Connect with us
Advertisement

यी हुन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय

Published

on

काठमाडौंः पुस १४ गते बसेको मन्त्रिपरिषद् बैठकका १४ निर्णय सरकारले सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले सार्वजकि गरेका ती १४ ओटा निर्णय यसप्रकार छन्ः

१. ऋण असुली न्यायाधीकरणको रिक्त बैंकिङ सदस्य पदमा टोखा नगरपालिका वडा ४ काठमाडौं निवासी नरेशराज अर्याल आगामी ५ वर्षका लागि पुनः नियुक्त,

२. जलविद्युतसँग सम्बन्धित आयोजना तथा कम्पनीबाट अनुरोध भई आएका ९ ओटा जलविद्युत आयोजनाका लागि जग्गा प्राप्ति ऐन २०३४ को दफा ३ र ४ बमोजिम जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही गर्ने अधिकार तोक्ने निर्णय,

३. गैरकानुनी रूपमा लामो समयसम्म नेपालमा बसोबास गरिरहेका ४ जना इजिप्टका नागरिकहरूको भिसा दस्तुर तथा विलम्ब शुल्क र अधिकतम जरिवाना मिनाहा गरी निजहरूलाई नेपालबाट निष्कासन गर्ने,

४. राष्ट्रिय मानव अधिकार आयोगको सिफारिसबमोजिम जगतबहादुर कार्कीलगायत १३ जना व्यक्ति तथा परिवारलाई दोहोरो नपर्ने गरी आर्थिक सहायता क्षतिपूर्तिबापत १२ लाख रुपैयाँ उपलब्ध गराउने,

५. चीन सरकारको सहयोगमा सञ्चालन हुने दोस्रो चरणको चक्रपथ विस्तार परियोजनाका लागि कलंकी महाराजगञ्ज धोवीखोला खण्डको सडक सीमा ३१–३१ मिटर कायम गर्न आवश्यक पर्ने जग्गा अधिग्रहण गर्न स्वीकृति प्रदान,

६. २०७६ माघ २२ देखि २५ गतेसम्म भारतको उत्तर प्रदेशस्थित लखनउमा आयोजना हुने ११ औं एडिसन अफ डेफएक्स्पो इण्डिया २०२० मा सहभागी हुन उपरथी रघु भण्डारी र सहसचिव यज्ञप्रसाद भट्टराईलाई पठाइने,

७. मन्त्रिपरिषदको २०७० साउन २४ गतेको बैठकबाट नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालि नारायणचौर नक्साल काठमाडौंलाई माथिल्लो त्रिशुली १ जलविद्युत आयोजना सञ्चालन गर्न रसुवा जिल्लाको ७९ दशमलव २७ हेक्टर जग्गा सो कम्पनीलाई पूर्ववत रूपमा प्रयोग गर्न स्वीकृति दिने,

८. सांस्कृतिक संस्थानको अध्यक्ष पदमा म्याङलुङ नगरपलिका– १० तेह्रथुम निवासी प्रेमनाथ अधिकारीलाई र सांस्कृतिक संस्थानको रिक्त महाप्रबन्धकमा सिदिङ्वा गाउँपालिका वडा ६ ताप्लेजुङ निवासी अशोककुमार राईलाई ४ वर्षको लागि नियुक्त गर्ने,

९. उपभोक्ता संरक्षण नियमावली, २०७६ स्वीकृत,

१०. प्रदेश तथा स्थानीय तहमा अन्तर्राष्ट्रिय विकास सहायता परिचालन मापदण्ड २०७६ स्वीकृत गर्ने,

११. एक स्वास्थ्य रणनीति २०७६ स्वीकृत गर्ने,

१२. एकीकृत कानुनी सहायता नीति २०७६ स्वीकृत,

१३. स्थानीय तहको प्रशासकीय भवन पूर्वाधार विकास कार्यक्रम सञ्चालन कार्यविधि २०७६ स्वीकृत,

१४. राष्ट्रपति महिला उत्थान जीविकोपार्जन सुधार कार्यक्रम सञ्चालन कार्यविधि २०७६, स्वीकृत ।

Continue Reading

Facebook Comment

1 Comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

ओली फर्किए, भण्डारी झापा–मोरङ दौडाहामै

Published

on

विराटनगर — सत्तारूढ दल नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली मोरङको कटहरीमा निर्माण भएको एक अस्पताल उद्घाटन गरेर शनिबार हेलिकोप्टरमार्फत काठमाडौं फर्किए । तर, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी भने अझै झापा–मोरङका विभिन्न कार्यक्रममा सक्रिय रहिरहेकी छन् ।

बिहीबार विराटनगर ओर्लिएकी भण्डारी झापा र मोरङका कार्यक्रममा व्यस्त छिन् । उनको तालिका सोमबारसम्म व्यस्त छ । विराटनगर ओर्लिएपछि उनी मोरङका विभिन्न पार्टी कार्यकर्तासँग भेटघाट र विविध कार्यक्रममा सहभागी भइरहेकी छन् । शुक्रबार उनले विराटनगरमा पालिकाका उपप्रमुख–उपाध्यक्षहरूको राष्ट्रिय भेलाको उद्घाटन गरेकी थिइन् ।

शनिबार उनले झापाको बिर्तामोडस्थित देवी माविमा एमाले विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको उद्घाटन गरेकी थिइन् । आइतबार नारी सञ्चार गृहद्वारा आयोजित कार्यक्रममासमेत उनी सहभागी भइन् ।

भण्डारी औपचारिक कार्यक्रम मात्र होइन, अनौपचारिक भेटघाट र स–साना भेला तथा छलफलमा पनि सक्रिय देखिएकी छन् । विशेषगरी झापाका एमाले नेता तथा कार्यकर्तासँग उनले आन्तरिक बैठकसमेत गरेकी छन् । ‘झापाका ओली निकट नेता–कार्यकर्ताहरूसँग पूर्वराष्ट्रपतिज्यूले विशेष रूपमा भेटघाट गर्नुभएको थियो,’ एक नेताले बताए ।

झापामा ओली निकट मानिने प्रदेश सांसद चिन्तन पाठक, पूर्व प्रदेश सांसद वसन्त बानियाँ, झापा एमालेका उपाध्यक्ष शिव ढुंगेलजस्ता नेताहरूसँग उनले भेटघाट गरेकी थिइन् । कोशीका पूर्व मुख्यमन्त्री शेरधन राई बिहीबारदेखि नै उनीसँगै छन् । विमानस्थलमा स्वागत गर्न देखि झापा–मोरङमा आयोजित विभिन्न सभा, सम्मेलन र छलफलमा राई सहभागी छन् ।

आइतबार विराटनगर फर्किने क्रममा भण्डारीले झापाको शिवगञ्जस्थित झापा इनर्जीको उत्पादन केन्द्र अवलोकन गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि विराटनगर फर्केर सोमबार मोरङको इटहरास्थित पुर्ख्यौली घर अवलोकन गर्ने र त्यसपछि काठमाडौं फर्किने तयारी रहेको एमाले मोरङका सचिव सोमराज थापाले जानकारी दिए ।

ओलीनिकट एमालेका एक नेताले भने, ‘पार्टीका सबै तहमा संगठन बलियो बनाउन अध्यक्ष ओली व्यापक दौडाहाको तयारीमा हुनुहुन्छ । पूर्व राष्ट्रपतिज्यूको सक्रियतालाई पनि हामीले सकारात्मक रूपमा लिएका छौँ ।’

एमालेभित्र केही नेताहरू भण्डारीलाई सम्भावित भावी अध्यक्षको रूपमा पनि हेरिरहेका छन् । उनको दौडाहाले राजनीतिमा पुनः सक्रिय बन्ने भण्डारीको मनसाय सतहमै देखिन थालेको छ ।

प्रकाशित : जेष्ठ २५, २०८२ १०:२१

Continue Reading

Banner

सरसफाई तथा स्वच्छ वातावरण “ गुणस्तरिय खानेपानीका लागि नै हाम्रो उम्मेरदारी, लोकतान्त्रिक समुह

Published

on

 

पारदर्शी तथा सबल नेतृत्व सहितको गुणस्तरिय खानेपानी, सरसफाई तथा स्वच्छ वातावरण सहितको हाम्रो जिन्दगानी “मुल नाराका साथ सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितीमा लोकतान्त्रीक पक्षवाट युवा श्यामप्रसादढकालले अध्यक्ष पदमा उम्मेरदारी दिनुभएको छ , कुशल नेतृत्वकर्ता ,आर्थीक रुपमा पारदर्शी,सदाचार र सालिन ढकालको समुहलाइ मतदान गर्दै अत्याधिक बहुमतका साथ बिजयी गराइदिनुहुन सम्पुर्ण खानेपानीका उपभोक्ताहरुमा उहाले अनुरोध गर्नुभएको छ ।

ढकालले लामो समयदेखी सामाजीक मुल्य र मान्यताहरुलाई आत्मसाथ गर्दै यस सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितीमा सचिवका रुपमा काम गर्दै आफ्नो २ कार्यकाल सम्पन्न गरीसक्नुभएको छ। आफ्नो २ बर्षे कार्यकालमा एउटै वडामा २ वटा खानेपानीका टयांकी मार्फत आम सर्वसाधारणलाई खानेपानी खुवाउन सफल ढकाल अध्यक्ष पदका सबैभन्दा अब्बल र बलिया उम्मेद्वार समेत हुन।

सस्थांलाइ आर्थीक रुपमा सवल बनाउन र यसलाई दिगो रुपमा संस्थागत गर्न ढकालले सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितीमा लोकतान्त्रीक समुहको तर्फबाट अध्यक्षको पदमा उम्मेदवारी दिएको बताउनु भयो । अनुभव, समर्पण र समाजसेवामा गरेको निरन्तर योगदानको मूल्यांकन गर्दै मत प्रदान गरी विजयी गराउनु हुन उहाले सम्पूर्ण आम उपभोक्ता समक्ष आग्रह गर्नुभएको छ।

 

उहाले आफ्ना कार्ययोजनाहरुमा पुराना पाईपलाईनहरुलाइ प्रतिस्थापन गरि नया पाइप लाईनहरुलाइ विस्तार गर्ने र सो का लागि सहयोग र अनुदान ब्यबस्थापन गर्ने ,यस क्षेत्रमा बसोबास गर्ने सबैमा एक घर एक धारा अनिबार्य पुर्याउने ,कमजोर आर्थिक अवस्था भएका उपभोक्ताहरुलाई नगर र वार्डमा समन्वय गरि सुलभ र सहज ढंगले खानेपानीको व्यवस्था गर्ने ,पुरानो ट्यांकी मर्मत तथा रंगरोकन गर्ने ,कम्पाउण्ड वाल लगाउने ,प्रबिधिमैत्री सस्था बनाउने ,डिजिटल ,प्रविधिको प्रयोग गरि भुक्तानी र गुनासो सुनुवईलाई छिटो छरितो बनाउने ,वास चेम्बर र फायर पोइन्ट राखी वास आउट को व्यवस्था गर्ने ,प्रत्येक आ व को पौष मसान्त सम्ममा साधारण सभा गर्ने ,कर्मचारी नीतिलाई समय सापेक्ष परिमार्जन गर्दै कार्यक्षमता बढाउदै जिम्मेवार बनाउने पानीको सुद्दता लाइ बिशेस ध्यान दिदै नियमित निरीक्षण गर्ने ,सफ्टवेयर को बिकास गरि सहज बिल भुक्तानीका लागि इ-सेवा मोबाइल बैंकिंग खल्ती बाट भुक्तानी को व्यवस्था गर्ने ,अनबिकरनिय पानीको श्रोतलाई जगेर्ना गर्न पर्यवरणीय असर र नया पानीका श्रोतहरुको खोजि गर्न विज्ञ समुहबाट परामर्श लिने लाग्य रहेका छन् , ढकालको समुहबाट उपाध्यक्षमा दिपक गुरुङ ,सचिवमा उद्दब प्रसाद अधिकारी ,कोषाध्यक्ष मा सावित्र पोख्रेल ,सहसचिवमा दिनानाथ अधिकारी ,सदस्यहरुमा बबिता कार्की अधिकारी ,लक्ष्मी भण्डारी, मकबुल मिया ,राजु बरुवाल,ज्ञान बहादुर खड्का, सिलस उराउ, त्यस्तै लेखा समिति संयोजक सरोज भट्टराई , सदस्यहरुमा कपिल पोख्रेल ,मन्दिरा थापा रहनु भएको छ ।

Continue Reading

Banner

अनुशिल ट्रेड कन्सन दमकमा टिभिएसको एक्स्चेन्ज मेला हेर्नुहाेस अफर

Published

on

विराटचाेक दमकमा रहेकाे अनुशिल ट्रेड कन्सनमा टिभिएस बाइकको एक्स्चेन्ज मेला सञ्चालन भइरहेकाे छ । दमककालागि आधिकारिक बिक्रेता झापाकाे दमक ५ सगरमाथा पम्प छेउमा रहेकाे अनुशिल ट्रेड कन्सनले असोज ९ बाटै सुरु गरेकाे एक्स्चेन्ज मेला १३ गतेसम्म सञ्चालन हुने विक्रेता कम्पनीले जनाएकाे छ ।

एक्स्चेन्ज मेलामा विभिन्न अफरहरु सार्वजनिक गरिएको छ । जस अन्तर्गत नकिन्दै एक लाख रुपैयाँसम्म जित्ने मौका , किन्दा ५ लाख रुपैयाँँसम्म जित्ने मौका हरेक महिना १०० प्रतिशत क्यास ब्याक , बम्पर उपहारमा १० लाख रुपैयाँसम्म जित्ने अवसर कम्पनीले सार्वजनिक गरेको छ ।

एक्स्चेन्ज मेलामा १० हजार रुपैयाँसम्म को भ्यालु एडिसनको सुविधा रहेको अनुशिल ट्रेड कन्सनले जनाएकाे छ । २५ प्रतिशत डाउन पेमेन्ट तथा शून्य प्रतिशत ब्याजदरमा सहज फाइनान्सको सुविधासहित कम्पनीबाट टिभिएस बाइक चडेर जान सकिने ,लाइफ टाइम वारेन्टीको सुबिधाका साथै हेलमेट तथा ब्याग र बाइक कभर समेत निशुल्क उपलब्ध गराइने कम्पनीले जनाएकाे छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक