पर्यटन
बेलबारीमा नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ
बेलबारीः बेलबारी नगरपालिकाले एक कार्यक्रमका बीच नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ गरेको छ ।
आज बेलबारीको ड्रिमल्याण्ड फन पार्कमा भएको कार्यक्रममा प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश कुसियतले भ्रमण वर्षको शुभारम्भ गरे ।
कार्यक्रममा बोल्दै मन्त्री कुसियतले मोरङको प्रमुख पर्यटकीय क्षेत्र बेलबारी भएको उल्लेख गर्दै बेलबारीका पर्यटकीय क्षेत्रको प्रबद्र्धनका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताए ।
बेलबारी नगरपालिकाका प्रवक्ता योगेन्द्र सुवेदीले बेलबारीमा धेरै पर्यटकीय क्षेत्र रहेको बताउँदै नगरवासीले ती सबै पर्यटकीय क्षेत्रको १ वर्षभित्रमा भ्रमण गर्नुपर्ने उल्लेख गरे । आफ्नो नगरको बारेमा जानकारी दिन ती पर्यटकीय क्षेत्रको बारेमा आफू जानकार हुनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रमको उद्घाटनका क्रममा प्रमुख अतिथि तथा अन्य अतिथिद्वारा भ्रमण वर्षको लोगोअङ्कित बेलुन उडाइएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख विश्व अधिकारी तथा स्थानीय राजनीतिक व्यक्तित्वका साथै शैक्षिक संस्था र अन्य सङ्घ संस्थाका प्रतिनिधि उपस्थित थिए ।
कार्यक्रममा नेवार, धिमाल, खवासलगायतका जातिको झाँकी र सांस्कृतिक नृत्य प्रस्तुत गर्नुका साथै भगवती मावि बेलबारीका विद्यार्थीले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।
बेलबारी आइडलकी सहविजेता लक्ष्मी पौडेल तथा गायक सञ्जीव धिमालले बेलबारीसँग सम्बन्धित गीत प्रस्तुत गरेका थिए । नेपाल भ्रमण वर्ष २०२० को प्रदेशस्तरीय प्रचारप्रसार समितिका प्रमुख पुण्यप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जेबी थुलुङले गरेका थिए ।
ड्रिमल्याण्ड फुड प्रालिकी सञ्चालक सुषमा आचार्यले कार्यक्रममा स्वागत मन्तव्य राखेकी थिइन् ।
Facebook Comment
Banner
मंसिरमा विवाह गरेका १० जोडीहरूलाई बुद्ध एयरले टिकट उपहार दिने
काठमाडौंः भर्खर विवाह गरेका १० जोडीहरूलाई बुद्ध एयरले टिकट उपहार दिने घोषणा गरेको छ । एयरलाइन्सले विवाहपञ्चमीभित्र विवाह गरेका नयाँ जोडीलाई दुईतर्फी उडान टिकट उपहार स्वरूप दिने भएको हो ।
बुद्ध एयरले काठमाडौं–पोखरा रूटको दुईतर्फी उडानका लागि टिकट उपहार दिन लागेको जनाएको छ । बुद्धले यो उपहार १० जोडीलाई दिने बताएको छ ।
यस उपहारका लागि भने बुद्ध एयरमार्फत् नै टिकट काट्नुपर्ने र विवाहको दिन बेहुलाबेहुलीले यात्रा गरेको तस्बिर अनिवार्य हुनुपर्नेछ । टिकट पाउन बुद्ध एयरको विमानसँग बेहुला बेहुलीको तस्विर बुद्ध एयरको सामाजिक सञ्जालमा ट्याग वा पोष्ट गर्नुपर्नेछ । यसका लागि मंसिर १ गतेदेखि मंसिर ३० सम्म विवाह गरिएको र बुद्ध एयरको प्रयोग गरिएको हुनुपर्ने बताइएको छ ।
Banner
नोभेम्बरमा १ लाख ८ हजार ६ सय ३० पर्यटक नेपाल घुम्न आए
काठमाडौंः अध्यागमन विभागका अनुसार नेपालमा नोभेम्बर महिनामा १ लाख ८ हजार ६ सय ३० जना पर्यटक नेपाल भित्रिएका छन् ।
विभागले पर्यटन बोर्डलाई बुझाएको विवरणअनुसार नोभेम्बरमा सबैभन्दा बढी भारतबाट २४ हजार ४ सय ४३ पर्यटक नेपाल आएका छन् । त्यस्तै, अमेरिकाबाट ११ हजार ४ सय ६१ जना, चीनबाट ७ हजार ६ सय १, बेलायतबाट ६ हजार १ सय ३८ जना र अष्ट्रेलियाबाट ५ हजार ६० जना पर्यटक नेपाल आएका छन् ।
सन् २०२३ को जनवरीदेखि अक्टोबरसम्ममा ९ लाख १८ हजार ३ सय ८ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
अक्टोबरमा १ लाख १७ हजार ३ सय ६ पर्यटक नेपाल आएका थिए ।
Banner
मुक्तिनाथको दर्शनपछि तीर्थयात्रीले ल्याउँछन् कोसेली र प्रसादका रुपमा मार्फाको स्याउ
विराटचोकः मुस्ताङमा लटरम्मै स्याउ पाकेको छ । मुखै रसाउने स्वादिलो स्याउ पाकेर डाँडापाखा रंगीन बन्दा असाध्यै मनमोहक देखिन्छ, मुक्तिनाथ ।
मुक्तिनाथको दर्शन गरेपछि घर फर्किंदा प्रसाद र कोसेलीको रूपमा स्याउ ल्याउने गरिन्छ । त्यसैले यो मुस्ताङ घुम्ने र स्याउ चाख्ने सबैभन्दा उपयुक्त समय हो ।
मुक्तिनाथको दर्शन गरी फर्किँदा खाना खाने ठाउँ पर्ने जोमसोम र मार्फाका हरेक पसलमा स्याउ राखिएको हुन्छ । २ केजी र ५ केजीको पोका बनाएर राखिएको रसिलो स्याउ नकिन्ने बिरलै पाइन्छन् ।
सामान्यतः अक्टोबरदेखि डिसेम्बरसम्म मुस्ताङमा पर्यटकको भीडभाड देखिन्छ । यो भीडमा स्वदेशी तथा विदेशी पर्यटकहरू हुन्छन् । विशेषतः भारतीय पर्यटकको चाप यतिबेला मुक्तिनाथमा बढी देखिन्छ । मुक्तिनाथ अधिकांशतः स्थलमार्गबाट पुग्छन् ।
विशेष गरी दशैं तिहारको बिदामा सरकारी कर्मचारीदेखि वैदेशिक रोजगारीबाट फर्केकाहरू बढी मात्रामा समुद्री सतहबाट ३,७१० मिटरको उचाइमा रहेको मुक्तिनाथ पुग्छन् ।
मुक्तिनाथ हिन्दू र बौद्ध धर्मावलम्बीहरूको लागि ठूलो धार्मिक महत्वको तीर्थस्थल हो । मुक्तिनाथमा रहेका १०८ वटा जलाधारमा नुहाउँदा आत्माशुद्धि, नवीकरण र मोक्ष प्राप्त हुने जनविश्वास रहेको छ ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login