Connect with us
Advertisement

विराटचोकमा माघ १० गतेदेखि खाद्य मेला लाग्ने

Published

on

विराटचोकः कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आयोजनामा मोरङको सुन्दरहरैंचामा माघ १० गतेदेखि १२ गतेसम्म खाद्य मेला लाग्ने भएको छ ।

मानिसको खानपान शैलीमा परिवर्तन गर्न र खाद्य सुरक्षासम्बन्धी जानकारी दिन मेला आयोजना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख राजकुमार रिजालले जानकारी दिए । मेलाको बारेमा जानकारी दिन विराटचोकमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले पोषण, स्वास्थ्य, खाद्य सुरक्षालगायतका विभिन्न विषयमा पारमर्श लिन अवलोकनकर्तालाई सहज होस् भनेर विराटचोकमा मेला आयोजना गरिएको उल्लेख गरे ।

‘आम मानिसमा के खाने, कति खाने, कसरी खाने, कहिले खाने भन्ने बारेमा जानकारी नै छैन,’ पत्रकार सम्मेलनमा उनले भने, ‘मेलामा त्यससम्बन्धी जानकारी दिनुका साथै खाद्य विषय पढाइ हुने कलेजमार्फत् अन्य जानकारी पनि लिन सकिन्छ ।’

उनका अनुसार मेलामा जातीय खानाका स्टल पनि रहनेछन् । विशेष गरी प्रदेश नम्बर १ भित्रका स्टललाई प्राथमिकता दिइने भए पनि अन्य प्रदेशबाट पनि मेलामा सहभागी हुने उनले बताए । खाद्य मेलामा निकासीयोग्य वस्तु मह, चिया, मकै, कोदो, गहुँसँग सम्बन्धित खाद्य परिकारका स्टल रहनेछन् । तुलसी पराजुली, रामा मण्डल, सुनिता कटुवाल, नितिन गजुरेललगायतका कलाकारको सांस्कृतिक प्रस्तुति पनि मेलामा रहने आयोजकले जनाएको छ ।

लगभग १० लाख खर्च हुने अनुमान गरिएको मेलामा २० हजारभन्दा बढी अवलोकनकर्ताले अवलोकन गर्ने अनुमान गरिएको आयोजकले जनाएको छ । अवलोकनस्थलमा निःशुल्क प्रवेशको व्यवस्था मिलाएको आयोजकले मेलाको लागि स्टल पनि निःशुल्क उपलब्ध गराउने भएको छ । मेलामा ६० ओटा स्टल रहने मेला संयोजक सञ्जय भण्डारीले जानकारी दिए ।

मेलाको सह आयोजकमा सुन्दरहरैंचा नगरपालिका, कोशीहरैंचा उद्योग वाणिज्य सङ्घ, इन्द्रपुर जेसीज र कालीखोला बहुउद्देश्यीय सामुदायिक सेवा समिति रहेका छन् ।

मेलाले खाद्य सुरक्षामा चासो बढाउन सहयोग गर्ने सुन्दरहरैंचा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले बताए । मेलाको लागि व्यवस्थापकीय सहयोग गर्न नगरपालिका तयार रहेको उनको भनाइ थियो । मेला अवधिभर पौष्टिक आहारविहारसम्बन्धी डिस्प्ले राख्न सके अवलोकनकर्तालाई त्यसले थप जानकारी दिने उनले बताए ।

कोशीहरैँचा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवराज चापागाईँले महङ्गो र स्वास्थ्य बिगार्ने खाना खाइरहेका मानिसलाई यो मेलाले बानी सुधार्न सहयोग गर्ने बताए ।

कालीखोला बहुउद्देश्यीय सामुदायिक सेवा समितिका अध्यक्ष शिव दाहालले सुन्दरहरैंचामा प्रदेशस्तरीय मेला लाग्नु सुखद पक्ष भएकाले यसमा सबैले सहयोग गर्नुपर्ने बताए ।

Continue Reading

Facebook Comment

18 Comments

You must be logged in to post a comment Login

Leave a Reply

अर्थ

स्थानीयले पेट काटेर जम्मा गरेको पूँजी मासेर ऋण माफी दिन सकिँदैन : अर्थमन्त्री

Published

on

अर्थमन्त्री डा. प्रकाशशरण महतले स्थानीयको पेट काटेर जम्मा गरेको पूँजी मासेर ऋण माफी गर्न नसकिने बताएका छन् ।

सहकारी र लघुवित्त पीडितलाई उपयोग गरेर केही मानिसले राजनीतिको रोटी सेकाउन थालेको भन्दै अर्थमन्त्रीले भने, ‘ऋण तिर्नुपर्दैन भन्ने समूहमा कोही लाग्नु हुँदैन ।’

Continue Reading

Banner

नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

Published

on

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५३ पैसा र बिक्री दर १३३ रुपैयाँ १३ पैसा कायम भएको छ ।

यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ७७ पैसा र बिक्री दर १४३ रुपैयाँ ४२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ८९ पैसा र बिक्री दर १६७ रुपैयाँ ६४ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Continue Reading

Banner

यी हुन् सिटिजन लाइफ इन्स्योरेन्सका ठूला शेयरधनी, कान्तिपुर पब्लिकेसनको हिस्सा ७.४३ प्रतिशत

Published

on

सिटिजन्स लाईफ ईन्स्योरेन्समा १ प्रतिशत बढी स्वामित्व भएका लगानीकर्ताहरुको संख्या २२ जना रहेको छ । यो व्यक्तिगत र संस्थागत लगानीकर्तासहितको विवरण हो ।

कम्पनीमा कान्तिपुर पब्लिकेसन र सुमित कुमार अग्रावलको समान ७.४३ प्रतिशत शेयर स्वामित्व रहेको छ । दुबैको शेयर संख्या समान १९ लाख ५० हजार रहेको छ । त्यसैगरी प्रदिपजंग पाण्डेको ५.२४ प्रतिशत रहेको छ । उनको १३ लाख ७५ हजार कित्ता शेयर रहेको छ ।

यस्तै, विक्रम जेबि राणा, सुष्मा राणा र यति वल्ड ईन्भेष्टमेन्टको समान ५.१४ प्रतिशत हिस्सा छ । कम्पनीमा एयर डाईनाष्टी हेली सर्भिसको ३.०६ प्रतिशत शेयर रहेको छ भने ज्योति प्रकाश पाण्डे, ललिता अग्रवाल र उर्मिला पाण्डेको समान २.२९ प्रतिशत  शेयर रहेको छ । यसैगरी, राजेन्द्र प्रसाद श्रेष्ठको २ प्रतिशत , राम अग्रवालको १.८९ प्रतिशत, तथा गुडविल फाईनान्स र प्रिमियर वायर्सको समान १.७१ प्रतिशत स्वमित्व  रहेको छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक