Connect with us
Advertisement

२० औं गोधुली रनिङ कपको उद्घाटन खेलमा वडा नम्बर ३ विजयी

Published

on

धरानः २० औं अन्तर वडास्तरीय टुबोर्ग गोधुली फुटबल रनिङ कपको शनिबार भएको उद्घाटन खेलमा वडा नम्बर ३ ले विजयी शुरुवात गरेको छ ।

धरान–१६ स्थित धरान रंगशालामा भएको खेलको निर्धारित समयमा दुवै टिमले समान १–१ गोल गरेको थिए । दोस्रो हाफको ७ औं मिनेटमा वडा नं ५ का खेलाडी दिलमान राईले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसको ७ मिनेटमा वडा नं ३ का विसन श्रेष्ठले जवाफी गोल फर्काएका थिए ।

त्यसपछि कुनै पनि टिमले गोल गर्न नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । टाइब्रेकरमा वडा नं ३ ले वडा ५ लाई ३–० गोलअन्तरले हरायो । वडा नं ३ का विसन श्रेष्ठ, सञ्जित लिम्बू र अमित लिम्बूले गोल गरेका थिए । आइतबार वडा नं १० र वडा नं १२ बीच खेल हुने आयोजक गोधुली क्लबले जानकारी दिएको छ ।

माघ ४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले रनिङ कपसहित १ लाख ११ हजार १ सय ११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ पाउनेछ । त्यस्तै, व्यक्तिगत पुरस्कारतर्फ पनि विभिन्न विधामा पुरस्कार दिइने आयोजकले जनाएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्याे विश्वकपकाे उपाधि

Published

on

आइसीसी टी-२० विश्वकपकाे उपाधि भारतले जितेकाे छ। फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले १७ वर्षपछि उपाधि जितेकाे हाे।

भारतले दिएकाे १७७ रनकाे लक्ष्य पछ्याएकाे दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ८ विकेटकाे क्षतिमा १६९ रनमात्र बनाउन सक्याे।

दक्षिण अफ्रिकाका लागि हेइनरिक क्लासेनले सर्वाधिक ५२ रन बनाए। त्यस्तै क्विन्टन डीककले ३९ रन, ट्रिस्टन स्टबले ३१ र डेबिड मिल्लरले २१ रन बनाए।

भारतका लागि हार्दिक पाण्डेले ३ विकेट लिए। त्यस्तै अर्शदीप र जसप्रित बुमराहले २-२ विकेट र अक्सर पटेलले एक विकेट लिए।

यसअघि बारबाडोजको ब्रिजटाउनस्थित रंगशालामा टस जितेर ब्याटिङ गरेको भारतले ७ विकेटको क्षतिमा १७६ रन बनाएको थियाे।

भारतका लागि विराट कोहलीले सर्वाधिक ७६ रन बनाए। ५९ बल खेलेका कोहलीले ६ चौका र २ छक्का प्रहार गरेका थिए।

त्यस्तै अक्सर पटेलले ४७ रन, शिभम दुबेले २५ रन, रोहित शर्माले ९ रन, सूर्यकुमार यादव ३ र रविन्द्र जडेजाले २ रन बनाएर आउट भएका थिए। रिसभ पन्त भने शून्य रनमै आउट भएका थिए। त्यस्तै हार्दिक पाण्डे ५ रनमा अविजित रहे।

Continue Reading

Banner

युरोकप फुटबलमा स्पेनसँग इटाली पराजित, इङ्ल्यान्ड र डेनमार्कको खेल बराबरी

Published

on

युरोकप फुटबलमा स्पेनले इटालीलाई हराएको छ। गएराति भएको समूह ‘बी’ को खेलमा स्पेनले इटालीलाई १–० गोलले हराएको हो । योसँगै स्पेनको २ खेलमा ६ अङ्क भएको छ भने इटालीको २ खेलमा ३ अङ्क मात्र भएको छ ।

यस्तै युरो कप २०२४ को आफ्नो दोस्रो खेलमा इङ्ल्यान्डले डेनमार्कसँग अङ्क बाँडेको छ । फ्रांकफर्ट एरिनामा गएराति भएको खेलमा इङ्ल्यान्डले डेनमार्कसँग १–१ को बराबरी खेल्दै अङ्क बाँडेको हो । पहिलो खेलमा सर्बियालाई १–० ले हराएको इङ्ल्यान्डले डेनमार्कसँग भने बराबरी खेलेको हो ।

योसँगै इङ्ल्यान्डको २ खेलमा ४ अङ्क भएको छ । डेनमार्क र स्लोभेनियाको समान २ खेलमा समान २ अङ्क नै छ भने सर्बियाको १ अङ्क छ । यसअघि हिजै भएको खेलमा सर्बिया र स्लोभेनियाले १–१ को बराबरी खेलेका थिए ।

Continue Reading

Banner

आइसिसी टी–२० विश्वकप, भारतको सानदार जित

Published

on

आइसिसी टी–२० विश्वकप, भारतको सानदार जित

पूर्वविजेता भारतले आइसिसी टी–२० विश्वकपअन्तर्गत सुपर एटको समूह १ मा अफगानिस्तानमाथि ४७ रनको सानदार जित निकालेको छ । ब्रिजटाउनमा बिहीबार राति पहिलो ब्याटिङ गरेको भारतले आठ विकेट गुमाएर १८१ रनको योगफल खडा गरेको थियो ।

प्रत्युत्तरमा अफगानिस्तानले २० ओभरमा सबै विकेट गुमाएर १३४ रन मात्र बनायो । भारतको जितमा जसप्रीत बुमराहले चार ओभरमा एक मेडन राखी ७ रन खर्चेर तीन विकेट लिए ।

अश्रदीप सिंहले चार ओभरमा तीन विकेट लिन ३६ रन खर्चेका थिए । अफगानिस्तानको इनिङ्समा अजमतुल्लाह अमाजीले २० बलमा २६ रनको योगदान दिएका थिए । भारतले १९ अतिरिक्त रन दिएको थियो ।

यसअघि पहिलो ब्याटिङ गरेको भारतका लागि मध्यक्रमका खेलाडीले उत्कृष्ट ब्याटिङ गरेका थिए । कप्तान रोहित शर्मालाई ८ रनमा गुमाएको भारत त्यसपछिका ब्याट्सम्यानबीच राम्रो साझेदारीका कारण सम्हालिएको थियो । विराट कोहली र ऋषभ पन्तबीच दोस्रो विकेटका लागि २५ बलमा ४३ रनको साझदोरी भएको थियो । दुवैले भारतलाई ११–१ बाट ५४–२ को स्थितिमा राखे । कोहलीले २४ बलमा २४ रन बनाए ।

त्यसपछि सूर्यकुमार यादव र शिवम दुबेबीच चौथो विकेटका लागि १४ बलमा २८ रनको साझेदारी भयो । सूर्यकुमार र हार्दिक पाण्ड्याबीच पाँचौँ विकेटका लागि ३७ बलमा ६० रनको साझेदारी भएको थियो । यी आक्रामक साझेदारीका कारण नै भारतले अफगानिस्तानलाई बलियो लक्ष्य दिएको हो । सूर्यकुमारले २८ बलमा तीन छक्का र पाँच चौका प्रहार गरी ५३ रन बनाए । पाण्ड्याले २४ बलमा तीन चौका र दुई छक्काको सहयोगमा ३२ रन जोडे ।

यसैगरी, समूह २ मा वेस्ट इन्डिजमाथि साबिक विजेता इंग्ल्यान्डले आठ विकेटको जित निकालेको थियो । पहिलो ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा चार विकेट गुमाएर १८० रन बनायो । इंग्ल्यान्डले १७.३ ओभरमा दुई विकेटको नोक्सानीमा १८१ रन जोड्यो । इंग्ल्यान्डको सानदार जितमा फिल साल्टले ४७ बलमा सात चौका र पाँच छक्का प्रहार गरी सर्वाधिक ८७ रन बनाए । जोनी वेरिस्टोले २६ बलमा पाँच चौका र दुई छक्का प्रहार गरी ४८ रन जोडे ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक