कला / साहित्य
सुकुना क्याम्पसमा कविशिरोमणिको सम्झनामा पद्य कविता वाचन कार्यक्रम
विराटचोकः कविशिरोमणि लेखनाथ पौड्यालको १ सय ३६ औँ जन्मजयन्तीका सन्दर्भमा पद्य कविता वाचन तथा आस्वादन समारोह सम्पन्न भएको छ ।
मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित सुकुना बहुमुखी क्याम्पसको सभाहलमा शुक्रबार आयोजित कार्यक्रममा ६ जना कविले आफ्नो कविता वाचन गरेका थिए ।
कवि मेदिनीप्रसाद बरालले छेकुडोल्माको स्मृतिमा साहित्यकारको वर्णन गर्दै भुजङ्गप्रयात छन्दमा कविता सुनाएका थिए । साहित्यकारले राष्ट्रिय हितका निम्ति साहित्य लेख्नुपर्ने विचार उनले राखेका थिए ।
कवि मोहनप्रसाद काफ्लेले स्वप्न वृतान्त कविता प्रस्तुत गरेका थिए भने अर्का कवि प्रेमप्रसाद भट्टराईले ‘मेरो भोक’ शीर्षकमा व्यङ्ग्य गर्दै भ्रष्टाचार, शोषण, अन्याय अत्याचारप्रतिको चोटिलो व्यङ्ग्य प्रहार गर्दै सत्ता, शक्ति र सम्पत्तिको भोकले मान्छे अन्धो हुन्छ भन्ने विचार व्यक्त गरेका थिए ।
कवि आचार्य ‘अ’ले ‘वैभव’ शीर्षकको कविता वाचन गर्दै नैतिक चेतनायुक्त विचार नै सबै भन्दा व्यावहारिक हुने धारणा राखे । सबैले असल विचार आफूमा राख्नुपर्ने बताउँदै मानिस विचारद्वारा नै महान हुन्छ र विचारकै कारण हिटलर जस्ता शक्तिशाली पनि नाङ्गिनुपर्छ भन्ने भाव व्यक्त गरेका थिए ।
अर्का कवि सोमप्रसाद भट्टराईले शार्दूलविक्रीडित छन्दमा आफ्नो कविता सुनाएका थिए । यस्तै कवि छवि वैरागी घिमिरेले शिखरिणी छन्दमा यथार्थपरक र नैतिक चेतना व्यक्त गर्ने भावको कविता सुनाएका थिए भने सबैले दुइ वटा कविता वाचन गरेका थिए ।
कार्यक्रमको उद्घाटन पूर्व सांसद तथा साहित्यकार हर्कमान तामाङले गरेका थिए । पद्य कविता वाचन तथा आस्वादन समारोहमा स्रष्टाहरुलाई सम्मान पत्रका साथमा दोसल्लाद्वारा सम्मानित गरिएको थियो ।
कार्यक्रममा झापा, मोरङ र सुनसरीका साहित्यकारहरूको सहभागिता थियो । दीपक न्यौपानेले सञ्चालन गरेको कार्यक्रम उमानाथ भट्टराईको सभापतित्वमा सम्पन्न भएको थियो ।
Facebook Comment
Banner
तेह्रथुमको साहित्यिक इतिहास’ सार्वजनिक भएको छ ।
केशु विरहीको अनुसन्धानात्मक पुस्तक ‘तेह्रथुमको साहित्यिक इतिहास’ सार्वजनिक भएको छ । तेह्रथुम जिल्लाको साहित्यिक तथा पत्रकारिताको इतिहास खोज गरी तयार भएको सो पुस्तक आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बीच तेह्रथुमबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवम् शहरी विकासमन्त्री सीता गुरुङले लोकार्पण गरिन् ।
त्रिभुवन विश्व विद्यालयका प्राध्यापक खगेन्द्रप्रसाद लुइटेलले तेह्रथुमको साहित्यिक इतिहासलाई पुस्तकाकार गरेको भन्दै विरहीलाई जोखिमपूर्ण कार्यका गरेकोमा बधाई ज्ञापन गरे । ‘मरेका मान्छेको बारेमा जसले पनि लेख्न सक्छ । जे लेखेपनि हुन्छ,’ उनले भने, ‘विरहीजीले जीवित मान्छेहरुका बारेमा लेखेर ऐतिहासिक पुस्तक तयार गर्नुभएको छ ।
वास्तवमा यो निकै जोखिमपूर्ण काम हो । किनभने जीवित मान्छेका बारे जे लेखेपनि, जति लेखेपनि चित्त बुझाउन सकिदैन ।’ मदन पुरस्कार विजेता लेखक भगिराज इङ्नामले विरहीले मसिना सूचना र गतिविधिहरुलाई समेत समावेश गरेर पुस्तक तयार गरेको बताए ।तेह्रथुममै जन्मिएर हाल मोरङलाई कार्यथलो बनाएका विरही पत्रकार तथा लेखक,साहित्यकार समेत हुन् ।
Banner
गायक राजीव लोहनीको नयाँ गीत ‘लप्सी फेदीमा…’ सार्वजनिक
विराटचोकः ‘बलेको आगो, जलेको प्रेम…’ का गायक राजीव लोहनी नयाँ गीत लिएर नेपाली साङ्गीतिक बजारमा आएका छन् ।
सञ्चारकर्मी एवम् गीतकार मन्दिरा ढुङ्गेलको शब्द रचना, राजीव लोहनी र अस्मिता अधिकारीको युगल स्वर रहेको ‘लप्सी फेदीमा…’ गीतलाई कन्च क्रिएटिभको प्रस्तुतीमा म्युजिक नेपालको च्यानल मार्फत सार्वजनिक गरिएको हो । गीतमा प्रिन्स नेपालीले एरेन्ज गरेका छन् ।
नायिका श्रद्धा क्षेत्री र स्वयम् गायक राजीवले नै अभिनय गरेको भिडियोमा राजीव लाहुरेको भूमिकामा देखिएका छन् । उनको भिडियोमा श्रद्धासँग केमिस्ट्री जमेको देखिन्छ । सुब्रतराज आचार्यको निर्देशनमा बनेको भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।
Banner
गायिका सज्जा चौलागाई र संगीतकार न्ह्यू बज्राचार्यले ल्याए किनाराको ढुंगा
काठमाडौंः नेपाल आइडलबाट चर्चा कमाएकी गायिका सज्जा चौलागाईको स्वर रहेको किनाराको ढुंगा बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतकार कमला न्यौपानेको शब्द तथा संगीतकार न्ह्यू बज्राचार्यको संगीत रहेको गीतमा प्रज्वल लामाको एरेन्ज रहेको छ ।
भिडियोले आफ्नो प्रेमीको कल्पनामा डुबेकी मायालुको प्रेमभावलाई बयान गरेको छ । भिडियोमा सुन्दरी मोडल सुयसा पौडेल गज्जबसँग खुलेकी छिन् । भिडियोको निर्देशन गायक समेत रहेका अनुप रेग्मीले गरेका हुन् ।
निर्देशक रेग्मीले भिडियो रिलिज गरिएको छोटो समयमा नै राम्रो प्रतिक्रिया आइरहेको बताए । करिब २ दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक हुन् अनुप ।
सुशीलविक्रम शाहको कन्सेप्ट रहेको भिडियोको छायांकन उत्सब दाहालले गरेका हुन् । विकास दाहालले सम्पादन गरेको भिडियो तरङ्ग द वेभ क्रियशनबाट बजारमा आएको हो ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login