खेलकुद
घरेलु लिग सिरी-आबाट सान्तोष रेलिगेट भएपछि दङ्गा
विराटचोक- ब्राजिलको जायन्ट फुटबल क्लब सान्तोष त्यहाँको शीर्ष डिभिजनको घरेलु लिग सिरी आबाट रेलिगेट भएपछि दङ्गा सुरु भएको छ । घरेलु टिमले गएराति फोर्टालेजासँग २-१ को हार बेहोरेपछि ऊ रेलिगेसनमा परेको थियो ।
दङ्गा नियन्त्रण गर्ने क्रममा ब्राजिली प्रहरीले सान्तोष सहरका बाटामा अश्रुग्याँस समेत प्रयोग गर्नुपरेको थियो । ब्राजिली लिजेन्ड पेलेको पूर्वक्लब समेत रहेको सान्तोषको एक सय ११ वर्षे इतिहासमा पहिलो पटक रेलिगेसनमा परेको हो ।
फोर्टा-लेजासँग सिरी आको अन्तिम चरणमा हार बेहोरेपछि उसले रेलिगेसन बचाउन नसकेको हो । पेलेले सान्तोषलाई विश्वकै चर्चित क्लब बनाएका थिए । उक्त क्लबले सन् १९५० देखि १९६० सम्म स्वर्ण वर्षका रूपमा बिताएको थियो । उसले १० प्रादेशिक र छ पटक ब्राजिली लिगसमते जितेको थियो ।
उसले दक्षिण महादेशको सबैभन्दा ख्यातिप्राप्त प्रतियोगिता लिबेर्टाडोस दुई पटक जितेको छ । उसले इन्टर कन्टिनेन्टल कप पनि जितेको थियो । यो क्लबले एसी मिलानका रोबिन्हो, नेइमार र रियलका फरवार्ड रोड्रिगोजस्ता उत्कृष्ट खेलाडी उत्पादन गरेको छ ।
यो वर्ष भने लिगको १७ औँ स्थानमा रहँदै सान्तोस रेलिगेट भयो । लिगको उपाधि पालमेरियासले जितेको छ ।
Facebook Comment
Banner
रियल मड्रिडको पोस्टमा आर्सनलको ३ गोल

यूईएफए च्याम्पियन्स लिगमा आर्सनलले रियल मड्रिडलाई पराजित गरेको छ । गए राति भएको क्याटारफाइनलको पहिलो लेगमा आर्सनल ३-० ले विजयी भयो ।
यो जितसँगै आर्सनलले सेमिफाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा आर्सनलले ३ गोल गरेको हो । खेलको ५८औँ र मिनेटमा गोल गर्दै आर्सनलका डेक्लान रइसले टिमलाई अग्रता दिलाएका थिए ।
उनले नै ७०औँ मिनेटमा गोल गर्दै टिमलाई २-० को अग्रता दिलाए । ७५औँ मिनेटमा मिकेल मेरिनोले गोल गरेसँगै आर्सनल ३-० ले विजयी भयो ।
Banner
ब्राजिलको पोष्टमा अर्जेन्टिनाको चार गोल

फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले ब्राजिलमाथि ४-१ को सानदार जित हात पारेको छ ।
बोलिभियाले उरुग्वेलाई गोलरहित बराबरीमा रोकेपछि यसअघि नै अर्को वर्ष नर्थ अमेरिकामा हुने फिफा विश्वकपमा स्थान पक्का गरिसकेको अर्जेन्टिनाले लिओनल मेसीविनै ब्राजिललाई हराएको हो ।
अर्जेन्टिनाका लागि जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्सिस म्याक एलिस्टर र जिउलियानो सिमीओनीले गोल गरे । ब्राजिलका लागि माथिउस कुन्हाले एक गोल फर्काए ।
अल्भारेजले खेलको चौथो मिनेटमै थियागोल अल्माडाको पासमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । एन्जो फर्नान्डेजले १२औं मिनेटमा नाहुल मोलिनाको पासमा गोल गरी अग्रता दोब्बर पारे ।
कुन्हाले २६औं मिनेटमा गोल गर्दै ब्राजिलला२ खेलमा फर्काउने संकेत देखाएका थिए । तर म्याक एलिस्टरले ३७औं मिनेटमा एन्जो फर्नान्डेजको पासमा गोल गर्दै अर्जेन्टिनालाई पहिलो हाफमै ३-१ को अग्रता दिलाए ।
दोस्रो हाफमा अर्जेटिनाले एक गोल थप्यो । अर्जेन्टिनाका लागि सिमीओनीले ७४औं मिनेटमा गोल गरे ।
ब्राजिलमाथि जितपछि अर्जेन्टिना दक्षिण अमेरिकी छनोटमा १४ खेलबाट ३१ अंकसहित शीर्ष स्थानमा छ ।
समान खेलबाट २१ अंक रहेको ब्राजिल चौथो स्थानमा छ । १४ खेलबाटै २३ अंकसहित इक्वेडर दोस्रो र २१ अंक जोडेको उरुग्वे तेस्रो स्थानमा छ । यस्तै पाराग्वेको पनि समान २१ अंक छ र अंकतालिकामा पाँचौ स्थानमा छ । कोलम्बिया २० अंकसहित छैटौं स्थानमा छ । दक्षिण अमेरिकी छनोटबाट शीर्ष ६ स्थानमा रहने टोली सिधै विश्वकपमा छनोट हुनेछ भने सातौं स्थानमा रहने टिमले अन्तरमहादेशिय प्लेअफ खेल्नेछ ।
छनोट अन्तर्गत उरुग्वे र बोलिभिया तथा इक्वेडर र चिलीले गोलरहित बराबरी खेलेका थिए । यस्तै कोलम्बिया र पाराग्वेले २-२ को बराबरी खेल्दा भेनेजुएलालेल पेरुलाई १-० ले हरायो ।
Banner
एसियन कप छनोटमा नेपाल र मलेसियाको खेल आज

एएफसी एसियन कप २०२७ को छनोटका लागि नेपाल र मलेसियाबीचको खेल आज हुँदै छ । एसियन कप छनोटको अन्तिम तथा तेस्रो चरणको पहिलो खेलमा नेपालले मलेसियाको सामना गर्न लागेको हो ।
नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुने खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी मानिएको मलेसियाको सामना गर्न लागेको हो । यद्यपि अघिल्लो साता मैत्रीपूर्ण खेलमा सिंगापुरलाई पराजित गरेको नेपाली टोली उच्च मनोबलका साथ मैदानमा उत्रनेछ ।
नेपालका नयाँ प्रशिक्षक म्याट रोशको यो नेपालको तर्फबाट पहिलो अन्तर्राष्ट्रिय आधिकारिक प्रतियोगिता पनि हो । सिंगापुरलाई मैत्रीपूर्ण खेलमा पराजित गरेसँगै उनले यसमा पनि जित निकाल्दै नेपाली प्रशिक्षकको रूपमा विजयी यात्रा सुरु गर्न चाहन्छन् ।
तर, हेड टु हेडका आधारमा हेर्दा भने मलेसिया नेपालभन्दा निकै बलियो देखिएको छ । हालसम्म ७ पटक यी दुई टोली आमनेसामने हुँदा मलेसिया ६ पटक विजयी भएको छ । मलेसियासँग नेपालको उत्कृष्ट नतिजा भनेको ७ मध्ये १ खेलमा बराबरी हुनु हो ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login