मधेस प्रदेश
छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु
जनकपुरः पूर्व पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबास र सर्लाहीको हरिपुरमा भएका दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।
बर्दिबास नगरपालिका–५ स्थित टुटेश्वर चोकमा काठमाडौँबाट आउँदै गरेको ना ५ ख ६४११ नंको गङ्गोत्री बस उखु लोड गरी रोकिराखेको ना ४ ख ५८१३ नंको ट्रकमा ठोक्किएर दुर्घटना भएको थियो ।
सो दुर्घटनामा परी नेपाली काङ्ग्रेसका महासमिति सदस्य ललनकुमार रायको मृत्यु भएको छ । महोत्तरीको मनरासिस्वा नगरपालिका–१० बथनाहा निवासी उनको उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा पठाइएकामा डाक्टरले मृत घोषणा गरेका थिए ।
सोही दुर्घटनामा परी १८ जना अन्य घाइते भएको र उनीहरूको बर्दिबासको शुभ स्वस्तिक, जनसेवा, सिटी र बर्दिबास अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, सर्लाहीको नवलपुर–मलङ्गवा सडकखण्डअन्तर्गत हरिपुर नगरपालिका–६, लक्ष्मीपुरमा आज बिहान स्कारपियो पल्टिँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
सदरमुकाम मलङ्गवाबाट नवलपुरतर्फ आइरहेको बीआर ०६ पीडी ३६३७ नम्बरको स्कारपियो सडकमा हिँडिरहेको राँगोलाई ठक्कर दिएर पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनामा स्कारपियोमा सवार भारतीय नागरिक ३८ वर्षीय प्रमोद सदाको घटनास्थलमै मृत्यु भएको प्रहरीेले जनाएको छ ।
Facebook Comment
Banner
विश्वासको मत लिँदै मधेशका मुख्यमन्त्री यादव
मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदै छन्।
मधेश प्रदेशसभा सचिवालयका निमित्त सचिव अरुणकुमार झाले आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीबाट विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव पेश गर्ने कार्यसूची रहेको जानकारी दिए। केन्द्रमा सत्तासमीकरण फेरिएसँगै तत्कालीन सत्तासाझेदार दल नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन्।
उनले मुख्यमन्त्री नियुक्त भएयता यो चौथोपटक लिन लागेको विश्वासको मत हो। सरकारमा रहेका दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ।
जनता समाजवादी पार्टी (जसपा) प्रदेश संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री यादवलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीको समर्थन रहेको छ।
१०७ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ५४ सदस्यको समर्थन चाहिन्छ। हाल सत्तागठबन्धन एक ठाउँमा रहे मुख्यमन्त्री यादवको पक्षमा स्पष्ट बहुमत छ।
Banner
महोत्तरी प्रहरीको हिरासत कक्षमा पुस्तकालयको स्थापना
जलेश्वरः जिल्ला प्रहरी कार्यालय महोत्तरीले ‘हिरासतमा पुस्तकालय’ कार्यक्रमलाई मंसिर ५ गतेबाट सञ्चालनमा ल्याएको छ ।
विभिन्न किसिमका फौजदारी अभियोगमा कानुनी हिरासतमा रहेका थुनुवाहरूको आचरण, व्यवहार र सोचमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले हिरासतमा पुस्तकालय स्थापना गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय महोत्तरीबीच गत साउन २९ गते भएको कार्य सम्पादन सम्झौताको बुँदा नम्बर २५ अनुसार जिल्ला प्रहरी कार्यालय महोत्तरीको नव–प्रवर्तनीय कार्य ‘हिरासतमा पुस्तकालय’ कार्यक्रमको मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जनक भट्टराईले एक समारोहबीच पुस्तकालय उद्घाटन गरेका हुन् ।
पुस्तकालय स्थापना गर्न जलेश्वर नगरपालिका वडा नम्बर २ का अध्यक्ष वरुणकुमार दाहाल र वडा नम्बर ६ का अध्यक्ष रवीन्द्रप्रसाद साहले सहजीकरण गरेका थिए ।
कार्यक्रममा बोल्दै जिल्ला प्रहरी प्रमुख मल्लले पढ्न नपाउनु र नपढ्नुमा तात्विक भिन्नता रहेको बताउँदै यी दुवै परिस्थिति समाजको विकासका लागि बाधक बनिरहेको बताए । मानिसलाई शिक्षा प्रदान गर्न समाजको तल्लो तहबाटै पहल गरिनुपर्ने उनले बताए । यही सोचका साथ हिरासतमा पुस्तकालय तयार भएको मल्लले बताए ।
हाल जिल्ला प्रहरी महोत्तरी प्रमुखको जिम्मेवारी सम्हालिरहेका मल्लले यसअघि पनि आफूले काम गरेका विभिन्न जिल्लामा ‘हिरासतमा पुस्तकालय’ अभियान स्थापना गराएका छन् ।
Banner
चुरियामाईमा बस दुर्घटना हुँदा ६ जना भारतीय सहित ७ जनाको मृत्यु
हेटौंडाः आज बिहान १ बजे बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको ज्यान गएको छ ।
काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेश प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस दुर्घटना हुँदा ६ जना भारतीय नगरिकहरू र एक जना नेपालीको ज्यान गएको हो ।
मृत्यु हुनेमा भारतको राजस्थानका ६७ वर्षीय बहादुर सिंह, ६० वर्षीया सत्यवती, ७० वर्षीय राजेन्द्र चतुरवेदी, ६५ वर्षीया श्रीकान्त चतुरवेदी, ६७ वर्षीया बैजयन्ती देवी, ६५ वर्षीया मीरादेवी र नेपाली नागरिकमा महोत्तरीको लोहारपटी–५ का ४१ वर्षीय विजय लाल पण्डित रहेका छन् ।
घाइते भएका अन्य १७ जनाको हेटौंडाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । अवस्था सामान्य भएका केही भने उपचारपछि डिस्चार्ज भएका छन् । दुर्घटनापछि बसका चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login