Connect with us
Advertisement

वराहक्षेत्रमा गुञ्जिए दुई साहित्यकारका दर्जन कविता

Published

on

वराहक्षेत्रः स्वर्णिम साहित्य समाजले आयोजना गरेको स्वर्णिम शब्दकुञ्जको दोस्रो शृङ्खलामा २ जना साहित्यकारका ६÷६ ओटा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।

सो शृङ्खलामा कविद्वय तारा पराजुली र मुनाराज शेर्माले कविता सुनाएका थिए । पराजुली बेलबारी नगरपालिकाकी उपप्रमुख हुन् । उनले मेरो गाउँ, वृद्धाश्रममा आँशु, भ्रममा नपर्नु, हिँउँदको गीतलगायत शीर्षकका आधा दर्जन कविता वाचन गरेकी थिइन् । शेर्माले प्रश्नको प्रेम, हजारौं प्रेमीहरूको आत्मा, म सम्पादकमा, धरानको बुढासुब्बालगायत शीर्षकका ६ ओटा कविता सुनाएका थिए ।

वाचन गरिएका कविताको बारेमा साहित्यकार मनु मञ्जिलले टिप्पणी गरेका थिए । समाजका अध्यक्ष प्रकाश दिप्सालीको सभाध्यक्षमा भएको कार्यक्रमको प्रमुख अतिथि कवि बम देवन रहेका थिए । कार्यक्रममा साहित्यकार कृष्ण बराल र वराहक्षेत्र ३ का अध्यक्ष रुद्र दाहाल पनि उपस्थित थिए ।

समाजकी सचिव ज्ञानु राईले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

  

Continue Reading

Facebook Comment

16 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

तेह्रथुमको साहित्यिक इतिहास’ सार्वजनिक भएको छ ।

Published

on

केशु विरहीको अनुसन्धानात्मक पुस्तक ‘तेह्रथुमको साहित्यिक इतिहास’ सार्वजनिक भएको छ । तेह्रथुम जिल्लाको साहित्यिक तथा पत्रकारिताको इतिहास खोज गरी तयार भएको सो पुस्तक आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बीच तेह्रथुमबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवम् शहरी विकासमन्त्री सीता गुरुङले लोकार्पण गरिन् ।

काव्य घर /साहित्यकार एवम् इतिहासकार केशु विरहीको अनुसन्धानात्मक पुस्तक ‘तेह्रथुमको साहित्यिक इतिहास’ सार्वजनिक भएको छ । तेह्रथुम जिल्लाको साहित्यिक तथा पत्रकारिताको इतिहास खोज गरी तयार भएको सो पुस्तक आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बीच तेह्रथुमबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवम् शहरी विकासमन्त्री सीता गुरुङले लोकार्पण गरिन् । 

मन्त्री गुरुङले साहित्यकार विरहीले जिल्लाको साहित्यिक क्षेत्रको इतिहासलाई एकाकार गरेकोप्रति आभार प्रकट गरिन् । उनले जिल्लाले नेपालको साहित्यिक क्षेत्रसहित विभिन्न विधामा उल्लेख्य योगदान पुर्‍याए पनि त्यसको दस्तावेजीकरणको काम यस अघि नभएकोमा विरहीको प्रयासको प्रशंसा गरिन् ।

त्रिभुवन विश्व  विद्यालयका प्राध्यापक खगेन्द्रप्रसाद लुइटेलले तेह्रथुमको साहित्यिक इतिहासलाई पुस्तकाकार गरेको भन्दै विरहीलाई जोखिमपूर्ण कार्यका गरेकोमा बधाई ज्ञापन गरे । ‘मरेका मान्छेको बारेमा जसले पनि लेख्न सक्छ । जे लेखेपनि हुन्छ,’ उनले भने, ‘विरहीजीले जीवित मान्छेहरुका बारेमा लेखेर ऐतिहासिक पुस्तक तयार गर्नुभएको छ ।

वास्तवमा यो निकै जोखिमपूर्ण काम हो । किनभने जीवित मान्छेका बारे जे लेखेपनि, जति लेखेपनि चित्त बुझाउन सकिदैन ।’ मदन पुरस्कार विजेता लेखक भगिराज इङ्नामले विरहीले मसिना सूचना र गतिविधिहरुलाई समेत समावेश गरेर पुस्तक तयार गरेको बताए ।तेह्रथुममै जन्मिएर हाल मोरङलाई कार्यथलो बनाएका विरही पत्रकार तथा लेखक,साहित्यकार समेत हुन् ।

यसअघि उनका ‘कहालि लाग्दा गोरेटाहरू’ (उपन्यास) सहलेखन –२०५६, ‘आमाको माया’ (उपन्यास) –२०५७, ‘दन्किएको आगो’ (गजल सङ्ग्रह) –२०६३, ‘सुस्केरा’ (संयुक्त साहित्यिकसङ्ग्रह) –२०६३, ‘भास्कर वंशावली’ (वंशावली) –२०६५, ‘सुलोचना’ (कथासङ्ग्रह) –२०७१, ‘रेस्माको स्यान्डल’ (बालकथासङ्ग्रह) –२०७७ ,बेलबारीको साहित्यिक इतिहास २०८० आदि प्रकाशित छन् ।

Continue Reading

Banner

गायक राजीव लोहनीको नयाँ गीत ‘लप्सी फेदीमा…’ सार्वजनिक

Published

on

विराटचोकः ‘बलेको आगो, जलेको प्रेम…’ का गायक राजीव लोहनी नयाँ गीत लिएर नेपाली साङ्गीतिक बजारमा आएका छन् ।

सञ्चारकर्मी एवम् गीतकार मन्दिरा ढुङ्गेलको शब्द रचना, राजीव लोहनी र अस्मिता अधिकारीको युगल स्वर रहेको ‘लप्सी फेदीमा…’ गीतलाई कन्च क्रिएटिभको प्रस्तुतीमा म्युजिक नेपालको च्यानल मार्फत सार्वजनिक गरिएको हो । गीतमा प्रिन्स नेपालीले एरेन्ज गरेका छन् ।

नायिका श्रद्धा क्षेत्री र स्वयम् गायक राजीवले नै अभिनय गरेको भिडियोमा राजीव लाहुरेको भूमिकामा देखिएका छन् । उनको भिडियोमा श्रद्धासँग केमिस्ट्री जमेको देखिन्छ । सुब्रतराज आचार्यको निर्देशनमा बनेको भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

Continue Reading

Banner

गायिका सज्जा चौलागाई र संगीतकार न्ह्यू बज्राचार्यले ल्याए किनाराको ढुंगा

Published

on

काठमाडौंः नेपाल आइडलबाट चर्चा कमाएकी गायिका सज्जा चौलागाईको स्वर रहेको किनाराको ढुंगा बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतकार कमला न्यौपानेको शब्द तथा संगीतकार न्ह्यू बज्राचार्यको संगीत रहेको गीतमा प्रज्वल लामाको एरेन्ज रहेको छ ।

भिडियोले आफ्नो प्रेमीको कल्पनामा डुबेकी मायालुको प्रेमभावलाई बयान गरेको छ । भिडियोमा सुन्दरी मोडल सुयसा पौडेल गज्जबसँग खुलेकी छिन् । भिडियोको निर्देशन गायक समेत रहेका अनुप रेग्मीले गरेका हुन् ।

निर्देशक रेग्मीले भिडियो रिलिज गरिएको छोटो समयमा नै राम्रो प्रतिक्रिया आइरहेको बताए । करिब २ दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक हुन् अनुप ।

सुशीलविक्रम शाहको कन्सेप्ट रहेको भिडियोको छायांकन उत्सब दाहालले गरेका हुन् । विकास दाहालले सम्पादन गरेको भिडियो तरङ्ग द वेभ क्रियशनबाट बजारमा आएको हो ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक