अर्थ
नायक अनमोल केसी पक्राउ
काठमाडौंः ठगीको आरोप लागेपछि प्रहरीले अभिनेता अनमोल केसीलाई भक्तपुरको साँगाबाट पक्राउ गरेको छ ।
चलचित्र रावायणकी निर्माता सुप्रिया कटुवालले अनमोलवरिुद्ध उजुरी दर्ता गरेकी हुन् । चलचित्रमा अभिनय गर्न सम्झौता गरेर १० लाख रुपैयाँ लिइसकेपछि केसीले रकम पनि नलिएको र अभिनय पनि नगर्ने बताएपछि निर्माता कटुवालले उजुरी गरेकी थिइन् ।
केसीमाथि बानेश्वरस्थित प्रहरी अपराध महाशाखामा असोज ८ गते उजुरी परेको थियो । सुदर्शन थापाको निर्देशनमा बन्न थालेको सो चलचित्र छाडेर केसीले ‘फर्की फर्की’मा काम गर्ने निर्णय गरेका थिए ।
Facebook Comment
Banner
विश्व अटिज्म जनचेतना दिवस मनाउने क्रममा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा एक कार्यक्रमको आयोजना गरिएको छ ।
Banner
नोबेलको स्वास्थ्य शिविरमा भोजपुर र धनकुटाका तीन हजार ५२८ जनाको निःशुल्क स्वास्थ्य परीक्षण
विराटनगरस्थित नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले भोजपुर जिल्लाको षडानन्द नगरपालिकाको दिङ्ला बजार, धनकुटा जिल्लाको पाख्रीबास नगरपालिकाको उत्तरपानी र धनकुटाकै चौविसे गाउँपालिकाको बुधबारेमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरको छ । उक्त शिविरमा ३ हजार ५२८ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार भएको हो ।
संघीय सांसद एवं अस्पतालका सञ्चालक डा. सुनिल कुमार शर्माको विशेष सहयोगमा तथा भोजपुर जिल्लाको प्रदेश सभा सांसद विनोद वान्तावाको समन्वयमा ष शिविर आयोजना गरिएको थियो । यसैगरी शिविर षडानन्द नगरपालिकाको आयोजना र अरुण गाउँपालिका, सल्पासिलिछो गाउँपालिकाको सहयोगमा दिङ्ला बजारथित गान्धी अस्पतालमा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको आयोजना गरिएको थियो ।
विशेषज्ञ चिकित्सक सहितको चिकित्सा टोलीले मिति २०८१ बैशाख १३ गते बृहत निःशुल्क स्वास्थ्य शिविर संचालन भएको थियो । उक्त शिविरमा १ हजार ७८३ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण र उपचार भएको छ । उक्त शिविरमा जाँच गराएका मध्ये १३४ जना विपन्न विरामीहरुको थप उपचारको लागि नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल र काठमाडौं मेडिकल कलेजमा निःशुल्क उपचार हुनेछ । उनीहरुले प्राप्त गर्ने निःशुल्क स्वास्थ्य उपचारमा शल्यक्रिया समेत निःशुल्क हुने जनसम्पर्क अधिकृत नविन दाहालले बताए ।
त्यस्तै मिति २०८१ बैशाख १४ र १५ गते धनकुटा जिल्ला पाख्रीबास नगरपालिका स्थीत उत्तरपानीमा पाख्रीबास नगरपालिकाको आयोजनामा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरमा ८७५ जना विरामी लाभान्वित भएका छन् ।
मिति २०८१ बैशाख १६ गते धनकुटा कै चौबिसे गाउँपालिका बुधबारेमा चौबिसे गाउँपालिकाको आयोजनामा एक दिवसीय बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । उक्त अवसरमा ८७० जना विरामीको स्वास्थ्य परीक्षण तथा उपचार भएको थियो । जनसम्पर्क अधिकृत नविन दाहालका अनुसार निःशुल्क स्वास्थ्य शिविरमा जाँच गराएर थप उपचारका लागि रिफर भएका विरामीहरुको नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा सहुलियतमा उपचार हुने छ ।
डा.सुनिल शर्माको नेतृत्वमा पूर्वी नेपाल साथै सुदुरपश्चिम र कर्णाली प्रदेशका विभिन्न स्थानहरुमा बृहत निःशुल्क स्वास्थ्य शिविरहरुको आयोजना हुँदै आएको छ । उक्त शिविरहरुबाट हजारौं विरामीहरु लाभान्वित भई सकेका छन् भने शिविरबाट थप उपचारका लागि रिफर भएका असक्त असाहय विरामीहरुको नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल र काठमाडौं मेडिकल कलेजमा निःशुल्क उपचार समेत हुँदै आएको छ ।
Banner
बाबुराम भट्टराई भन्छन् : ‘प्रचण्ड पानीमा भिजेको बिरालो जस्तो हुनुहुन्थ्यो, चुनाव जितेपछि शेर बनेर गर्जिन थाल्नुभयो ।’
बाबुराम भट्टराई भन्छन् : ‘प्रचण्ड पानीमा भिजेको बिरालो जस्तो हुनुहुन्थ्यो, चुनाव जितेपछि शेर बनेर गर्जिन थाल्नुभयो ।’
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login