई प्राथमिकीकणरका आधारमा कार्यन्वयन गर्ने योजना छ ।’

शनिबारदेखि देशैभर माओवादीको अभियान शुरु भएको छ । सबै वडामा औपचारिक कार्यक्रम गरेर अभियान प्रारम्भ भएको जानकारी गराइएको छ । अभियान प्रारम्भ हुनु अघि नै धेरै नेता तोकिएका वडामा पुगेर जनतासँग पुरानै शैलीमा भेटघाटमा व्यस्त छन् । तर, जनतासँग लिखित रुपमै सुझाव माग्ने काम कम्तिमा पनि माओवादीका लागि पहिलो र नौलो अभ्यास हो ।

यसअघि पनि माओवादीले विभिन्न चरणमा अभियान सञ्चालन गरेको थियो । माओवादीका नेता कार्यकर्ता हुल बाँधेर देउसी खेले झै जनताको घर पुगेर फर्कन्थे । मन्त्री किरातीले भने, ‘विगतमा मैले पनि त्यसै गरेका थिए तर अब त्यसो गरेर हुँदैन । जनतासँग स्वार्थी काम गरेर हुँदैन । जनताको कुरा सुनेर जनताकै लागि काम गर्नु नै सबैभन्दा राम्रो काम हो ।’

प्रचण्ड सरकारको क्रियाशील मन्त्रीको छवि बनाएका मन्त्री किराती १६ गते विहानैदेखि भेटघाट तथा सामाजिक कार्यमा जुटेका थिए । उनले यसअघिका शनिबारमा पनि सरसफाइ तथा वृक्षरोपणमा जुट्दै आएका छन् । यो शनिबार पनि मन्त्री किरातीले बेलबारी पुगेर पनि बेलबारी बहुमुखी क्याक्पस लगात धार्मिक तथा सांस्कृतिक सम्पदाहरुमा बिहानै वृक्षरोपण गरे । बिहान वृक्षरोपणमा जुटेका मन्त्री किराती दिउँसो अभियान घोषणा कार्यक्रममा सहभागी भए ।

मन्त्री किरातीले सुझाव संकलनका लागि तयार पारेका प्रश्नहरू

१. देशको लागि भ्रष्टाचार एउटा महारोग बनेको छ । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड नेतृत्वको गठबन्धन सरकारले भ्रष्टाचारीहरुलाई कारबाही गर्ने कठोर र साहसिक काम सुरु गरेको छ । यो काममा राम्रो पक्ष र कमिकमजोरी के देख्नुभएको छ ? अब कसरी काम गर्दा राम्रो होला ?

२. हाम्रो सरकारले रोजगारी, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, संस्कृति, हवाइजहाड (उड्डयन) सडक, जलविद्युत् लगायत महत्वपूर्ण विषयमा केके काम गर्नुपर्ला ? कसरी गर्नुपर्ला ? हाम्रो कमजोरी केके देख्नुभएको छ ?

३. नेपालका राजनीतिक दलहरु, त्यसमा पनि माओवादी केन्द्रको राजनीतिक भूमिकामा भएको बलियो पक्ष र कमजोरीहरु केके देख्नुभएको छ ? के कसरी सच्याउनुपर्छ ? केके कुरा सच्याउनुपर्छ ?

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान

Published

on

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेश प्रदेश तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान मधेस तथा कर्णाली पहाडी भूभागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाको अनुरोध छ । रासस

Continue Reading

Banner

मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना

Published

on

 हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।

विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Continue Reading

Banner

गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा

Published

on

 आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।

आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।

उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।

तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।

आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक