Banner
आईपीएलको फाइनल आज बेंगलुरु र गुजरात भिड्दै, दोस्रो उपाधि जित्ने दाउमा दुवै टोली
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को फाइनल खेल आज साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु र गुजरात टाइटन्सबीच अहमदाबादमा हुँदैछ।


नरेन्द्र मोदी स्टेडियममा हुने भिडन्त नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ। दुवै टोलीका लागि आजको खेल इतिहास रच्ने अवसर हो, किनकि दुवैले दोस्रो पटक उपाधि जित्ने लक्ष्य राखेका छन्।
बेंगलुरुले गत वर्ष मात्र आफ्नो पहिलो उपाधि जितेको थियो भने गुजरातले सन् २०२२ को आफ्नो डेब्यू सिजनमै च्याम्पियन बनेर सनसनी मच्चाएको थियो।यस पटकको फाइनल तथ्याङ्कीय हिसाबले निकै रोचक देखिएको छ। विगतका ८ सिजनको इतिहास हेर्दा क्वालिफायर-१ जित्ने टोलीले नै फाइनलको ट्रफी उचालेका छन्, जसले क्वालिफायर-१ मा गुजरातलाई हराएको बेंगलुरुको पक्षमा मनोवैज्ञानिक बल थपेको छ।
अर्कोतर्फ, विगत १८ वर्षको रेकर्ड अनुसार फाइनलमा २०० भन्दा बढीको स्कोर पछ्याउन (चेज गर्न) कसैले सकेका छैनन्, जसका कारण टस जितेर ठूलो योगफल खडा गर्नु दुवै टोलीको प्राथमिकता हुनेछ।
यी दुई टोलीबीचको पछिल्लो भिडन्तलाई हेर्दा बेंगलुरुको पल्ला केही भारी देखिन्छ। गत २६ मेमा धर्मशालामा भएको क्वालिफायर-१ मा बेंगलुरुले गुजरातलाई ९२ रनको विशाल अन्तरले पराजित गरेको थियो। समग्र हेड-टु-हेड रेकर्डमा पनि ९ खेलमध्ये ५ मा जित निकाल्दै बेंगलुरु एक कदम अगाडि छ। यद्यपि, यसै सिजनको लिग चरणमा भने दुवै टोलीले एक-एक खेल जितेर बराबरीको टक्कर दिएका थिए।
खेलाडीहरूको प्रदर्शनमा यसपटक ठूलो भिडन्त हुने अपेक्षा गरिएको छ। गुजरातका कप्तान शुभमन गिलले १५ खेलमा ७२२ रन बनाउँदै उत्कृष्ट फर्म प्रदर्शन गरिरहेका छन् भने उनलाई ७१० रन बनाएका साई सुदर्शनले बलियो साथ दिइरहेका छन्।
यता बेंगलुरुका लागि विराट कोहलीले ६०० रन पूरा गरिसकेका छन् भने रजत पाटीदारले मध्यक्रममा आक्रामक ब्याटिङ गर्दै ४८६ रन जोडेका छन्। बलिङतर्फ गुजरातका कागिसो रबाडा २८ विकेटका साथ शीर्ष स्थानमा छन् भने बेंगलुरुका भुवनेश्वर कुमार २६ विकेट लिएर उनलाई टक्कर दिइरहेका छन्।
उसो त गुजरातका मुख्य बलर मोहम्मद सिराजको काँधमा चोटको समस्या देखिएको छ, जसले टोलीमा केही चिन्ता थपेको छ। अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा यस सिजन २०० भन्दा बढीको स्कोर बनाउन चुनौतीपूर्ण देखिएकाले आजको खेलमा बलर र ब्याटरबीच कडा प्रतिस्पर्धा हुने निश्चित छ।
आजको खेलका लागि दुवै टोलीले बलियो प्लेइङ-१२ तयार पारेका छन्। बेंगलुरुको टोलीमा कोहली, वेंकटेश अय्यर, रजत पाटीदार र भुवनेश्वर कुमार जस्ता अनुभवी खेलाडी छन् भने गुजरातको नेतृत्व शुभमन गिलले गर्नेछन्, जसमा जोस बटलर, राशिद खान र कागिसो रबाडा जस्ता विश्वस्तरीय खेलाडीहरू समावेश छन्।
Facebook Comment
Banner
बढ्यो ग्यासको मूल्य
सडक अवरुद्ध भएपछि ढुवानीमा समस्या भएको भन्दै खाना पकाउने ग्यासको मूल्य बढाइएको छ। धादिङको कृष्णभिरमा गएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक ढुवानी महँगो परेको भन्दै नेपाल आयल निगमको सहमतिमा उद्योगीले खाना पकाउने एलपी ग्यासको मूल्य बढाएका हुन् ।
निगमले एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ तोकेकोमा ढुवानी भाडा भन्दै उद्योगीले १ सय ५ रुपैयाँ ३८ पैसा बढाएका हुन् ।
१८ भदौमा बसेको वार्षिक साधारणसभाको निर्णय बमोजिम काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य बढाएको संघले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
उद्योग संघले गरेको निर्णय अनुसार अब काठमाडौं उपत्यकामा ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार १ सय ६५ रुपैयाँ ३८ पैसा पर्ने छ ।
Banner
बाढीपीडितका लागि आईएमई ग्रुपको १० करोड सहयोग
आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ बरावरको सहयोग प्रदान गरेको छ ।
सोमबार सिंहदरबारमा ग्रुपले प्रवर्द्धन गरेका कम्पनीका प्रतिनिधिहरूसहित आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई १० करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण उत्पन्न विषम परिस्थितिमा मानवीय सहयोग तथा सहकार्य मार्फत प्रभावित समुदायलाई हर सम्भव सहयोग जुटाउन आइएमई ग्रुप प्रतिबद्ध रहेको अध्यक्ष ढकालले बताए ।
विदेशमा रहेका नेपाली नागरिकहरूले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रकम पठाउँदा लाग्ने रेमिट्यान्स शुल्क सेप्टेम्बर १० सम्म पूर्ण रूपमा निःशुल्क गरिएको उनले जानकारी दिए ।
साथै, ग्रुपले आइएमई फाउण्डेशनको समन्वयमा थप राहत तथा जिन्सी सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत गरेको छ ।
यसअघि पनि देशका विभिन्न भूभागमा आएका भीषण बाढी, पहिरो, डुबान, भूकम्प तथा महामारीजस्ता विपद्का समयमा आर्थिक, भौतिक तथा मानवीय सहायता निरन्तर उपलब्ध गराउँदै आएको आइएमई ग्रुपले जनाएको छ ।
Banner
नेपालले जित्यो टस, बहराइनलाई ब्याटिङको निम्तो
एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणमा नेपालले पहिलो खेलमा बहराइनविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।
मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम क्रिकेट ओभलमा भर्खरै सम्पन्न टसमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले टस जितेर फिल्डिङ रोजेसँगै बहराइनले पहिले ब्याटिङको निम्तो पाएको हो।
सन् २०२७ को एसिया कपमा स्थान बनाउने मुख्य लक्ष्यका साथ मलेसिया पुगेको नेपाल जितसहित प्रतियोगिताको सुखद् सुरुआत गर्ने रणनीतिमा छ। ५० ओभरको यो प्रतियोगितामा नेपाल र बहराइन पहिलोपटक आमनेसामने हुन लागेका हुन्।
नेपाल रहेको समूह ‘ए’ मा बहराइनसँगै आयोजक मलेसिया, हङकङ र साउदी अरेबिया रहेका छन्। नेपालले दोस्रो खेल भदौ १८ गते मलेसियासँग खेल्नेछ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login