कोशी प्रदेश
गछिया साकोसको वार्षिकोत्सवमा सम्मानैसम्मान
गछियाः मोरङको सुन्दरहरैंचामा रहेको गछिया बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिकोत्सवमा विभिन्न व्यक्तिलाई संस्थाले सम्मान गरेको छ ।
वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा शेयर सदस्यका परिवारका ८० वर्षभन्दा माथिका १९ जना अभिभावक सदस्य र ७५ वर्षभन्दा माथिका ५ जना शेयर सदस्यलाइ सम्मानपत्र, दोसल्ला र नगद दिएर सम्मान गरिएको थियो ।
त्यस्तै स्नातकोत्तर उत्तीर्ण विजयबाबु बस्नेत, स्नातक उत्तीर्ण सक्षम गौतमलाई पनि सम्मान गरिएको थियो । १२ कक्षा पास गरेका २ जना र एसईई उत्तीर्ण गरेका शेयर सदस्यका ५ जना सन्तानलाइ सम्मान गरिएको थियो । साथै एसईई उत्तीर्ण बाल शेयर सदस्य श्रुति वस्तीलाइ पनि सम्मान गरिएकाे थियाे ।
नियमित मासिक बचततर्फ १० जना र एकमुष्ट बचत गर्ने १० जनालाई पनि सम्मान गरिएको थियो । अधिकतम ऐच्छिक बचत गर्ने रामप्रसाद राई तथा अधिकतम नियमित बालबचतकर्तातर्फ मेघनाथ ढकाल सम्मानित भएका थिए ।
असल ऋणीको सम्मान १० जनाले पाए भने सदस्य वृद्धिमा योगदान गरेबापत चेतनाथ दाहाल सम्मानित भए । कार्यक्रमका प्रमुख अतिथि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घका निवर्तमान कोषाध्यक्ष केशवप्रसाद पोखरेललगायतले सम्मान तथा प्रशंसापत्रका साथमा नगद प्रदान गरेका थिए ।
कार्यक्रममा सुन्दरपुर साकोसका अध्यक्ष कृष्णप्रसाद दाहाल, दुलारी साकोसका अध्यक्ष हेमन्त कार्की, न्यु नमूना साकोसका उपाध्यक्ष भीमप्रसाद घिमिरे, बलिया साकोसका अध्यक्ष उमेश वस्तीलगायतको उपस्थिति थियो । संस्थाका अध्यक्ष अर्जुनराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष नागेश पोखरेलले स्वागत मन्तव्य राखेका थिए । संस्थाका सचिव कृष्ण भुर्तेलले कार्यक्रम सञ्चालन गरेका थिए ।
Facebook Comment
अर्थ
स्थानीयले पेट काटेर जम्मा गरेको पूँजी मासेर ऋण माफी दिन सकिँदैन : अर्थमन्त्री
अर्थमन्त्री डा. प्रकाशशरण महतले स्थानीयको पेट काटेर जम्मा गरेको पूँजी मासेर ऋण माफी गर्न नसकिने बताएका छन् ।
सहकारी र लघुवित्त पीडितलाई उपयोग गरेर केही मानिसले राजनीतिको रोटी सेकाउन थालेको भन्दै अर्थमन्त्रीले भने, ‘ऋण तिर्नुपर्दैन भन्ने समूहमा कोही लाग्नु हुँदैन ।’
Banner
नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५३ पैसा र बिक्री दर १३३ रुपैयाँ १३ पैसा कायम भएको छ ।
यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ७७ पैसा र बिक्री दर १४३ रुपैयाँ ४२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ८९ पैसा र बिक्री दर १६७ रुपैयाँ ६४ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
Banner
यी हुन् सिटिजन लाइफ इन्स्योरेन्सका ठूला शेयरधनी, कान्तिपुर पब्लिकेसनको हिस्सा ७.४३ प्रतिशत
सिटिजन्स लाईफ ईन्स्योरेन्समा १ प्रतिशत बढी स्वामित्व भएका लगानीकर्ताहरुको संख्या २२ जना रहेको छ । यो व्यक्तिगत र संस्थागत लगानीकर्तासहितको विवरण हो ।
कम्पनीमा कान्तिपुर पब्लिकेसन र सुमित कुमार अग्रावलको समान ७.४३ प्रतिशत शेयर स्वामित्व रहेको छ । दुबैको शेयर संख्या समान १९ लाख ५० हजार रहेको छ । त्यसैगरी प्रदिपजंग पाण्डेको ५.२४ प्रतिशत रहेको छ । उनको १३ लाख ७५ हजार कित्ता शेयर रहेको छ ।
यस्तै, विक्रम जेबि राणा, सुष्मा राणा र यति वल्ड ईन्भेष्टमेन्टको समान ५.१४ प्रतिशत हिस्सा छ । कम्पनीमा एयर डाईनाष्टी हेली सर्भिसको ३.०६ प्रतिशत शेयर रहेको छ भने ज्योति प्रकाश पाण्डे, ललिता अग्रवाल र उर्मिला पाण्डेको समान २.२९ प्रतिशत शेयर रहेको छ । यसैगरी, राजेन्द्र प्रसाद श्रेष्ठको २ प्रतिशत , राम अग्रवालको १.८९ प्रतिशत, तथा गुडविल फाईनान्स र प्रिमियर वायर्सको समान १.७१ प्रतिशत स्वमित्व रहेको छ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login