खेलकुद
आर्सनललाई पछि पार्दै लिभरपुल शीर्षस्थानमा
विराटचोक- इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनललाई पछि पार्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ ।
गएराति भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई २–१ गोल अन्तरले हरायो । जितसँगै ३७ अङ्क जोडेको लिभरपुल अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।
मोहमद सलाहले खेलको ७६औँ मिनेटमा र हार्वे इलियटले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै लिभरपुललाई जिताए । सलाह लिभरपुलका लागि २ सय गोल पूरा गर्ने पाँचौँ खेलाडी पनि बनेका छन् ।
क्रिस्टल प्यालेसले खेलमा शुरुवाती अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन । जोर्डन अय्युले दोहोरो पहेँलो कार्ड खाँदै मैदान छाडेपछि क्रिस्टल प्यालेस ७५औँ मिनेटमा १० खेलाडीमा सीमित बनेको थियो ।
Facebook Comment
Banner
फुलह्याममाथि म्यानचेस्टर सिटीको फराकिलो जित, शिर्ष स्थानमा उक्लियो
फुलह्याममाथि म्यानचेस्टर सिटीको फराकिलो जित, शिर्ष स्थानमा उक्लियो
इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले फुलह्याममाथि शानदार जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा म्यानचेस्टर सिटीले फुलह्यामलाई ४-० गोल अन्तरले पराजित गरेको छ ।
Banner
आईपीएल क्रिकेटमा मुम्बईलाई हराउँदै कोलकाता प्लेअफमा
इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता प्लेअफमा पुगेको छ । गएराति भएको खेलमा मुम्बई इन्डियन्सलाई १८ रनले हराउँदै कोलकता नाइट राइडर्स प्लेअफमा पुगेको हो ।
योसँगै यो सिजनको आईपीएलमा प्लेअफमा पुग्ने कोलकता पहिलो टोली बन्यो । वर्षाका कारण ढिलो शुरु भएर १६ ओभरमा झारिएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको कोलकताले सात विकेट गुमाएर एक सय ५७ रन बनाएको थियो । एक सय ५८ रनको लक्ष्य पछ्याएको मुम्बईले १६ ओभरमा आठ विकेट गुमाएर एक सय ३९ रन मात्र बनाउन सक्यो ।
जितपछि शीर्ष स्थानमा रहेको कोलकाताको १२ खेलमा १८ अङ्क छ । पराजित मुम्बइको भने १३ खेलमा आठ अङ्क मात्रै छ । मुम्बई यसअघि नै प्लेअफबाट बाहिरिसकेको छ ।
आईपीएल क्रिकेटमा आज दुईवटा खेल हुँदैछन् । दिउँसो पौने ४ बजे शुरु हुने खेलमा चेन्नाई सुपर किंग्स र राजस्थान रोयल खेल्नेछन् । यस्तै बेलुका पौने ८ बजे हुने खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र दिल्ली क्यापिटल्स खेल्नेछन् ।
Banner
मोरङ जिल्ला पालिका स्तरिय उपमेयर कपको उपाधि सुन्दरहरैँचाले जितेको छ ।
मोरङ जिल्ला पालिका स्तरिय उपमेयर कपको उपाधि सुन्दरहरैँचाले जितेको छ । वार्ड न १० को सुकुना चौरि खेलमैदानमा भएको फाईनल खेलमा पथरी लाई सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । बिजेता नगद ६७५००, ट्रफि र मेडल प्राप्त गर्यो, दोश्रो भएको लेटाङ नगरपालिकाले नगद ३३७५० ट्रफि र मेडल प्राप्त गर्यो, तेश्रो भएको रतुवामाईले नगद ९३३५ प्राप्त गर्यो । सुन्दरहरैचा नगर खेलकुद बिकाशको आयोजनामा भएको खेलमा मोरङका ८ ओटा पालिकाको सहभागिता रहेको थियो । फाईनल खेलमा प्रमुख जिल्ला समन्वय समितिका प्रमुख अजम्बर राई रहनुभएको थियो, । लेटाङ नगरपालिका का नगर प्रमुख भुपेन्द्र लावति विशिष्ट अतिथि रहनुभएको थियो । कार्यक्रममा खेलाडि पालिकाका उपप्रमुख, खेलाडि लगायतको उपस्थिति रहेको थियो । नगरखेलकुद बिकाश समितिका अध्यक्ष तथा नगरप्रमुख केदार प्रसाद गुरगाईको अध्यक्षता मा भएको कार्यक्रममा स्वागत मन्तव्य नगर खेलकुद विकास समितिका सदस्य सचिब खडग श्रेष्ठले गर्नुभएको थियो ।
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login