Banner
इरानको विद्यालयमा इजरायली आक्रमण, मारिनेकाे संख्या ५७ पुग्याे
इरानको होर्मोजगान प्रान्तको विद्यालयमाथि गरिएको इजरायली आक्रमणमा परी मारिने विद्यार्थीको संख्या ५७ पुगेको छ । ६० जना घाइते भएका छ्न् ।
मिनाबका प्रान्तीय गभर्नर मोहम्मद रादमेहरले शनिबार स्कुलमा आक्रमण भएको र धेरै विद्यार्थीहरू शहीद भएको बताए ।
इरानको सरकारी समाचार संस्था आईआरएनएले इजरायली आक्रमणमा परी मारिने विद्यार्थीहरूको संख्या ५७ पुगेको पुष्टि गरेको छ । रादमेहरले ५३ जना विद्यार्थी अझै पनि भग्नावशेषमुनि रहेको बताए ।
उनले विद्यालयमा उद्धार र सहायता कार्य जारी रहेको तथा शहरको सुरक्षा अवस्था नियन्त्रणमा रहेको बताएकाे समाचारमा उल्लेख गरेकाे छ । अमेरिका र इजरायलले शनिबार बिहानै इरानविरुद्ध संयुक्त आक्रमण सुरु गरेकाे थियाे ।
इरानी सशस्त्र बलले पनि ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोनहरू प्रयोग गरेर इजरायली-कब्जामा रहेका क्षेत्र र अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै ठूलो प्रतिशोधात्मक हमला सुरु गरेकाे छ ।
Facebook Comment
Banner
इजरायलको हमला, इरानभर आपतकाल घोषणा
इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेको जनाएको छ । इजरायलका रक्षामन्त्री इजरेल क्याट्जले आक्रमणको पुष्टि गर्दै देशभर आपतकालीन अवस्था घोषणा गरिएको बताएका छन् । उनका अनुसार इरानबाट ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्रमार्फत प्रतिकारात्मक आक्रमण हुन सक्ने त्रासका कारण देशभर आपतकाल लागू गरिएको हो ।
इरानले इजरायलमाथि हमला गर्ने सूचना पाएपछि त्यसअगावै आफूहरूले हमला गरेको इजरायली अधिकारीहरूले बताएका छन् । आक्रमणपछि इरानको राजधानी तेहरानका विभिन्न भागमा विस्फोट भएको खबर आएको छ । अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार तेहरानको जम्म्हूरी क्षेत्र र युनिभर्सिटी स्ट्रिट आसपास कैयौँ क्षेप्यास्त्र प्रहार भएका छन् ।
स्थानीय स्रोतहरूले जम्म्हूरी स्क्वायर र हसन आबाद स्क्वायर क्षेत्रमा धुवाँ उडेको बताएका छन् भने पश्चिमी तेहरानमा रहेका एक संवाददाताले कम्तीमा दुईवटा ठूलो विस्फोटको आवाज सुनेको जनाएका बीबीसीले उल्लेख गरेको छ ।
इजरायली सेनाले देशभर साइरन बजाइएको र सर्वसाधारणलाई सुरक्षित स्थाननजिकै बस्न निर्देशन दिइएको जनाएको छ ।
इजरायलका विद्यालयहरू बन्द गरिएका छन् । सार्वजनिक जमघटमा प्रतिबन्ध लगाइएको छ र अत्यावश्यक सेवाबाहेकका कार्यस्थलहरू बन्द गरिएका छन् । थप विवरण आउन बाँकी छ ।
Banner
जनकपुर–जयनगर रेल सेवा तीन दिन बन्द हुने
नेपाल रेल्वे कम्पनी लिमिटेडले प्रतिनिधिसभा सदस्य चुनावलाई लक्षित गर्दै जनकपुर–जयनगर खण्डमा सञ्चालन हुँदै आएको रेल सेवा तीन दिन पूर्ण रूपमा बन्द रहने जनाएको छ । कम्पनीको केन्द्रीय कार्यालयले निकालेको सूचनाअनुसार यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावमा शान्तिसुरक्षा प्रत्याभूति गराउने उद्देश्यले १९ गते मङ्गलबारदेखि २१ गते बिहीबारसम्म तीन दिन भङ्गाहा–जनकपुर–जयनगर खण्डमा सञ्चालित रेल सेवा बन्द रहनेछ । फागुन २२ गते शुक्रबारदेखि साविक बमोजिम नियमित रेल सेवा सञ्चालनमा आउने सूचनामा उल्लेख छ । रेल सेवा बन्द रहने अवधिमा यात्रुलाई वैकल्पिक यातायातको व्यवस्था गर्न कम्पनीले अनुरोध गरेको छ ।
Banner
चुनाव शान्तिपूर्ण बनाउन सरकार प्रतिबद्ध : गृहमन्त्री
गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीवार हुने प्रतिनिधिसभा सदस्य चुनाव स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभएको छ ।
दोलखाको बैतेश्वर गाउँपालिका–२ मा मतदान केन्द्रको आज स्थलगत निरीक्षण तथा अनुगमन गर्दै गृहमन्त्री अर्यालले विगतमा भएका कमी कमजोरीलाई सच्याइ यसपटकको चुनाव निष्पक्ष र धाँधलीरहित सम्पन्न गर्ने गरी वातावरण बनाउनसमेत निर्देशन दिनुभयो ।
संवेदनशील मानिएको मतदानस्थलको निरीक्षण गर्न गृहमन्त्री ओमप्रकाश अर्यालसहित कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी दोलखा पुग्नुभएको हो ।
गृहमन्त्री अर्यालले सामाजिक सञ्जालमा चलाइने गलत, मिथ्या र दुष्प्रचारका सूचना तथा खबरबाट सचेत भएर आ–आफ्नो निर्वाचन क्षेत्रको तयारीमा जुट्न सम्बन्धित सबै पक्षसँग अनुरोध गर्नुभयो ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले चुनावलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै सरोकारवालाको भूमिका र सक्रियता महत्त्वपूर्ण रहेकोमा जोड दिनुभयो ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login