Connect with us
Advertisement

ब्राइट फ्युचरका विद्यार्थीद्वारा सुन्दरहरैंचा नगरपालिकाका मेयरसँग अन्तरक्रिया

Published

on

विराटचोकः ब्राइट फ्युचर माध्यमिक विद्यालयका विद्यार्थीहरुले सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुखसँग अन्तरक्रिया गरेका छन् । कक्षा १० मा अध्ययनरत ३० जना विद्यार्थीले सामाजिक शिक्षाअन्तर्गत स्थानीय तहका बारेमा अध्ययन गर्ने क्रममा नगरप्रमुख शिवप्रसाद ढकालसँग शुक्रबार अन्तरक्रिया गरेका हुन् ।

अन्तरक्रिया कार्यक्रममा नगरप्रमुख ढकाललाई सहभागी विद्यार्थीहरुले विभिन्न विषयमा रहेर प्रश्न गरेका थिए ।

सहभागी विद्यार्थीहरुले कार्यपालिका निर्माणदेखि स्थानीय तह सञ्चालन सम्बन्धी प्रश्न सोधेका थिए । बजेट विनियोजन कसरी गर्ने, बजेट कसरी बन्छ, नगरलाई राष्ट्रिय स्तरमा चिनाउने प्रमुख योजना के के छन् भन्ने विषयमा विद्यार्थीले जिज्ञासा राखेका थिए ।

त्यस्तै, जनप्रतिनिधिको भूमिका, शिक्षा क्षेत्रमा स्थानीय सरकारको दृष्टिकोण, भ्रष्टाचार तथा सुशासन, बालबालिकाहरुका क्षेत्रमा नगरको भूमिका, खेलकुद, पर्यटन, विकास निर्माण, वनजङ्गल, लागूपदार्थ दुव्र्यसनलगायतका विषयमा जिज्ञासा राखेका थिए ।

विद्यार्थीका जिज्ञासाको समाधान गर्दै नगरप्रमुख ढकालले नगरपालिकाको स्थापनादेखि अहिलेसम्मको अवस्थालाई चित्रण गरेका थिए । योजना छनोट गर्दा स्थानीय स्तरमा पुग्ने भएकाले नै स्थानीय सरकार जनताको घरघरमा पुग्ने उनले बताए ।

त्यसैगरी, योजना छनोट गर्दा टोलटोलमा गएर वडाका प्रतिनिधिबाट सबै क्षेत्र समेटिएको खाकालाई वडाध्यक्ष र कार्यपालिका सदस्यबीचको सहमतिमा बजेट निर्माण हुने गरेको उनको भनाइ थियो । बजेट निर्माण भएपछि उपभोक्ता समिति बनाएर कार्यान्वयन गरिँदै आएको उनको भनाइ थियो ।

स्थानीय सरकार बनेपछि धेरै नमूनायोग्य कार्यक्रम भएको उनले बताए । नमूना कार्यक्रमअन्तर्गत हसिना सिमसार क्षेत्र जाने सडक कालोपत्रे, सिसी टिभी जडान, जेनेरेटर व्यवस्थापनसँगै पूर्वाधार निर्माण गरिएको उनले उल्लेख गरे ।

यस्तै, वडा नम्बर ५ मा रहेको नयाँ वृन्दावन गौशालामा संसारकै सबैभन्दा अग्लो गाईको प्रतिमा निर्माण गर्ने कार्य भइरहेको उनले बताए । निर्माणाधीन सार्वजनिक शौचालय पनि आफ्नो नगरपालिकाको नमूनायोग्य काम भएको उनको भनाइ थियो ।

वाकिङ स्ट्रिट, कभर्डहल, ज्येष्ठ नागरिक चौतारी निर्माणलगायतका क्षेत्रलाई आफूले नमूना कार्यका रूपमा लिएको उनले विद्यार्थीलाई जानकारी गराए ।

कृषकलाई अनुदानमा बिउ तथा कृषिऔजार वितरण, १६ प्रकारको करमा छुट दिएको उनको भनाइ थियो ।

च्याउ तथा केरा खेती, माछा पालन, गाईबाख्रा फर्म साथै अर्गानिक खेती गर्ने कृषकलाई नगरले प्रमुख प्राथमिकतामा राखेर अनुदान दिँदै आएको उनले बताए ।

अपाङ्गता भएका व्यक्ति, अति गरीब, सुकुम्बासी परिवारका विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययन गर्न ५० हजार रुपैयाँ वार्षिक अनुदान दिइने र १८ जनाले त्यस्तो सेवा लिएको समेत उनले बताए । खेलकुदका क्षेत्रमा संस्थागत रुपमा सहयोग गर्दै आएको समेत उनको भनाइ थियो ।

सुकुना र साजीलाल माविका अनाथ बालबालिकालाई सहयोग गर्दै आएको र कृष्णप्रणामी मन्दिरमा रहेका बालबालिकाहरुलाई नगरले सहयोग गर्दै आएको पनि उनले उल्लेख गरे ।

चुनावी वाचा कति पूरा भए भनेर विद्यार्थीले प्रश्न सोधेका थिए । सो प्रश्नमा ढकालले आफूले चुनावमा कुनै आश्वासन नदिएको र सक्ने मात्र ६९ ओटा बँुदा घोषणापत्रमा उल्लेख गरेको बताए । तीमध्ये कुनै पूरा भइसकेको र कुनै पूरा हुने चरणमा रहेको र ५ वर्षभित्र सबै पूरा हुने उनले बताए । नगरपालिका र जनप्रतिनिधिले गरेका कार्यमा आफ्नो क्षेत्रबाट अध्ययन गर्न समेत उनले विद्यार्थीलाई आग्रह गरेका थिए ।

स्वास्थ्य सुविधाका क्षेत्रमा विद्यार्थीले सोधेका प्रश्नको जवाफ दिँदै मेयर ढकालले ५ ओटा स्वास्थ्य संस्थाबाट जनतालाई स्वास्थ्य सेवा पु¥याउँदै आएको बताएका थिए । दुलारी र इन्द्रपुर स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालन गर्दै आएको र ती स्वास्थ्य चौकीमा १ हजार ५ सयदेखि २ हजार २ सय सम्म नागरिक उपचार गराउन आउने उनको भनाइ थियो ।

क्यान्सर, मुटु, मृगौलालगायतका रोगबाट पीडित बिरामीलाई यातायात खर्च ५ हजारको दरले समेत नगरले उपलब्ध गराउँदै आएको र स्वास्थ्य बीमा समेत सञ्चालनमा आएको उनले विद्यार्थीसामु बताए ।

अन्तरक्रिया कार्यक्रममा भ्रष्टाचार नियन्त्रणको विषयले समेत प्रवेश पाएको थियो । नगरप्रमुख ढकालले नगरमा भ्रष्टाचार नभएको र कुनै भ्रष्टाचारको गुनासो आजसम्म नआएकाले भ्रष्टचार शून्य रहेको बताएका थिए । धेरै स्थानीय सरकारका फाइल अख्तियारमा गएको अवस्थामा सुन्दरहरैंचामा त्यस्तो अवस्था नरहेको उनको भनाइ थियो ।

लागूपदार्थ दुव्यर्सन नियन्त्रण गर्ने काम सरोकारवाला निकायको समन्वयमा भइरहेको पनि उनको भनाइ थियो ।

अन्तरक्रियामा सहभागी अशोक सञ्जेलले सामाजिक विषयको अध्ययनका लागि नगरप्रमुखसँंग पहिलो पटक यस्तो कार्यक्रम भएको र धेरै विषयमा जान्ने बुझ्ने मौका मिलेको बताएका थिए । अन्य विद्यालयका विद्यार्थीलाई पनि यस्तो कार्यक्रममा सहभागी हुन सञ्जेलले आग्रह गरे ।

Continue Reading

Facebook Comment

20 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

अनुशिल ट्रेड कन्सन दमकमा टिभिएसको एक्स्चेन्ज मेला हेर्नुहाेस अफर

Published

on

विराटचाेक दमकमा रहेकाे अनुशिल ट्रेड कन्सनमा टिभिएस बाइकको एक्स्चेन्ज मेला सञ्चालन भइरहेकाे छ । दमककालागि आधिकारिक बिक्रेता झापाकाे दमक ५ सगरमाथा पम्प छेउमा रहेकाे अनुशिल ट्रेड कन्सनले असोज ९ बाटै सुरु गरेकाे एक्स्चेन्ज मेला १३ गतेसम्म सञ्चालन हुने विक्रेता कम्पनीले जनाएकाे छ ।

एक्स्चेन्ज मेलामा विभिन्न अफरहरु सार्वजनिक गरिएको छ । जस अन्तर्गत नकिन्दै एक लाख रुपैयाँसम्म जित्ने मौका , किन्दा ५ लाख रुपैयाँँसम्म जित्ने मौका हरेक महिना १०० प्रतिशत क्यास ब्याक , बम्पर उपहारमा १० लाख रुपैयाँसम्म जित्ने अवसर कम्पनीले सार्वजनिक गरेको छ ।

एक्स्चेन्ज मेलामा १० हजार रुपैयाँसम्म को भ्यालु एडिसनको सुविधा रहेको अनुशिल ट्रेड कन्सनले जनाएकाे छ । २५ प्रतिशत डाउन पेमेन्ट तथा शून्य प्रतिशत ब्याजदरमा सहज फाइनान्सको सुविधासहित कम्पनीबाट टिभिएस बाइक चडेर जान सकिने ,लाइफ टाइम वारेन्टीको सुबिधाका साथै हेलमेट तथा ब्याग र बाइक कभर समेत निशुल्क उपलब्ध गराइने कम्पनीले जनाएकाे छ ।

Continue Reading

Banner

कांग्रेसले नयाँ नेतृत्व छान्न सोमबार बिहान ८ बजेदेखि मतदान सुरू गर्ने

Published

on

नेपाली कांग्रेसले नयाँ नेतृत्व छान्न सोमबार बिहान ८ बजेदेखि मतदान सुरू गर्ने भएको छ। १४ औं महाधिवेशनअन्तर्गत सभापति पदका लागि ५ जना मैदानमा छन्। गोरखाका युवराज न्यौपानेले सभापतिमा दिएको उम्मेदवारी फिर्ता लिइसकेका छन्। न्यौपानेले शेखर कोइराला समूहलाई समर्थन गर्दै आज उम्मेदवारी फिर्ता लिएका हुन्। अब शेरबहादुर देउवा, प्रकाशमान सिंह, शेखर कोइराला, विमलेन्द्र निधि र कल्याण गुरूङबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ।

कांग्रेसले भृकुटीमण्डप, राष्ट्रिय सभागृह र नेपाल पुलिस क्लबमा मतदान स्थल तोकेको छ। कांग्रेसले कागजकै मतपत्र बनाएको छ भने मत खसाल्ने बाकसका रूपमा पानी ट्यांकीको प्रयोग गरिने भएको छ। कांग्रेसमा ४७४३ जना महाधिवेशन प्रतिनिधि छन्। एक महाधिवेशन प्रतिनिधिले २९ मतपत्रमा मतदान गर्नुपर्ने भएकाले करिब एक घन्टासम्म मत खसाल्न समय लाग्नेछ। मत खसाल्ने ठाउँ २९ वटा छ। करिब १० घन्टामा मत खसालेर सक्ने अनुमान छ।

कांग्रेसले मतदान सकिएलगत्तै मतगणना गरिने बताएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य तेज रावलले सबैभन्दा पहिले सभापति पदका लागि मतगणना गरिने बताए।

Continue Reading

Banner

उद्योग वाणिज्य, जेसीज र लायन्सद्वारा शुभकामना आदानप्रदान

Published

on

विराटचोकः मोरङको सुन्दरहरैचा नगरपालिकामा रहेका सुन्दरहरैंचा उद्योग वाणिज्य संघ, इन्द्रपुर जेसीज र लायन्स क्लब अफ इन्द्रपुरले शुभ दीपावली तथा छठ लगायतका पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेका छन् ।

शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नगरप्रमुख शिवप्रसाद ढकालले राजनीतिक पार्टीका अधिवेशन सकिएर चलयमान र सक्रियता बढ्न थालेकाले यसले समाज निर्माणमा टेवा पुग्ने बताए । यस क्षेत्रको राजनीति संस्कारयुक्त रहेको बताउँदै उनले फरक आस्था भए पनि विकास निर्माण, सामाजिक कार्य, विपद व्यवस्थापनमा राजनीतिक शक्ति एक हुनाले स्थानीय सरकार सञ्चालनमा सहयोग पुगेको बताए ।

आफ्नो कार्यकाल छोटिँदै गएकाले सोचेजति काम गर्न नसकिए पनि भए गरेका काम ईमानदारीका साथ हुने उनले बताए । बेमौसमी वर्षाका कारण आएको बाढीले धान खेतीसँगै विकास निर्माणमा ठूलो क्षति पुर्याएकाले यस विषयमा प्रारम्भिक चरणको क्षतिको विवरण लिइसकिएको र केही दिन पछि बस्ने कार्यपालिकाले सो विषयमा निर्णय गर्ने बताए ।

कार्यक्रममा बोल्दै मेयर ढकालले सुन्दरदुलारी उद्योग वाणिज्य संघ र कोशीहरुैंचा उद्योग वाणिज्य संघलाई समायोजन गरी एउटै वाणिज्य संघ बनाउन नवनिर्वाचित पार्टीहरुले भूमिका खेल्नुपर्ने बताउँदै आफूले पनि यस विषयमा घनीभूत तयारी गरिरहेको बताए । कोभिड १९ व्यवस्थापनमा वाणिज्य संघ, जेसीज र लायन्स क्लब लगायतका संस्थाले खेलेको भूमिका प्रति ढकालले प्रशंसा व्यक्त गरे ।

नेकपा एमाले सुन्दरहरैंचाका नवनिर्वाचित अध्यक्ष मातृकाप्रसाद ढकालले पार्टीले साझा धारणा बनाएर अघि बढ्ने बताए । एमालेले हातमा हात मिलाएर सुन्दरहरैंचाको सामाजिक, आर्थिक र विकास निर्माणको श्रीवृद्धिका लागि मिलेर जाने बताए ।
यस्तै, नेपाली काङ्ग्रेस सुन्दरहरैंचाका नगर सभापति भक्तिप्रसाद सिटौलाले जिल्लाकै ऐतिहासिक बजारमा कार्यक्रम आयोजना हुनु राम्रो पक्ष भएको बताउँदैै राजनीतिक दललाई एकै ठाउँमा राखेर भव्य कार्यक्रम हुनाले पछिल्लो समय बिग्रँदो राजनीतिलाई यसले एकताको सन्देश दिएको बताए ।

शुक्रबार वडा नम्बर १ हरैंचामा रहेको हात्तीसार खेलमैदानमा आयोजित कार्यक्रममा नगरप्रमुख शिवप्रसाद ढकाल, उपप्रमुख धनमाया तामाङ, नेकपा एमाले नगर अध्यक्ष मातृकाप्रसाद ढकाल, नेपाली कांग्रेस नगर सभापति भक्तिप्रसाद सिटौला, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष दुशान्त भट्टराई, एकीकृत समाजवादीका नगर अध्यक्ष महेश आचार्यसहित विभिन्न संघसंस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस नगर सचिव दिलीप थापाले हरैचा ऐतिहासिक क्षेत्र भएकाले यस ठाउँलाई चिनाउन यस क्षेत्रको खोज अनुसन्धानमा लाग्नुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा आयोजक संस्था वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद रिजाल, इन्द्रपुर जेसीजका अध्यक्ष कृष्णप्रसाद ओझा, लायन्स क्लबका अध्यक्ष रोहित शाह लगायत उपस्थित रहेका थिए ।

यसैबीच नेकपा एमाले, नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टीका नवनिर्वाचित पदाधिकारीलाई सम्मान गरिएको थियो । कार्यक्रम सुन्दरहरैंचा उद्योग वाणिज्य संघका महासचिव नारायण कार्कीले सञ्चालन गरेका थिए ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक