समाचार
बालिकाको अश्लील भिडियो बनाउनेलाई गाउँलेले समातेर प्रहरीमा बुझाए
विद्यालय अध्ययनरत बालिका तथा महिलाहरुको अश्लील भिडियो बनाएको आरोपमा गाउँलेहरुले एक युवकलाई नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका छन्।
छिपहरमाई गाउँपालिका वडा नम्बर-५ निवासी ३० वर्षीय सज्जाद आलम अहमदले गाउँपालिका क्षेत्र भित्रका विद्यालय अध्ययनरत बालिका र गाउँका महिलाहरूको अश्लील भिडियो बनाएको आरोपमा गाउँलेहरुले आइतबार नियन्त्रणमा लिएर प्रहरी चौकी भिस्वाको जिम्मा लगाएका हुन्।
स्थानीयले कडा कारबाहीको माग गर्दै भिस्वामा टायर बालेर प्रदर्शन गर्नुका साथै बजार पनि बन्द गराएका थिए। त्यसपछि सज्जादलाई त्यहाँबाट इलाका प्रहरी कार्यालय पोखरियामा ल्याइएकाे इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक मोहनविक्रम केसीले जानकारी दिए।
सज्जादको साथबाट एक थान मोबाइल र २ थान पेनड्राइभ समेत बरामद गरिएको उनले जनाए। साथै उनको मोबाइल र पेनड्राइभमा केही अश्लील भिडियो पनि भेटिएको उनले सुनाए।
केही समय पहिले साउदी अरबबाट वैदेसिक रोजगारीबाट नेपाल फर्किएका उनी त्यसयता यस्तो गतिविधिमा लागेको स्थानीयवासीको आरोप छ।
Source : Nagariknews
Facebook Comment
Banner
महिलाको पाठेघरको मुख तथा स्तन क्यान्सरको स्क्रिनिङ सेवा बेलबारीमा सम्पन्न
महिलाको पाठेघरको मुख तथा स्तन क्यान्सरको स्क्रिनिङ सेवा बेलबारीमा सम्पन्न
बेलबारी नगरपालिकाको आयोजना र विराट टिचिङ अस्पतालको प्राविधिक सहयोगमा बेलबारी नगरपालिकाभित्र रहेका ११ वटै स्वास्थ्यसंस्थाबाट महिलाको पाठेघरको मुखको क्यान्सर सम्बन्धी VIA स्क्रिनिङ सेवा सम्पन्न भएको छ ।
VIA स्क्रिनिङ सेवा पौष २ गतेदेखि शुरु भई पौष २९ गतेसम्म सञ्चालन भएको थियो । कार्यक्रममा वडा नं. १ देखि वडा नं. ११ सम्मका ९२५ जना महिलाहरुले सेवा लिएका थिए ।
विगत ३ वर्षदेखि नियमित हुँदै आएको यस कार्यक्रममा विगतका वर्षहरुमा जटिल समस्या केही मात्रामा देखिए पनि यस वर्ष ९२५ कै स्क्रिनिङमा कुनै जटिल समस्या रेकर्डमा नआएको हुँदा बेलबारीका लागि ठूलो सफलता हात परेको छ ।
क्यान्सर रोग सम्बन्धी अनुभवी विशेषज्ञ डाक्टर अस्मिता रायमाझी, गाइनो र ल्याव सम्बन्धी विशेषज्ञ डाक्टरहरुबाट सेवा प्रवाह गर्दै सबै स्वास्थ्यसंस्थाहरुको कुशल व्यवस्थापनमा कार्यक्रम सम्पन्न भएको थियो ।
सेवाग्राहीहरुसँगको कुराकानीमा बेलबारी नगरले राम्रो काम गरेको छ । स्थानीयस्तरमा यो सेवा पाउनुले स्वास्थ्य सम्बन्धीे जोखिमलाई न्युनिकरण गर्नमा नगरले खेलेको भूमिकाको खुलेर प्रशंसा गरे ।
यसै विषयमा नगरप्रमुखसँग कुराकानी गर्दा हामी स्वास्थ्य, शिक्षा र मानव सूचांक विकासमा काम गरिरहेका छौँ यसको नतिजा सडक बनाए जस्तो नदेखिने हुँदा नतिजा पछि आउने कुरामा विश्वस्त रहेको बताउनुभयो ।
आधारभूत शिक्षा, स्वास्थ्य, उत्पादन र स्वरोजगार कसरी बनाउन सकिन्छ मसिनो गरी काम गरिरहेको नगरप्रमुखको भनाइ थियो । यो नगर पूर्णखोप सुनिश्चित, संस्थागत सुत्केरी र नगर अस्पतालको सेवामा ससक्त काम गरिरहेको बताउनुभयो ।
Banner
हात्तीको आक्रमणबाट सुन्दरहरैंचामा एक जनाको मृत्यु
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा वडा नं. ८ स्थित सलकपुरमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । ७१ वर्षिय हरीप्रसाद घिमिरेको हात्तीले ज्यान लिएको छ ।
सलकपुर बजारबाट ५०० मिटर भित्र बस्तीमा राती १२ः३० मा घिमिरे आफ्नै घरमा ढोका खोलेर बाहिर निस्कदा हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको थियो।
Banner
सुन्दरहरैंचा नगरपालिकाको आ.व. २०८१/८२ को पहिलो सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ
विराटचोक/ मोरङको सुन्दरहरैंचा नगरपालिकाको आ.व. २०८१/८२ को पहिलो सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। नगरपालिकाबाट प्रवाह हुने सेवालाई स्वच्छ, पारदर्शी र वस्तुनिष्ठ बनाउन तथा सर्वसाधारण र सरोकारवालाको राय-सुझाव नबुझेको कुरालाई प्रस्ट्याउने, नागरिकको प्रश्न र जिज्ञासालाई सम्बोधन गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो।
सुनुवाइमा जिज्ञासा राख्दै उर्मिला सुवेदीले सामुदायिक विद्यालयका विद्यार्थीको एउटै पोसाक राख्न सुझाव दिइन्। उनले अपाङ्गता भएका व्यक्तिलाई सवारीसाधनमा यात्रा गर्दा छुट दिन नगरले पहल गरे यस्ता व्यक्तिलाई सहज हुने बताइन्। यस्तै, सीताराम पाण्डेले हात्ती आतङ्क रोक्न स्थानीय सरकारले अझ बढी भूमिका खेल्नुपर्ने बताए। उनले सामुदायिक वन क्षेत्रका समस्यालाई समेत उठाएका थिए। ज्येष्ठ नागरिक समाजका अध्यक्ष रामकुमार कार्कीले ज्येष्ठ नागरिकसहित लक्षित वर्गलाई स्वास्थ्य क्षेत्रमा दिइने सुविधाका विषयमा नगरपालिका संवेदनशील भएर लाग्नुपर्ने सुझाव दिए। अन्य धेरै व्यक्ति नगरकाे विकास र हितकालाई सुझाव दिएका थिए ।
स्थानीय नागरिक सेवाग्राहीले उठाएका प्रश्न र जिज्ञासाको नगरप्रमुख केदारप्रसाद गुरागाईं, उपप्रमुख अकली चौधरी र प्रमुख प्रशासकीय अधिकृत बिनोद कुमार न्यौपानेले सम्बोधन गरेका थिए। यस्तै, शाखागत प्रश्नमा सम्बन्धित शाखा प्रमुखले प्रस्ट पारेका थिए।
नागरिकको जिज्ञासालाई समाधान गर्दै नगरप्रमुख गुरागाईंले स्थानीय सरकार आम नागरिकको सेवामा सधैँ रहेको बताए। यस्तै, नगरबाट गरिने सेवालाई अझ छिटो र छरितो बनाउने बताए। विकास निर्माणमा नगर लागिरहेको र कहीँ कतै छुटेकालाई आगामी बजेटबाट सम्बोधन गरेर जाने प्रतिबद्धता जनाएका छन्।
सुन्दरहरैंचा वडा नम्बर ३ स्थित रणकाली मन्दिरको सभाहलमा सम्पन्न कार्यक्रमको सहजीकरण रेडियो सुसेलीका कार्यकारी प्रमुख बाबुराम निरौलाले गरेका थिए। कार्यक्रम नगरपालिकाको आयोजना र रेडियो सुसेलीको सहजीकरणमा भएको थियो। सुनुवाइमा वडाध्यक्षहरू, जनप्रतिनिधि, नागरिक समाज, पत्रकार तथा सर्वसाधारणको बाक्लो उपस्थिति थियो।
नगरपालिकाले पहिलो चौमासिकमा गरेका कामको प्रगति विवरण प्रमुख प्रशासकीय अधिकृत साथै शाखा प्रमुखहरूले राखेका थिए। कार्यक्रममा उपस्थित नागरिक तथा राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरूले नगरपालिकाको बजेट र सेवा प्रवाहका विषयमा विभिन्न जिज्ञासा राखेका थिए।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login