Connect with us
Advertisement

प्रहरीले १३ थान मोबाइल फेला पारी बुझायो सम्बन्धित व्यक्तिलाई

Published

on

बेलबारीः विभिन्न समयमा हराएका तथा चोरिएका १३ थान मोबाइल फेला पारी इलाका प्रहरी कार्यालय बेलबारीले सम्बन्धित मोबाइलधनीलाई जिम्मा लगाएको छ ।

इलाका प्रहरी कार्यालय बेलबारीमा पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख विश्व अधिकारीले ती मोबाइल सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरे । विभिन्न मितिमा हराएका ती मोबाइल झापाको काँकरभिट्टादेखि पर्साको वीरगञ्जसम्मका स्थानमा फेला पारिएको उनले बताए । उनका अनुसार ती मोबाइल वीरगञ्ज, रुपनी, लहान, चतरा, गोविन्दपुर, झोराहाट, विराटचोक, रामपुर ठोक्सिला तथा काँकरभिट्टालगायतका स्थानमा फेला परेका थिए ।

अधिकारीले आफ्नो सामानको सुरक्षा गर्नु सबैभन्दा पहिले आफ्नो जिम्मेवारी भएको बताए । त्यसपछि परिवार, साथीभाइ र समाज हुँदै प्रहरीसम्म घटनाको बारेमा जानकारी आइपुग्ने हुनाले सुरक्षाको पहिलो जिम्मेवारी व्यक्ति स्वयम् हुने उनको भनाइ थियो ।

आफ्नो मोबाइल फेला पारेर कार्यक्रम नै गरी प्रहरीले फिर्ता दिएपछि खुशी हुँदै सुन्दरहरैंचा– १२ की कमला राई श्रेष्ठले प्रहरीलाई धन्यवाद दिइन् । उनले गत मंसिर २५ गते हराएको सामसुङ ग्यालेक्सी जे सिक्स मोबाइल प्रहरीले सुनसरीको चतरामा फेला पारी आइतबार उनलाई बुझाएको थियो ।

प्रहरीले रतुवामाई–६ का बबिन डाँगी, बेलबारी–१० का भीमबहादुर नेपाली, बेलबारी–११ का मोहन राई, मनिषा राई र सबिता शिवा, सुन्दरहरैंचा–३ का रमित बर्देवा र बेलबारी–३ की देवलक्ष्मी राईको मोबाइल फेला पारी आइतबार सम्बन्धित धनीलाई बुझाएको हो ।

त्यस्तै, सुन्दरहरैंचा– १२ की कमला राई श्रेष्ठ, सुन्दरहरैंचा– ८ की सिर्जना नेपाली, सुन्दरहरैंचा– ३ का हरि बास्तोला, केराबारी– १ का शुक्रबहादुर राई, कानेपोखरी– १ खेमराज कार्की र सुन्दरहरैंचा–४ का केशव बुढाथोकीको मोबाइल फेला पारी प्रहरीले बुझाएको हो ।

Continue Reading

Facebook Comment

16 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

विप्लव नेतृत्वको माओवादी–जेन–जी समूहबीच सहमति

Published

on

विप्लव नेतृत्वको नेकपा माओवादी र  मिराज ढुंगाना नेतृत्वको जेन–जी समूहबीच चारबुँदे सहमति भएको छ । बिहीबार उनीहरूबीच चारबुँदे सम्झाैता भएको हो । उनीहरूले सर्वपक्षीय सहमति र अन्तरिम सरकार गठनका लागि संघर्ष गर्ने, जेन–जी विद्रोहका मागहरू पूरा गर्न संघर्ष गर्ने, आन्दोलन र जनताको चाहनाबमोजिम संविधानको संशोधन, स्थिर सरकार, भ्रष्टाचारविरुद्ध विशेष न्यायिक निकाय गठन गर्ने तथा राज्यको अग्रगामी पुनर्संरचनाका लागि संघर्ष गर्ने र यी मागहरू पूरा गर्न संयुक्त रूपले संघर्ष गर्ने सहमति भएको हो ।
Continue Reading

Banner

जेनजी आन्दोलनको आडमा यातायात विभाग ध्वस्त : सर्भर, ८ लाख नम्बर प्लेट र हजारौँ लाइसेन्स खरानी

Published

on

 मीनभवनस्थित यातायात व्यवस्था विभागमा भएको आगजनी र तोडफोडले विभागको सूचना प्रविधि प्रणालीसहितको भौतिक पूर्वाधारमा गम्भीर क्षति पुगेको छ ।

विभागका सूचना अधिकारी गणेशमान सिंहका अनुसार आगलागीबाट केन्द्रीय सर्भर कक्ष, लाइसेन्स छपाइ मसिन, इम्बोस्ड नम्बर प्लेट उत्पादन प्लान्ट र आठ लाखभन्दा बढी नम्बर प्लेट पूर्ण रूपमा जलेर खरानी भएका छन् । साथै, झण्डै २० हजार स्मार्ट ड्राइभिङ लाइसेन्स र हजारौँ कार्डहरू समेत नष्ट भएका छन् ।

“फायरप्रुफ ढोका तोडेर भित्र प्रवेश गरी सर्भरमा आगजनी गरिएको हो । सर्भर, हार्डडिस्क र अन्य उपकरणहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । यसबाट १२–१५ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ,” सिंहले बताए ।

लाइसेन्स छपाइ गर्ने करिब ७–८ करोड रुपैयाँ लागतको मेशिनसमेत जलेको छ । यो मर्मत गर्न सकिने भए १५–२० दिनभित्र सेवा सुरु गर्ने सम्भावना छ भने नयाँ खरिद गर्नुपर्ने अवस्थामा दुई–तीन महिना लाग्नेछ ।

त्यस्तै, विभागभित्रको नम्बर प्लेट उत्पादन फ्याक्ट्री र तयारी अवस्थामा रहेका ८ लाख इम्बोस्ड नम्बर प्लेट जलेर खरानी भएपछि १ असोजदेखि अनिवार्य गर्ने भनिएको नम्बर प्लेट जडानको योजना अनिश्चितकालका लागि रोकिएको छ ।

केन्द्रीय सर्भर ध्वस्त भएपछि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण, सवारीसाधन दर्ता (VRS), इम्बोस्ड नम्बर प्लेट जडान लगायतका सम्पूर्ण अनलाइन सेवा देशभर ठप्प भएका छन् ।

अधिकारी सिंहका अनुसार उपकरण आंशिक रूपमा प्रयोगयोग्य भए दशैं–तिहारबीच सेवा सुरु गर्ने प्रयास हुनेछ । तर, पूर्ण रूपमा नष्ट भएको खण्डमा नयाँ उपकरण ल्याउन विदेशी खरिद प्रक्रिया र प्राविधिक सहयोग आवश्यक पर्ने भएकाले कम्तीमा दुई–तीन महिना समय लाग्नेछ ।

Continue Reading

Banner

झापामा जङ्गली हात्ती मृत फेला

Published

on

झापा – झापाको मेचीनगर नगरपालिका–१, देवीगञ्जस्थित धान खेतमा शनिबार बिहान एउटा जङ्गली हात्ती मृत फेला परेको छ।

डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार मृत हात्ती वयस्क पोथी हो। पोस्टमार्टमको तयारी भइरहेको र मृत्युको कारण परीक्षणपछि मात्र स्पष्ट हुने उनले बताए।

वन्यजन्तु संरक्षण अभियन्ता शंकर लुइँटेलका अनुसार मृत हात्ती करिब २२ वर्ष उमेरको थियो। उनका अनुसार हिजो बेलुका सो क्षेत्रमा भारततर्फबाट १२ वटा हात्ती प्रवेश गरेको जानकारी प्राप्त भएको थियो। आज बिहान भने तीमध्ये एक मृतावस्थामा भेटिएको हो।

वन कार्यालयको टोली घटनास्थलमा पुगेको छ भने मृत हात्तीको मृत्युको कारणबारे पोस्टमार्टमपछि मात्र निश्चित जानकारी आउने वन कार्यालयले जनाएको छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक