Banner
कांग्रेसले ल्यायो १० ‘भिजन’सहित प्रतिज्ञापत्र
नेपाली कांग्रेसले आउँदो चुनावका लागि प्रतिज्ञापत्र सार्वजनिक गरेको छ । आज जनकपुरमा आयोजित प्रतिज्ञासभामा सभापति गगनकुमार थापाले पार्टीको घोषणापत्रका रूपमा रहेको प्रतिज्ञापत्रको संक्षिप्त अंश सार्वजनिक गर्नुभएको हो ।
कांग्रेसले चुनावको घोषणापत्रलाई प्रतिज्ञापत्र नाम दिएको हो । प्रतिज्ञापत्रको विस्तृत अंश भने भोलि राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा सार्वजनिक गर्ने नेपाली कांग्रेसले जनाएको छ । भोलि हुने कार्यक्रममा सभापति थापाले घोषणापत्रमाथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम पनि रहेको छ ।
प्रतिज्ञापत्रमा कांग्रेसले युवाहरूका लागि स्वदेशमै मर्यादित र आकर्षक अवसर सिर्जना गर्ने, विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप र पूँजीलाई मातृभूमिको पुनर्जागरणमा जोड्ने तथा लगानी र रोजगारी सिर्जनामा राज्यले साथ दिने वाचा गरेको छ ।
यस्तै किसान र कृषि क्षेत्रमा सिँचाइ र मलको अभाव अन्त्य गर्ने, बीमा र भन्सार नीतिमा सुधार गर्ने तथा नेपाली कृषि उत्पादनलाई विश्व बजारमा ब्रान्ड बनाउने प्रतिबद्धता व्यक्त गरेकोे छ ।
स्वास्थ्य क्षेत्रमा उपचारलाई नागरिकको मौलिक अधिकारका रूपमा मान्यता दिँदै विकसित देशको स्तरको स्वास्थ्य बीमा प्रणाली लागू गर्ने कांग्रेसको प्रतिज्ञापत्रमा उल्लेख छ ।
यस्तै प्राथमिकदेखि विश्वविद्यालयसम्मको शिक्षालाई प्रविधिसँग जोड्ने वाचा पनि कांग्रेसको छ । सुशासनका सन्दर्भमा दलीयकरणको अन्त्य गर्ने, ’डिजिटल नेपाल’ को अवधारणा साकार पार्दै भ्रष्टाचार र ढिलासुस्तीको जरैबाट अन्त्य गर्ने र नागरिकले घरमै बसेर सरकारी सेवा पाउने वातावरण बनाउने कांग्रेसको प्रतिबद्धता छ ।
परराष्ट्र नीतिका सम्बन्धमा नेपाललाई विश्व समुदायमा एक सार्वभौम, शान्त र स्वाभिमानी राष्ट्रका रूपमा स्थापित गर्ने तथा छिमेकी र मित्रराष्ट्रहरूसँगको सम्बन्ध समानता र आपसी सम्मानमा आधारित राख्ने प्रतिज्ञा गरिएको छ ।
Facebook Comment
Banner
आज २०८३ साल असार ३० गतेको राशिफल
२०८३ साल असार ३० गते मंगलबार सन् २०२६ जुलाई १४ तारिख। असार कृष्ण पक्षको औंसी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : दिन सामान्य छ । बोल्दा ख्याल गर्नुपर्ने दिन छ । व्यापार व्यवसायमा गरेको तपाईंको लगानीको फल अरुले लिनसक्ने भएकाले ख्याल गर्नुपर्नेछ । धार्मिक क्षेत्रमा मन जानेछ । राज्यको तर्फबाट तपाईंलाई सेवाका अवसर मिल्ने योग छ ।
वृष : आज तपाईंले शिक्षामा गरेको लगानीबाट फाइदा हुने दिन छ । व्यापार व्यवसायमा सहकार्य गरेर अघि बढे लाभ मिल्नेछ । शत्रुबाट पनि प्रसंसा हुने दिन छ । धार्मिक कार्यमा सहभागी हुने मौका मिल्नेछ ।
मिथुन : दिन राम्रो रहेको छ । आज मानसम्मान प्राप्त हुनेछ । परिवारभित्रबाट विरोधको आवाज उठ्नेछ । सम्पत्तिको पछि लागेर स्वास्थ्यको ख्याल नगर्दा समस्या आउनसक्छ । धार्मिक क्षेत्रमा मन जानेछ । धार्मिक कार्यमा सहभागी भएर दिनकाे सुरुवात गर्नु उचित हुन्छ ।
कर्कट : दिन धेरै राम्रो रहेको छ । शिक्षामा सुधार हुनेछ । आम्दानीका स्रोत बढ्नेछन् । गोपनीयता कायम गर्नुपर्ने देखिन्छ । व्यापारमा थोरै लगानीबाट फाइदा हुनेछ । अनुत्पादन क्षेत्रमा गरेको लगानी कटौती गर्नु राम्रो हुनेछ ।
सिंह : दिन राम्रो रहेको छ । गरेको कामबाट नाफा हुनेछ । बोलीको प्रभाव राम्रो हुनेछ । परोपकारका भाव मनमा आउनेछ । हरेक क्षेत्रमा स्वास्थ्यले साथ दिँदा मनमा खुसी मिल्नेछ । पारिवारिक प्रेममा भने कर्तव्य पूरा गर्नुपर्ने दिन छ ।
कन्या : सहकार्य गरेर अगाडि बढ्नु उचित हुन्छ । सम्पत्तिको जोहो गर्नुहोला । पारिवारिक भेटघाट हुनेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । स्वास्थ्यले साथ दिँदा मन प्रफुल्ल हुनेछ । सामाजिक काममा आज मानसम्मान प्राप्त हुनेछ ।
तुला : आज तपाईंको दिन राम्रो छ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । समाजमा मानसम्मान बढ्ने दिन छ । मित्र बढ्नेछन् । शत्रुको पनि सहयोग मिल्नेछ । परिवारमा भने खटपटी बढ्ने जोखिम छ ।
वृश्चिक : दिन सामान्य छ । थोरै बोल्न सके आयआर्जन बढ्नेछ । आफन्तबाट धोका मिल्नेछ । प्राविधिक शिक्षामा गरेको प्रयास सफल हुनेछ । स्वास्थ्यमा समस्या आउने भएकाले सावधानी अपनाउनुपर्नेछ ।
धनु : आज आम्दानी बढ्नेछ । स्वास्थ्यमा समस्यामा सुधार हुने देखिन्छ । काममा सफलता मिल्नेछ । शत्रु बढ्ने भएकाले सचेत भएर अघि बढ्नुपर्ने देखिन्छ । काममा भने मिहिनेतको खाँचो देखिन्छ ।
मकर : दिन राम्रो रहेको छ । शिक्षामा गरेको लगानीबाट उत्साह मिल्नेछ । श्रमको फल प्राप्त हुनेछ । दाजुभाइसँग सहकार्य गरेर गरेको कामबाट फाइदा मिल्नेछ । प्रियजनसँगको भेटले मनमा खुसी मिल्नेछ । यात्रा गर्दा भने सचेत हुनुपर्ने छ ।
कुम्भ : दिन राम्रो छ । धार्मिक कार्यमा सहभागी हुनु उचित हुन्छ । बिहान उठेर शिवभजन सुन्नुहोला। व्यापार व्यवसायमा आशिक फाइदा हुनेछ । साना कुरामा पनि रिस उठ्ने भएकाले संयमित भएर अघि बढ्नसपर्नेछ । परिवारको साथ भने मिल्नेछ ।
मीन : आजको दिन राम्रो छ । काम गर्दा जोगिन सकेन हरेक क्षेत्रमा आम्दानी बढ्ने छ । मनमा भएका कुरा अरुसँग साट्नु उचित हुनेछ । पारिवारिक सहयोग प्राप्त हुनेछ । स्वास्थ्यको ख्याल गर्नुपर्ने दिन छ । अध्ययनमा रुची बढ्नेछ ।
Banner
आज आदिकवि भानुभक्तको २१३औँ जन्म जयन्ती मनाइँदै
आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्म जयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।
संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपालीलाई ठूलो गुन लगाएका छन् । उनले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ ।
पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेको बताइन्छ ।
विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती दिएकाले रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएको थियो ।
त्यसैगरी, ‘वधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो । ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत उनका कृति छन् । नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ ।
आदिकविको स्मरण गर्दै आज उनको प्रतिमामा माल्यार्पण र प्रभातफेरी गर्ने कार्यक्रम रहेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा रहेको आदिकवि भानुभक्तको प्रतिमामा पनि माल्यार्पणसहित विशेष कार्यक्रमको आयोजना गरिएको छ ।
घरघरमा उनले नेपाली भाषामा भावानुवाद गरेको रामायण पाठ गरी भानु जयन्ती मनाउँछन् । यस अवसरमा भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने संस्थाले आज विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउँदै छन् । भानु प्रतिष्ठान र नेपाली शिक्षा परिषद्लगायत सङ्घसंस्थाले पनि विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।
भानुभक्तको जन्म जयन्ती भारतको दार्जिलिङ, सिक्किम, भुटान, बर्मालगायत नेपाली भाषाभाषी धेरै रहेका देश एवं स्थानमा पनि मनाउने गरिएको छ ।
Banner
अमेरिकाले फेरि गर्याे इरानमाथि हवाई हमला
अमेरिकाले इरानमाथि फेरि एक चरणको हवाई आक्रमण गरेको जनाएको छ । यो आक्रमण तेहरानले स्ट्रेट अफ होर्मुज हुँदै गुज्रिरहेको एक जहाजमाथि आक्रमण गरेपछि गरिएको अमेरिकी दाबी छ ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले राज्य सञ्चारमाध्यममार्फत होर्मुज अर्को सूचना नआएसम्मका लागि बन्द गरिएको जनाएको छ । साथै, उक्त जहाजले आफ्नो ट्र्याकिङ प्रणाली बन्द गरी स्वीकृत मार्गबाट विचलित भएपछि त्यसलाई उल्लंघनकारी ठहर गर्दै आक्रमण गरिएको दाबी गरिएको छ ।
अमेरिकी सेन्ट्रल कमान्डले भने आईआरजीसीले साइप्रसको झण्डा बोकेको एक व्यापारिक जहाजमाथि स्पष्ट रूपमा आक्रमण गरेपछि यस साताभित्र तेस्रो चरणको हवाई आक्रमण गरिएको जनाएको छ ।
यसअघि पनि यही साता तीन वटा व्यावसायिक तेल ट्यांकरमाथि आक्रमण भएको थियो, जसपछि अमेरिका र इरानबीच सैन्य कारबाही र प्रतिकारको शृंखला सुरु भएको थियाे ।
सेन्ट्रल कमान्डका अनुसार आक्रमणका कारण जहाजको इन्जिन कक्षमा गम्भीर क्षति पुगेको छ, जसका कारण जहाजले आफ्नो यात्रा जारी राख्न सकेन । साथै, जहाजमा रहेका एक चालकदल सदस्य बेपत्ता रहेको पनि बीबीसीले उल्लेख गरेकाे छ ।
‘व्यावसायिक जहाजहरूमाथि यसअघि भएका आक्रमणका लागि जवाफदेही बनाइएपछि इरानलाई समझदारीपत्रको पालना गर्ने अर्को अवसर प्रदान गरिएको थियो । तर, उसले फेरि पनि त्यसको पालना गर्न सकेन,’ सेन्ट्रल कमान्डले सामाजिक सञ्जाल एक्समा जारी गरेको विज्ञप्तिमा भनिएकाे छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login