Connect with us
Advertisement

एसियाली खेलकुदः फेन्सिङमा पुरुष र महिला दुवै टिम पराजित

Published

on

विराटचोकः १९ औँ एसियाली खेलकुदअन्तर्गत बिहीबार फेन्सिङमा नेपालको पुरुष र महिला टिम दुवै पराजित भएका छन् ।

पुरुष साब्रे टिम कजाखस्तानसँग ४५–१५ ले पराजित भयो । यस्तै महिला फोइल टिम क्वाटरफाइनलमा जापानसँग ४५–१० ले पराजित भयो ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

दुर्गा प्रसाईंको हिरासत ४ दिन थप

Published

on

काठमाडौं– विवादास्पद व्यवसायी दुर्गा प्रसाईं थप चार दिन हिरासतमा रहने भएका छन् ।

काठमाडौं जिल्ला अदालतले प्रसाईंलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।  चैत १५ गते तीनकुनेमा भएको राजावादी समूहले गरेको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा पक्राउ परेका प्रसाईंलाई आइतबार प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।

सो क्रममा अदालतले राज्यविरुद्धको कसुरमा थप ४ दिन म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।  –एजेन्सीबाट साभार

Continue Reading

Banner

सशस्त्र प्रहरी सहायक निरीक्षक छत्याललले गरे सगरमाथाको सफल आरोहण

Published

on

काठमाडौँ — सशस्त्र प्रहरीका सहायक निरीक्षक दन्तबहादुर छत्यालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेका छन् ।

जेठ ४ गते बिहान ९:२० बजे उनले ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथाको चुचुरोमा ‘सगरमाथा सम्वाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराउन सफल भएको सगरमाथा बेसक्याम्पमा रहेका समन्वय अधिकृत सशस्त्र प्रहरी निरीक्षक निर्मल बस्नेतले जानकारी गराएका छन् ।

सहायक निरीक्षक छत्यालले बैशाख २२ गते ६ हजार १ सय १४ मिटर अग्लो लोबुचे हिमालकोसमेत सफल आरोहण गरेका थिए । ‘तराई–पहाड हिमाल, सीमा सुरक्षामा सशस्त्र प्रहरी बल नेपाल’ भन्ने सन्देशसहित सहायक निरीक्षक छत्याल ‘सगरमाथा सम्वाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा लिई सगरमाथा आरोहण लागि बैशाख १५ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

उनलाई बैशाख १४ गते प्रधानमन्त्री केपी शर्मा ओली र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सगरमाथा सफल आरोहणको शुभकामनासहित बिदाई गरेका थिए ।

सहायक निरीक्षक छत्याल सशस्त्र प्रहरी बल नेपाल नं. १९ बगलामुखी विशेष कार्यदल गण हलचोकमा कार्यरत रहेको सशस्त्रका डिएसपी तथा सह–प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

Continue Reading

Banner

ड्युटी समयमा मापसे गर्ने मदन भण्डारी अस्पताल उर्लाबारीका दुई कर्मचारी निलम्बित

Published

on

उर्लाबारी मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा कार्यरत दुई जना कर्मचारी ड्युटी समयमा मादक पदार्थ सेवन गरेको अवस्थामा फेला परेपछि तत्काल निलम्बन गरिएको छ।

गत बिहीबार राति ड्युटीमा उपस्थित हुनु पर्ने ती कर्मचारीहरू अस्पताल परिसरबाहिर मादक पदार्थ सेवन गरिरहेको अवस्थामा स्थानीय युवाहरूले फेला पारेका थिए। उनीहरूले दुवैलाई नियन्त्रणमा लिएर अस्पताल प्रशासनको जिम्मा लगाएका थिए।

नियन्त्रणमा परेकामध्येब एक जना कार्यालय सहयोगी र अर्का जना पारा मेडिक्स रहेको स्रोतले जनाएको छ। मेडिकल सुपरिटेन्डेन्ट डा। रबि शाहका अनुसार दुवै जनालाई तत्काल विभागीय कारबाहीस्वरूप निलम्बन गरिएको हो। ‘घटनाको थप अनुसन्धान भइरहेको छ, व्यवस्थापन समितिको बैठकपछि आवश्यक निर्णय लिइनेछ,’ शाहले जानकारी दिए।

अस्पताल प्रशासनले यस्ता गैरजिम्मेवार गतिविधिप्रति शून्य सहनशीलताको नीति लिएको स्पष्ट पार्दै सेवा प्रवाहमा कुनै सम्झौता नहुने जनाएको छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक