कोशी प्रदेश
आवास परियोजना अवलोकनः लुमन्तीले विपन्न समुदायलाई बनाइदियो घर
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाका विभिन्न वडामा समुदाय सुधार परियोजना अन्तर्गत आवासको लागि सहयोग समूह (लुमन्ती) ले विपन्न समुदायलाई घर तथा धारा बनाइदिएको छ ।
लुमन्तीले बनाएका ती आवास तथा परियोजनाको जानकारी दिन आइतबार सरोकारवालालाई अवलोकन भ्रमण गराएको थियो । अवलोकन भ्रमणमा सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङ, प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहाल, कार्यपालिका सदस्य, वडा सदस्यलगायतको सहभागिता थियो ।
लुमन्ती परियोजना अन्तर्गत १७ ओटा समुदायमा नाला निर्माण, खानेपानी धारा जडान, नयाँ घर निर्माण, पुराना फुसका छाना भएका घरको स्तरोन्नति शौचालय निर्माण गरिएको फिल्ड संयोजक लक्ष्मी राईले बताइन् ।
प्रत्येक विपन्न समुदायमा टोल गठन गरी परियोजना सञ्चालन गरिएको उनले जानकारी दिइन् । सुन्दरहरैंचाको वडा नम्बर ११ को शुक्रबारे, वडा नम्बर १ को पचाम, टनकपुरमा नाला निर्माण तथा धारा जडान गरिएको थियो ।
वडा नम्बर ३ को आइतबारेमा नाला निर्माण, वडा नम्बर ४ को बडहरामा बोरिङ जडान तथा घर र शौचालय निर्माण गरिएको उनले जानकारी दिइन् । त्यस्तै वडा नम्बर ५ को डिपुमा निर्माण गरिएका नयाँ घरको पनि अवलोकन गरिएको थियो । वडा नम्बर ६ को सिसौबारीमा मर्मत गरिएको घरको पनि अवलोकन गराइएको थियो ।
नयाँ घर पाउने ६५ घरधुरीका विपन्न परिवारले लुमन्तीको कार्यक्रमको प्रशंसा गर्दै स्थानीय सरकारबाट पनि सहयोगको अपेक्षा राखेको बताएका थिए । सोही क्रममा उपप्रमुख तामाङले नगरपालिकामा सामुहिक रूपमा निवेदन लिएर आए सबै माग पूरा गरिदिने समेत आश्वासन दिइन् ।
यस्तै, समुदायमा गई सचेतना फैलाउने काममा समेत लुमन्ती अग्रसर भएको पाइएको छ । समुदायका महिलालाई बचत गराउने बानी बसाउन र संस्कार सिकाउन समेत संस्था लागिपरेको राईले बताइन् ।
Facebook Comment
Banner
एमाले अध्यक्ष ओलीमाथि धनकुटाको लेगुवामा मुक्का प्रहारको प्रयास
धनकुटाः मध्यपहाडी लोकमार्गमार्फत् महाकालीदेखि मेचीको यात्रामा निस्किएको एमालेको सङ्कल्प यात्राको टोलीमाथि धनकुटाको लेगुवामा मुक्का प्रहारको प्रयास भएको छ ।
सङ्कल्प यात्रा टोली भोजपुरबाट धनकुटा प्रवेश गर्ने क्रममा महालक्ष्मी ५ लेगुवामा ओलीलाई स्वागत गर्ने क्रममा लाइनमा बसेका व्यक्तिको बीचबाट प्रवेश गरेर ओलीमाथि मुक्का प्रहारको प्रयास भएको थियो । मुक्का हान्न प्रयास गर्ने लेगुवाका महेश राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनले मादक पदार्थ सेवन गरेको प्रहरीले जनाएको छ ।
Banner
जन्मदिनको अवसर पारेर निवर्तमान मेयर ढकालकी छोरीले आश्रममा बाँडिन् न्यानो कपडा
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाका निवर्तमान नगरप्रमुख शिवप्रसाद ढकालकी छोरी सायनाले आफ्नो जन्मदिनमा न्यानो कपडा वितरण गरेकी छिन् ।
सायनाको १३ औ जन्मदिनको अवसर पारेर सुन्दरहरैंचा – ९ मा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा आश्रित बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको हो । पाथीभरा स्वतन्त्र महिला समाजको ब्यानरमा आयोजित कार्यक्रममा उनले न्यानो कपडा वितरण गरेको समाजकी अध्यक्ष सुनिता पोखरेलले बताइन् ।
कार्यक्रममा पाथीभरा स्वतन्त्र महिला समाजकी पूर्व अध्यक्ष, निवर्तमान अध्यक्ष लगायतका पदाधिकारीहरु उपस्थित थिए ।
Banner
बुद्धोदय साकाेसको अध्यक्ष र लेखा संयोजकमा पुनः क्रमशः खनाल र निधी
विराटनगरः विराटनगर –३ बुद्धचोकमा रहेको बुद्धोदय बचत तथा ऋण सहकारी संस्थाको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । संस्थाको सञ्चालक समिति अध्यक्षमा पुनः राजेन्द्रप्रसाद खनाललाई चयन गरेको हो । खनालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति र पुनः अविनाशकुमार निधिको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति समेत सर्वसम्मत चयन भएको हो ।
कार्यसमितिको उपाध्यक्षमा प्रेमबहादुर खड्का , सचिवमा सन्तोष वराल, कोषाध्यक्षमा यज्ञप्रसाद खतिवडा चयन भएको निर्वाचन समितिले जनाएको छ । त्यसैगरी समितिको सदस्यहरुमा उद्धव घिमिरे, भोजराज निरौला, दिपेश चौधरी, यादवप्रसाद पोखरेल र सीतादेवी खड्का सर्वसम्मत चयन भएका निर्वाचन समितिका संयोजक गोविन्दप्रसाद दाहालले जानकारी दिए ।
लेखा समितिको सदस्यमा टीकाप्रसाद कोइराला र झनकुमारी निरौला चयन भएका छन् ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login