Connect with us
Advertisement

शेयर बजारका जनावरहरु

Published

on

विश्व शेयरबजारमा विभिन्न जनावरका नामहरु प्रचलित छन् । केही नामहरुले बजारको ट्रेण्डलाई बुझाउछ भने केहीले लगानीकर्ताहरुको प्रकारलाई बुझाउँछ। नेपाली शेयर बजारमा बियर र बुल शब्दको अधिक प्रयोग गरिन्छ। यी दुबै जनावरका नामहरु हुन्। यस्तै, चिकेन, पिग्स, वुल्भ्स, सिप लगायतका नामहरु विभिन्न खालका लगानीकर्ताहरुको विषेशणका रुपमा प्रयोग गरिन्छ।

बुल र बियरः शेयरबजारमा बुल र बियर विपरितार्थक शब्द हुन्। शेयरबजारमा कुनै पनि सूचक बढ्दो अवस्थामा छ भने त्यसलाई बुलको संज्ञा दिइन्छ। यसले बजारको ट्रेण्डलाई बुझाउँछ। कुनै पनि सूचक बुल (बुलिश) छ भन्नुको अर्थ सो सूचक बढी रहेको छ भन्ने बुझिन्छ।

त्यसैगरी, बियर भन्नाले घट्दो बजारलाई बुझाउँदछ। कुनै पनि कम्पनी अथवा सूचक घटेको छ भने त्यसलाई बियर (बियरिश) भनिन्छ। लामो समयमा सूचक घट्दो क्रममा देखिएको छ भने त्यसलाई बियरिश ट्रेण्ड भनिन्छ।

बुल अर्थात साँढेले आफ्नो सिङले हान्दा तलबाट माथि हान्दछ भने बियर अर्थात भालुले पञ्जा मार्दा माथिबाट तल हान्दछ। यसैको आधारमा यी दुईको नामाकरण गरिएको हो।

चिकेन र पिगः यी दुबै लगानीकर्ताहरुको स्वभाव बयान गर्ने विशेषणको रुपमा प्रयोग गरिन्छ। जो लगानीकर्ताहरु जोखिम लिन मन पराउँदैनन् अथवा जोखिम भएको स्टकमा लगानी गर्न रुचाउँदैनन् तिनीहरुलाई चिकेनको संज्ञा दिइएको छ। यस्ता लगानीकर्ताहरु सुरक्षित धितोपत्र जस्तै बण्ड र बैंक निक्षेपमा लगानी गर्ने गर्दछन्। चिकेन अर्थात कुखुराको स्वभावसँग मिल्दोजुल्दो हुने भएका कारण यस्ता लगानीकर्ताहरुलाई चिकेन भनिने गरेको हो।

यसको ठिक विपरितका लगानीकर्ताहरुलाई पिग भनिन्छ। जुन लगानीकर्ता धेरै जाखिमपूर्ण धितोपत्रमा लगानी गर्दछन् तिनीहरुलाई पिग भन्ने गरेको पाइन्छ। पिग अर्थात सुंगुरहरु लोभी हुने गर्दछन्। त्यस्तै, छोटो समयमा धेरै लाभ लिने लोभमा जोखिमपूर्ण शेयरमा यस्ता लगानीकर्ताहरुले लगानी गर्दछन्।

स्ट्याग्स्ः धितोपत्र बजारमा केही लगानीकर्ताहरु यस्ता हुन्छन् जो आईपीओमा शेयर खरिद गर्छन् र सूचीकरणपश्चात शेयर बिक्री गरी बाहिरिन्छन्। यस्ता लगानीकर्ताहरु स्ट्याग्स् भनिन्छ। अल्पकालीन लगानीकर्ताहरुलाई स्ट्याग्स भन्ने गरिन्छ। छोटो समयमा नै बजारको स्थिति र प्राविधिक विश्लेषण गरी शेयर खरिदबिक्री गर्ने निर्णय लिनेलाई पनि स्ट्याग भनिन्छ। यस्ता लगानीकर्ताहरुसँग धेरै पैसा हुन्छ र सजिलै ठूलो परिमाणमा शेयर खरिदबिक्री गर्न सक्छन्।

शीपः शीप अर्थात भेडा। नेपाली धितोपत्र बजारमा यो शब्द पनि प्रचलित छ। अरुको लहैलहैमा लागेर शेयर कारोबार गर्ने लगानीकर्ताहरुलाई सिप भनिन्छ। यस्ता लगानीकर्ताहरुसँग निर्णय गर्ने क्षमताको कमी हुन्छ। भिडलाई पछ्याउने भएका कारण यस्ता लगानीकर्तालाई शीप भनिएको हो।

वुल्भस्ः बजारमा सबै लगानीकर्ताहरु उद्देश्य नाफा आर्जन गर्ने नै हुन्छ। तर, केही यस्ता लगानीकर्ताहरु पनि बजारमा पाईन्छन् जसले नाफा कमाउनका लागि जालझेल गर्दछन्। यस्ता लगानीकर्ताहरुलाई वुल्भस् भनिन्छ। यस्ता लगानीकर्ताहरु विशेषगरी एक्सपर्ट र शक्तिशाली हुन्छन्। ठूला विशेषज्ञ भनाउँदा केही लगानीकर्ताले आफ्नो सिपको गलत प्रयोग गरी बजारबाट पैसा कमाउन खोज्छन् भने तिनीहरु वुल्भ्स हुन्।

हकः सो शब्द विशेषगरी नियामक निकायहरुलाई प्रयोग गरिन्छ। त्यस्ता निकाय जरले मुद्रास्फिती घटाउन ब्याजदर उच्च कायम गर्नुपर्छ भन्ने कुरामा विश्वास गर्दछन्। त्यसैगरी, लगानी गर्नुअघि सबै पक्षहरुको विश्लेषण गरी उपयुक्त समयमा धितोपत्र कारोबार गर्ने लगानीकर्ताहरुलाई पनि हक भन्ने गरिन्छ। बाजको विशेषतासँग मेल खाने भएका कारण यस्ता लगानीकर्ताहरुलाई हकको संज्ञा दिइएको हो।

डभः हकको ठीक उल्टो डभ हो। वित्तीय क्षेत्रमा निष्क्रिय र शान्ती चाहने निकायलाई डभ भनिन्छ भने ब्याजदर कम भएको खुकुलो मौद्रिक नीति चाहने लगानीकर्ताहरुलाई पनि यो नाम दिइएको छ।

अष्ट्रीचः प्रतिकुल अवस्थामा प्रतिकृया गर्न नसक्ने लगानीकर्ताहरुलाई अष्ट्रीच भनिन्छ। जसरी अष्ट्रीचले खतरापूर्ण अवस्थामा आफ्नो टाउको जमिनमा लुकाई सो अवस्थालाई नजरअन्दाज गर्छ त्यसरी नै यस्ता लगानीकर्ताहरु पनि आफ्नो पोर्टफोलियो घट्दा त्यसलाई वेवास्ता गरी बस्छन्।

टर्टलः यो नाम दीर्घकालीन लगानीकर्ताहरुलाई दिइएको छ। त्यस्ता लगानीकर्ताहरु जो शेयर खरिद गर्न पनि समय लगाउँछन् र बिक्री गर्न पनि समय लगाउँछन्, तिनीहरुलाई टर्टल भनिन्छ। यस्ता लगानीकर्ताहरु शेयर खरिद गरी लामो अवधिका लागि होल्ड गरिराख्छन्। यस प्रकारका लगानीकर्ताहरुलाई अल्पकालीन उतारचढावले केही असर गर्दैन।

डगः बजारबाट कुटिएको शेयर अर्थात लगानीकर्ताहरुले नरुचाएको शेयरलाई डग भन्ने गरिन्छ। कम्पनीहरुको कमजोर प्रदर्शनका कारण यस्तो अवस्थाको सिर्जना हुन्छ। यस्ता शेयरहरु पुनः बढ्ने अपेक्षाले बजारका खेलाडी तथा विश्लेषकहरुले यस्ता शेयरको सूक्ष्म विश्लेषण गरिरहेका हुन्छन्।

लेम डक्सः बजारबाट सबैले नाफा नै आर्जन गरि बाहिरिन्छन् भन्ने छैन। केही लगानीकर्ताहरु यस्ता हुन्छन् जसले ठूलो घाटा व्यवहोरी बजारबाट बाहिरिन्छन्। यस्ता लगानीकर्ताहरुलाई लेम डक्स भनिन्छ।

ह्वेलः बजारका ठूला लगानीकर्ताहरुलाई ह्वेल भनिन्छ। ठूला लगानीकर्ता जसले शेयर खरिद बिक्री गरी शेयरमूल्यमा नै प्रभाव पार्छ, त्यस्ता लगानीकर्ताहरुलाई ह्वेल भनिन्छ।

डेड क्याट बाउन्सः कुनै पनि शेयर निरन्तर ओरालो लागेर अस्थायी वृद्धि हुन्छ भने त्यसलाई डेड क्याट बाउन्स भनिन्छ। मरेको बिरालो पनि कुनै उचाईबाट खस्यो भने बाउन्स हुन्छ भन्ने अवधारणाले नै यसको प्रयोग भएको हो। – मेरो लगानी डट कमबाट

Continue Reading

Facebook Comment

20 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

ओली फर्किए, भण्डारी झापा–मोरङ दौडाहामै

Published

on

विराटनगर — सत्तारूढ दल नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली मोरङको कटहरीमा निर्माण भएको एक अस्पताल उद्घाटन गरेर शनिबार हेलिकोप्टरमार्फत काठमाडौं फर्किए । तर, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी भने अझै झापा–मोरङका विभिन्न कार्यक्रममा सक्रिय रहिरहेकी छन् ।

बिहीबार विराटनगर ओर्लिएकी भण्डारी झापा र मोरङका कार्यक्रममा व्यस्त छिन् । उनको तालिका सोमबारसम्म व्यस्त छ । विराटनगर ओर्लिएपछि उनी मोरङका विभिन्न पार्टी कार्यकर्तासँग भेटघाट र विविध कार्यक्रममा सहभागी भइरहेकी छन् । शुक्रबार उनले विराटनगरमा पालिकाका उपप्रमुख–उपाध्यक्षहरूको राष्ट्रिय भेलाको उद्घाटन गरेकी थिइन् ।

शनिबार उनले झापाको बिर्तामोडस्थित देवी माविमा एमाले विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको उद्घाटन गरेकी थिइन् । आइतबार नारी सञ्चार गृहद्वारा आयोजित कार्यक्रममासमेत उनी सहभागी भइन् ।

भण्डारी औपचारिक कार्यक्रम मात्र होइन, अनौपचारिक भेटघाट र स–साना भेला तथा छलफलमा पनि सक्रिय देखिएकी छन् । विशेषगरी झापाका एमाले नेता तथा कार्यकर्तासँग उनले आन्तरिक बैठकसमेत गरेकी छन् । ‘झापाका ओली निकट नेता–कार्यकर्ताहरूसँग पूर्वराष्ट्रपतिज्यूले विशेष रूपमा भेटघाट गर्नुभएको थियो,’ एक नेताले बताए ।

झापामा ओली निकट मानिने प्रदेश सांसद चिन्तन पाठक, पूर्व प्रदेश सांसद वसन्त बानियाँ, झापा एमालेका उपाध्यक्ष शिव ढुंगेलजस्ता नेताहरूसँग उनले भेटघाट गरेकी थिइन् । कोशीका पूर्व मुख्यमन्त्री शेरधन राई बिहीबारदेखि नै उनीसँगै छन् । विमानस्थलमा स्वागत गर्न देखि झापा–मोरङमा आयोजित विभिन्न सभा, सम्मेलन र छलफलमा राई सहभागी छन् ।

आइतबार विराटनगर फर्किने क्रममा भण्डारीले झापाको शिवगञ्जस्थित झापा इनर्जीको उत्पादन केन्द्र अवलोकन गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि विराटनगर फर्केर सोमबार मोरङको इटहरास्थित पुर्ख्यौली घर अवलोकन गर्ने र त्यसपछि काठमाडौं फर्किने तयारी रहेको एमाले मोरङका सचिव सोमराज थापाले जानकारी दिए ।

ओलीनिकट एमालेका एक नेताले भने, ‘पार्टीका सबै तहमा संगठन बलियो बनाउन अध्यक्ष ओली व्यापक दौडाहाको तयारीमा हुनुहुन्छ । पूर्व राष्ट्रपतिज्यूको सक्रियतालाई पनि हामीले सकारात्मक रूपमा लिएका छौँ ।’

एमालेभित्र केही नेताहरू भण्डारीलाई सम्भावित भावी अध्यक्षको रूपमा पनि हेरिरहेका छन् । उनको दौडाहाले राजनीतिमा पुनः सक्रिय बन्ने भण्डारीको मनसाय सतहमै देखिन थालेको छ ।

प्रकाशित : जेष्ठ २५, २०८२ १०:२१

Continue Reading

Banner

सरसफाई तथा स्वच्छ वातावरण “ गुणस्तरिय खानेपानीका लागि नै हाम्रो उम्मेरदारी, लोकतान्त्रिक समुह

Published

on

 

पारदर्शी तथा सबल नेतृत्व सहितको गुणस्तरिय खानेपानी, सरसफाई तथा स्वच्छ वातावरण सहितको हाम्रो जिन्दगानी “मुल नाराका साथ सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितीमा लोकतान्त्रीक पक्षवाट युवा श्यामप्रसादढकालले अध्यक्ष पदमा उम्मेरदारी दिनुभएको छ , कुशल नेतृत्वकर्ता ,आर्थीक रुपमा पारदर्शी,सदाचार र सालिन ढकालको समुहलाइ मतदान गर्दै अत्याधिक बहुमतका साथ बिजयी गराइदिनुहुन सम्पुर्ण खानेपानीका उपभोक्ताहरुमा उहाले अनुरोध गर्नुभएको छ ।

ढकालले लामो समयदेखी सामाजीक मुल्य र मान्यताहरुलाई आत्मसाथ गर्दै यस सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितीमा सचिवका रुपमा काम गर्दै आफ्नो २ कार्यकाल सम्पन्न गरीसक्नुभएको छ। आफ्नो २ बर्षे कार्यकालमा एउटै वडामा २ वटा खानेपानीका टयांकी मार्फत आम सर्वसाधारणलाई खानेपानी खुवाउन सफल ढकाल अध्यक्ष पदका सबैभन्दा अब्बल र बलिया उम्मेद्वार समेत हुन।

सस्थांलाइ आर्थीक रुपमा सवल बनाउन र यसलाई दिगो रुपमा संस्थागत गर्न ढकालले सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितीमा लोकतान्त्रीक समुहको तर्फबाट अध्यक्षको पदमा उम्मेदवारी दिएको बताउनु भयो । अनुभव, समर्पण र समाजसेवामा गरेको निरन्तर योगदानको मूल्यांकन गर्दै मत प्रदान गरी विजयी गराउनु हुन उहाले सम्पूर्ण आम उपभोक्ता समक्ष आग्रह गर्नुभएको छ।

 

उहाले आफ्ना कार्ययोजनाहरुमा पुराना पाईपलाईनहरुलाइ प्रतिस्थापन गरि नया पाइप लाईनहरुलाइ विस्तार गर्ने र सो का लागि सहयोग र अनुदान ब्यबस्थापन गर्ने ,यस क्षेत्रमा बसोबास गर्ने सबैमा एक घर एक धारा अनिबार्य पुर्याउने ,कमजोर आर्थिक अवस्था भएका उपभोक्ताहरुलाई नगर र वार्डमा समन्वय गरि सुलभ र सहज ढंगले खानेपानीको व्यवस्था गर्ने ,पुरानो ट्यांकी मर्मत तथा रंगरोकन गर्ने ,कम्पाउण्ड वाल लगाउने ,प्रबिधिमैत्री सस्था बनाउने ,डिजिटल ,प्रविधिको प्रयोग गरि भुक्तानी र गुनासो सुनुवईलाई छिटो छरितो बनाउने ,वास चेम्बर र फायर पोइन्ट राखी वास आउट को व्यवस्था गर्ने ,प्रत्येक आ व को पौष मसान्त सम्ममा साधारण सभा गर्ने ,कर्मचारी नीतिलाई समय सापेक्ष परिमार्जन गर्दै कार्यक्षमता बढाउदै जिम्मेवार बनाउने पानीको सुद्दता लाइ बिशेस ध्यान दिदै नियमित निरीक्षण गर्ने ,सफ्टवेयर को बिकास गरि सहज बिल भुक्तानीका लागि इ-सेवा मोबाइल बैंकिंग खल्ती बाट भुक्तानी को व्यवस्था गर्ने ,अनबिकरनिय पानीको श्रोतलाई जगेर्ना गर्न पर्यवरणीय असर र नया पानीका श्रोतहरुको खोजि गर्न विज्ञ समुहबाट परामर्श लिने लाग्य रहेका छन् , ढकालको समुहबाट उपाध्यक्षमा दिपक गुरुङ ,सचिवमा उद्दब प्रसाद अधिकारी ,कोषाध्यक्ष मा सावित्र पोख्रेल ,सहसचिवमा दिनानाथ अधिकारी ,सदस्यहरुमा बबिता कार्की अधिकारी ,लक्ष्मी भण्डारी, मकबुल मिया ,राजु बरुवाल,ज्ञान बहादुर खड्का, सिलस उराउ, त्यस्तै लेखा समिति संयोजक सरोज भट्टराई , सदस्यहरुमा कपिल पोख्रेल ,मन्दिरा थापा रहनु भएको छ ।

Continue Reading

Banner

अनुशिल ट्रेड कन्सन दमकमा टिभिएसको एक्स्चेन्ज मेला हेर्नुहाेस अफर

Published

on

विराटचाेक दमकमा रहेकाे अनुशिल ट्रेड कन्सनमा टिभिएस बाइकको एक्स्चेन्ज मेला सञ्चालन भइरहेकाे छ । दमककालागि आधिकारिक बिक्रेता झापाकाे दमक ५ सगरमाथा पम्प छेउमा रहेकाे अनुशिल ट्रेड कन्सनले असोज ९ बाटै सुरु गरेकाे एक्स्चेन्ज मेला १३ गतेसम्म सञ्चालन हुने विक्रेता कम्पनीले जनाएकाे छ ।

एक्स्चेन्ज मेलामा विभिन्न अफरहरु सार्वजनिक गरिएको छ । जस अन्तर्गत नकिन्दै एक लाख रुपैयाँसम्म जित्ने मौका , किन्दा ५ लाख रुपैयाँँसम्म जित्ने मौका हरेक महिना १०० प्रतिशत क्यास ब्याक , बम्पर उपहारमा १० लाख रुपैयाँसम्म जित्ने अवसर कम्पनीले सार्वजनिक गरेको छ ।

एक्स्चेन्ज मेलामा १० हजार रुपैयाँसम्म को भ्यालु एडिसनको सुविधा रहेको अनुशिल ट्रेड कन्सनले जनाएकाे छ । २५ प्रतिशत डाउन पेमेन्ट तथा शून्य प्रतिशत ब्याजदरमा सहज फाइनान्सको सुविधासहित कम्पनीबाट टिभिएस बाइक चडेर जान सकिने ,लाइफ टाइम वारेन्टीको सुबिधाका साथै हेलमेट तथा ब्याग र बाइक कभर समेत निशुल्क उपलब्ध गराइने कम्पनीले जनाएकाे छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक