Connect with us
Advertisement

धरान महोत्सव सम्पन्न, स्मार्ट सिटी बनाउन प्रदेश सरकारले सहयोग गर्ने

Published

on

धरानः ३ दिने धरान महोत्सव आइतबार सम्पन्न भएको छ । धरान स्थापना दिवसको अवसर पारी पुस १८, १९ र २० गते स्थापना दिवस मनाइएको हो ।

महोत्सव समापन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री शेरधन राईले धरानलाई स्मार्ट बनाउन आवश्यक सहयोग गरिने बताए । धरानलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी दिँदै उनले चालु आर्थिक वर्षमा पर्यटन नगरी घोषणा गरी १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको उल्लेख गरे ।

कार्यक्रमका विशिष्ट अतिथि एवम् प्रदेश सभामुख प्रदीप भण्डारीले धरानको पर्यटकीय गन्तव्य, अर्गानिक उत्पादन र मौलिक संस्कृति र परिकारको बजारीकरण गर्न सुझाव दिए ।

कार्यक्रममा हालै भएको दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई गाडीमा राखेर नगर परिक्रमा गराई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री राईले स्वर्ण विजेतालाई ५० हजार, रजत विजेतालाई ३५ हजार र कास्य विजेतालाई २५ हजार नगद र सम्मानपत्रले सम्मान गरेका थिए । प्रशिक्षकलाई पनि सम्मान गरिएको थियो ।

सागमा ८ जना खेलाडीले ६ स्वर्ण, १ रजत र ३ कास्य जितेका थिए । सागमा तेक्वान्दोकी सिना लिम्बू मादेनले १ स्वर्ण र १ कास्य जितेकी थिइन् । त्यस्तै, स्वस्तिका तामाङ र निता गुरुङले स्वर्ण तथा युनिसा राईले कास्य जितेका थिए । गल्फमा शुक्र राईले १ स्वर्ण र १ कास्य तथा निरज तामाङले स्वर्ण जितेका थिए । फुटबलमा हेमन्त थापामगरले स्वर्ण तथा बास्केटबलमा डा. आशा राईले रजत पदक जितेकी थिइन् ।
खेलाडीलाई सम्मान गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकारले पनि पदक विजेता खेलाडीलाई सम्मान गर्ने बताएका थिए ।

कार्यक्रममा क्षत्री जातिको खस नाच, बाहुन जातिको सङ्गिनी नाच, मगर जातिको हुर्रा नाच, याम्फू जातिको डोकेनी नाच, नेवार जातिको धिमे नाचका साथै मारवाडी, सुनुवार तथा अन्य जातजातिको गीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।

मितेरी साइनो रहेको पोखरा महानगरपालिकाको सांस्कृतिक प्रस्तुतिका साथै साहित्यिक कार्यक्रम पनि महोत्सवमा भएको थियो । धरानको जन्मदिनको अवसर पारी महोत्सव भएकाले केक काटेर बाँड्नुका साथै डोरी तान प्रतियोगिता पनि कार्यक्रममा भएको थियो ।

 

Continue Reading

Facebook Comment

25 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना

Published

on

 हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।

विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Continue Reading

Banner

गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा

Published

on

 आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।

आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।

उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।

तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।

आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।

Continue Reading

Banner

लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटिद्वारा वृक्षारोपण तथा डस्बिन हस्तान्तरण कार्याक्रम सम्पन्न

Published

on

लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटि का अध्यक्ष अनुराेध शाह का अध्यक्षतामा तथा प्रमुख अथिति लायन्स 325 C का डिस्ट्रिक गभर्नर लिला चिमरिया ज्यु लायन्स लिडर Pmcc राजन खत्रि लायन्स लिडर हरु नगेन्द्र दाहाल ,खिल .बिक स्कुल प्रशासन तथा शिक्षक कर्मचारी हरु का उपस्थिति मा लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटिको २०२६ काे पहिलाे कार्यक्रम बृक्षा राेपण र डस्बिन हस्तान्तरण गरि सम्पन्न गरियाे !
बृक्षा राेपण मा विभिन्न जात चिउरि , म्याङ्गाे किट्स ,अनार,फणिण जामुना,अमला,साथै निम धुपि लगायत विभिन्न जात का १००थान बिरुवा राेपि कार्यक्रम सम्पन् गरियाे ! कार्यक्रम सञ्चालन क्लब का सेक्रेटरि नरेन रायाले सञ्चालन गर्नु भएकाे थियो
यश कार्यक्रम ले बिधालय परिवार लाभान्वित हुने छ साथै खुशियालि महसुस गरेकाे छ !

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक