Connect with us
Advertisement

न्युकासललाई हराएर एभर्टन रेलिगेसन क्षेत्रबाहिर

Published

on

विराटचोक- एभर्टनले खेलको अन्तिम ११ मिनेटमा तीन गोल गर्दै इंग्लिस प्रिमियर लिगमा बिहीबार न्युकासल युनाइटेडलाई ३–० ले हराएको छ । गुडसन पार्कमा प्राप्त यस जितसँगै एभरटनले रेलिगेसन क्षेत्र पनि छाडेको छ ।

आर्थिक आचारसंहित उल्लंघन गरेको आरोपमा १० अंक काटेयता एभर्टनले पहिलो पटक अन्तिम तीन स्थान छाडेको हो । न्युकासल भने २६ अंकमा सातौं स्थानमा छ । एभर्टन १० अंकमा १७ औं स्थानमा रह्यो ।

यस जितमा ड्वायट म्याकनिल, एबडोलये डोकोर र बेटोले एक एक गोल गरे । अर्को खेलमा वेस्ट ह्यामले टोटनहमलाई उसकै घरमा २–१ ले हरायो । हारले टोटनहम २७ अंकमा पाँचौं स्थानमा रह्यो भने वेस्ट ह्याम २४ अंकमा नवौं स्थानमा छ ।

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

फुलह्याममाथि म्यानचेस्टर सिटीको फराकिलो जित, शिर्ष स्थानमा उक्लियो

Published

on

फुलह्याममाथि म्यानचेस्टर सिटीको फराकिलो जित, शिर्ष स्थानमा उक्लियो

इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले फुलह्याममाथि शानदार जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा म्यानचेस्टर सिटीले फुलह्यामलाई ४-० गोल अन्तरले पराजित गरेको छ ।

Continue Reading

Banner

आईपीएल क्रिकेटमा मुम्बईलाई हराउँदै कोलकाता प्लेअफमा

Published

on

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता प्लेअफमा पुगेको छ । गएराति भएको खेलमा मुम्बई इन्डियन्सलाई १८ रनले हराउँदै कोलकता नाइट राइडर्स प्लेअफमा पुगेको हो ।

योसँगै यो सिजनको आईपीएलमा प्लेअफमा पुग्ने कोलकता पहिलो टोली बन्यो । वर्षाका कारण ढिलो शुरु भएर १६ ओभरमा झारिएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको कोलकताले सात विकेट गुमाएर एक सय ५७ रन बनाएको थियो । एक सय ५८ रनको लक्ष्य पछ्याएको मुम्बईले १६ ओभरमा आठ विकेट गुमाएर एक सय ३९ रन मात्र बनाउन सक्यो ।

जितपछि शीर्ष स्थानमा रहेको कोलकाताको १२ खेलमा १८ अङ्क छ । पराजित मुम्बइको भने १३ खेलमा आठ अङ्क मात्रै छ । मुम्बई यसअघि नै प्लेअफबाट बाहिरिसकेको छ ।

आईपीएल क्रिकेटमा आज दुईवटा खेल हुँदैछन् । दिउँसो पौने ४ बजे शुरु हुने खेलमा चेन्नाई सुपर किंग्स र राजस्थान रोयल खेल्नेछन् । यस्तै बेलुका पौने ८ बजे हुने खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र दिल्ली क्यापिटल्स खेल्नेछन् ।

Continue Reading

Banner

मोरङ जिल्ला पालिका स्तरिय उपमेयर कपको उपाधि सुन्दरहरैँचाले जितेको छ ।

Published

on

मोरङ जिल्ला पालिका स्तरिय उपमेयर कपको उपाधि सुन्दरहरैँचाले जितेको छ । वार्ड न १० को सुकुना चौरि खेलमैदानमा भएको फाईनल खेलमा पथरी लाई सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । बिजेता नगद ६७५००, ट्रफि र मेडल प्राप्त गर्यो, दोश्रो भएको लेटाङ नगरपालिकाले नगद ३३७५० ट्रफि र मेडल प्राप्त गर्यो, तेश्रो भएको रतुवामाईले नगद ९३३५ प्राप्त गर्यो । सुन्दरहरैचा नगर खेलकुद बिकाशको आयोजनामा भएको खेलमा मोरङका ८ ओटा पालिकाको सहभागिता रहेको थियो । फाईनल खेलमा प्रमुख जिल्ला समन्वय समितिका प्रमुख अजम्बर राई रहनुभएको थियो, । लेटाङ नगरपालिका का नगर प्रमुख भुपेन्द्र लावति विशिष्ट अतिथि रहनुभएको थियो । कार्यक्रममा खेलाडि पालिकाका उपप्रमुख, खेलाडि लगायतको उपस्थिति रहेको थियो । नगरखेलकुद बिकाश समितिका अध्यक्ष तथा नगरप्रमुख केदार प्रसाद गुरगाईको अध्यक्षता मा भएको कार्यक्रममा स्वागत मन्तव्य नगर खेलकुद विकास समितिका सदस्य सचिब खडग श्रेष्ठले गर्नुभएको थियो ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक