Connect with us
Advertisement

इटहरीका वरिष्ठ इन्जिनियर दाहालले किन दिए राजीनामा

Published

on

इटहरीः इटहरी उपमहानगरपालिकाका वरिष्ठ इञ्जिनियर अर्जुन दाहालले राजीनामा दिएका छन् । उपमेयर लक्ष्मी गौतमले आफ्नो जिम्मेवारी खोसेको भन्दै उनले राजीनामा दिएको जनाएका छन् ।

उपमेयरले पदीय मर्यादा समेत नराखी आफूलाई अप्ठयारो बनाउन खोजेको उनको भनाइ छ । आफूले उपमेयरको पेलाइ सहन नसकेको आफ्नो कामको विषयमा मुद्दा हाल्छु भनी मानसिक दबाब दिएकाले बाध्य भएर राजीनामा दिएको उनले राजीनामापत्रमा उल्लेख गरेका छन् ।

कार्यसम्पादन गर्ने सिलसिलामा उपप्रमुखबाट गहिरो असन्तुष्टि, अविश्वास प्रकट भई मुद्दा हाल्ने धम्की दिएकाले काम गर्ने वातावरण नभएको भनी प्रमुख प्रशासकीय अधिकृतलाई सम्बोधन गरी लेखिएको पत्रमा उनले उल्लेख गरेका छन् । २०५४ साल माघदेखि इञ्जिनियर पदमा सेवा प्रवेश गरेका दाहाल हाल शहरी विकास तथा पूर्वाधार महाशाखाका प्रमुख रहेका थिए ।

भाटभटेनी सुपर मार्केटको नक्सापासको सिफारिस दिने समितिको संयोजक अर्थात् उपप्रमुख लक्ष्मी गौतमलाई थाहा नदिई भाटभटेनीलालाई नक्सापासको अनुमति दिएको आरोप इन्जिनियर दाहाललाई लागेको थियो ।

Continue Reading

Facebook Comment

14 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

अमेरिका र इरानबीचको तनाव चर्कियो

Published

on

मध्यपूर्वमा अमेरिका र इरानबीचको तनाव फेरि चर्किएको छ । अमेरिकी सेनाको केन्द्रीय कमान्डले इरानको हर्मुज जलमार्गमा रहेको क्युशिम टापुमा ‘आत्मरक्षाका लागि’ सैन्य कारबाही गरेको जनाएको छ ।

कतारी सञ्चारमाध्यम अलजजीराका अनुसार इरानले कुवेत र बहराइनतर्फ ब्यालिस्टिक क्षेप्यास्त्र तथा ड्रोन प्रहार गरेको छ । कुवेतको वायु प्रतिरक्षा प्रणालीले आकाशमै ती आक्रमण निष्क्रिय पारेको र बहराइनमा पनि अमेरिकी तथा बहराइनी सुरक्षा संयन्त्रले मिसाइलहरू अवरोध गरेको अमेरिकाको दाबी छ ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) ले अमेरिकी कारबाहीको जवाफ स्वरूप ड्रोन र मिसाइल आक्रमण गरेको जनाएको छ । इरानी सञ्चारमाध्यमहरूका अनुसार अमेरिकी सेनाले होर्मुज जलमार्ग नजिकै रहेको एक इरानी तेल ट्याङ्कर तथा केश्म टापुको दक्षिणी क्षेत्रमा रहेको सञ्चार टावरमा प्रहार गरेको थियो ।

आईआरजीसीले त्यसपछि अमेरिकी तथा इजरायली हितका जहाज र क्षेत्रीय सैन्य अड्डाहरूलाई निशाना बनाएको दाबी गरेको छ । मध्यपूर्वमा बढ्दो सैन्य गतिविधि र आक्रमणका कारण क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बन्दै गएको विश्लेषण गरिएको छ ।

Continue Reading

Banner

प्रतिनिधिसभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुँदै

Published

on

प्रतिनिधिसभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुँदैछ । सरकारले आर्थिक वर्ष २०८३/०८४ को लागि प्रस्तुत गरेको बजेटमाथि आजदेखि दफाबार छलफल शुरू हुने संघीय संसद् सचिवालयले जनाएको छ ।

यसैबीच प्रतिनिधिसभा नियमावली, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको हिजोको बैठकबाट नियमावली पारित भएको हो ।

बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रस्तावलाई सभाको बहुमतले पारित गरेको हो ।

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ को नियम २ देखि २६३ सम्म र अनुसूची १ देखि ७ सम्म नियमावलीको अङ्ग बनेको घोषणा गर्नुभयो । बैठकले नियमावली मस्यौदा समितिको प्रतिवेदनका सम्बन्धमा सभापति पराजुलीले जवाफ दिने क्रममा स्वीकार गर्नुभएको संशोधन स्वीकृत गरेको थियो ।

Continue Reading

Banner

आज पनि सुनचाँदीको भाउ घट्यो

Published

on

आज सुनचाँदीको भाउ घटेको छ । आज सुन तोलामा ५ हजार ५०० रुपैयाँ घटेर २ लाख ८५ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन तोलामा २ लाख ९० हजार ५०० मा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि २१५ रुपैयाँ घटेको छ । आज चाँदी तोलाको ४ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो तोलाको ५ हजार ८० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक