स्थानीय तह
सुन्दरहरैंचा १२ मा ड्राइभिङ तालीम सम्पन्न
विराटचाेक सुन्दरहरैंचा वडा नम्बर १२ मा ड्राइभिङ तालीम सम्पन्न भएको छ । एक महिना सम्म सञ्चाालित तालीम मंगलबार सम्पन्न भएको हो । सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १२ को आयोजनामा भएको तालीममा ८ जना युवाको सहभागिता रहेको थियो । उक्त तालीमको सहयोगी संस्था इष्ट नेपाल टेक्निकल कलेज सुन्दरहरैंचा ७ रहेको थियो । सो तालीममा सहभागी मध्ये निसान भुजेल र अजितकुमार चाैधरीले सवारीचालक अनुमतिपत्रको परीक्षा उत्तीर्ण गरेका छन् ।

समापन कार्यक्रममा बोल्दै वडाअध्यक्ष रोशनप्रसाद ढकालले सरकारले लगानी गरेको तालीम बाट युवाहरुलाई आयआर्जनमा टेवा पुग्ने बताएका छन्् । यो भन्दा अगाडि धेरै तालीममा ठुलो धनराशी समेत खर्च भएको अवस्थामा ड्राइभिङ तालीमबाट २ जनाले सफलता पाएकोमा शुभकामना समेत व्यक्त गरेका छन् । तालीममा सहभागीता जनाउने मात्र नभइ प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै आगामी दिनमा आउने तालीममा सबै क्षेत्रलाई समेट्ने बताएका छन् ।

यस्तै वडा सचिब अनिल पोख्रेलले तालीममा सहभागी युवालाई स्वरोजगार बनाउने उद्देश्यले स्थानीय सरकारले कार्यक्रम ल्याएको बताउँदै रोजगारीका अवसर खोज्दै अघि बढ्न सबै सहभागीलाई अनुरोध गरे ।

समापन कार्यक्रममा वडा सदस्य, विभिन्न टोल विकास संस्थाका अध्यक्ष, राजनीतिक दलका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन इष्ट नेपाल टेक्निकल कलेजका सञ्चालक शम्भु धमलाले गरेका थिए ।
Facebook Comment
Banner
बढ्यो ग्यासको मूल्य
सडक अवरुद्ध भएपछि ढुवानीमा समस्या भएको भन्दै खाना पकाउने ग्यासको मूल्य बढाइएको छ। धादिङको कृष्णभिरमा गएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक ढुवानी महँगो परेको भन्दै नेपाल आयल निगमको सहमतिमा उद्योगीले खाना पकाउने एलपी ग्यासको मूल्य बढाएका हुन् ।
निगमले एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ तोकेकोमा ढुवानी भाडा भन्दै उद्योगीले १ सय ५ रुपैयाँ ३८ पैसा बढाएका हुन् ।
१८ भदौमा बसेको वार्षिक साधारणसभाको निर्णय बमोजिम काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य बढाएको संघले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
उद्योग संघले गरेको निर्णय अनुसार अब काठमाडौं उपत्यकामा ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार १ सय ६५ रुपैयाँ ३८ पैसा पर्ने छ ।
Banner
बाढीपीडितका लागि आईएमई ग्रुपको १० करोड सहयोग
आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ बरावरको सहयोग प्रदान गरेको छ ।
सोमबार सिंहदरबारमा ग्रुपले प्रवर्द्धन गरेका कम्पनीका प्रतिनिधिहरूसहित आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई १० करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण उत्पन्न विषम परिस्थितिमा मानवीय सहयोग तथा सहकार्य मार्फत प्रभावित समुदायलाई हर सम्भव सहयोग जुटाउन आइएमई ग्रुप प्रतिबद्ध रहेको अध्यक्ष ढकालले बताए ।
विदेशमा रहेका नेपाली नागरिकहरूले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रकम पठाउँदा लाग्ने रेमिट्यान्स शुल्क सेप्टेम्बर १० सम्म पूर्ण रूपमा निःशुल्क गरिएको उनले जानकारी दिए ।
साथै, ग्रुपले आइएमई फाउण्डेशनको समन्वयमा थप राहत तथा जिन्सी सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत गरेको छ ।
यसअघि पनि देशका विभिन्न भूभागमा आएका भीषण बाढी, पहिरो, डुबान, भूकम्प तथा महामारीजस्ता विपद्का समयमा आर्थिक, भौतिक तथा मानवीय सहायता निरन्तर उपलब्ध गराउँदै आएको आइएमई ग्रुपले जनाएको छ ।
Banner
नेपालले जित्यो टस, बहराइनलाई ब्याटिङको निम्तो
एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणमा नेपालले पहिलो खेलमा बहराइनविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।
मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम क्रिकेट ओभलमा भर्खरै सम्पन्न टसमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले टस जितेर फिल्डिङ रोजेसँगै बहराइनले पहिले ब्याटिङको निम्तो पाएको हो।
सन् २०२७ को एसिया कपमा स्थान बनाउने मुख्य लक्ष्यका साथ मलेसिया पुगेको नेपाल जितसहित प्रतियोगिताको सुखद् सुरुआत गर्ने रणनीतिमा छ। ५० ओभरको यो प्रतियोगितामा नेपाल र बहराइन पहिलोपटक आमनेसामने हुन लागेका हुन्।
नेपाल रहेको समूह ‘ए’ मा बहराइनसँगै आयोजक मलेसिया, हङकङ र साउदी अरेबिया रहेका छन्। नेपालले दोस्रो खेल भदौ १८ गते मलेसियासँग खेल्नेछ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login