Banner
राशिफल विशेष: आज कुन राशिलाई लाभ र कसलाई सावधानी
२०८३ साल जेठ २४ गते आइतबार अधिक जेठ कृष्ण पक्षको सप्तमी तिथि। सन् २०२६ जुन ७ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : दिन राम्रो छ । स्वास्थ्यले साथ दिने दिन छ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । स्वदेशको भन्दा विदेशको रमझमले मन आकर्षित गर्नेछ । लगानी गरेको भए व्यापारमा फाइदा हुनेछ।
वृष : शुभ दिन छ । मन शान्त बन्नेछ । व्यवहार गर्दा भने सचेत बन्नु उचित हुन्छ । आफ्नै बोलीका कारण साथीहरु टाढा हुनसक्ने भएकाले कर्तव्यमा सचेत बन्नुपर्ने समय छ । आफन्त र परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।
मिथुन : दिन धेरै राम्रो छ । नियमित काम सहजै बन्नेछ । राज्यको तर्फबाट भने भय हुने दिन छ । थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ । परिवारको साथमा बसेर रमाइलो गर्ने अवसर प्राप्त हुनेछ । मन खुशी हुनेछ ।
कर्कट : दिन राम्रो छ । स्वास्थ्यमा सुधार हुनेछ । भूमि सम्बन्धी कारोबारमा घाटा हुनसक्छ । दाम्पत्य जीवन सुखमय बित्नेछ । धार्मिक क्षेत्रको लगाब बढ्नाले मनमा शान्ति मिल्नेछ । व्यापारमा थप मिहिनेत गर्नुपर्ने दिन छ ।
सिंह : दिन राम्रो छ । बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ । निजी क्षेत्रमा गरेको शिक्षाको लगानीबाट प्रतिफल प्राप्त हुनेछ । प्रतिस्पर्धी साथी शान्त भएकाले काम गर्ने मौका मिल्नेछ । श्रमको मूल्य मिल्नेछ ।
कन्या : दिन सामान्य राम्रो छ । आफ्ना दैनिकी भन्दा ठुलो काम नगर्नु राम्रो हुनेछ । स्वास्थ्यमा ख्याल नगर्दा समस्या हुनसक्ने जोखिम छ । राज्यका तर्फबाट सेवाको अवसर मिल्नेछ । परोपरकामा सहभागी भएमा मन खुशी हुनेछ ।
तुला : दिन राम्रो छ । तपाईंले गरेको प्रयास सफल हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ । आज बनेको योजना सफल बन्नेछ । विदेशको रमझमले मन आकर्षित हुनेछ । समय दिन नसक्दा परिवारमा भने खटपटी बढ्ने जोखिम छ।
वृश्चिक : दिन सामान्य सहज छ । साना कुराले मनमा खटपटी बढ्नेछ । सम्पत्ति बढे पनि इज्जतमा भने दाग लाग्नेछ । शिक्षाको क्षेत्रमा लगानी गरेको भए ढिला गरी प्रगति हुनेछ । शरीरमा अल्छीपना बढ्नेछ ।
धनु : दिन राम्रो छ । आफूभन्दा ठुलासँगको भेटले मन खुशी हुनेछ । प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । स्वदेशमा रोजगारीको अवसर देखेर मन खुशी हुनेछ । परिवारमा जिम्मेवारी मात्र पूरा गर्नु उचित हुनेछ ।
मकर : दैनिकी सहज बन्नेछ । दाजुभाइसँगको सहकार्यमा अगाडि बढेमा व्यापारमा लाभ हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीको प्रतिफल प्राप्त गर्न समय लाग्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।
कुम्भ : काममा उर्जा मिल्ने छ । धन लाभ हुने दिन छ । रोगले सताउने जोखिम छ । खानपानमा ख्याल गर्नु राम्रो हुनेछ । व्यवहार गर्दा सचेत बन्नुपर्ने समय छ । राज्यको तर्फबाट सुविधा बढ्नेछ ।
मीन : नयाँ काम थालनी गर्ने समय छ । हरेक काममा साथीको साथ मिल्नेछ। परिवारसँगको सम्बन्ध सकारात्मक ढंगले अगाडि बढ्ने योग छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । शिक्षामा गरेको मिहिनेतको फल मिल्नेछ ।
Facebook Comment
Banner
साउदीलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश
साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै नेपाल एसीसी प्रिमियर कप २०२६ को सेमिफाइनलमा पुगेको छ।
आइतबार मलेसियाको बायुमास ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबिया चार बल बाँकी छँदै अलआउट भएर १९० रनमा समेटिएको थियो। १९१ रनको लक्ष्य पछ्याएको नेपालले ४१ ओभरमा पाँच विकेट क्षतिमा १९३ रनसहित जित निकाल्न सफल भयो।
नेपालका लागि इशान पाण्डेले सर्वाधिक ४० रन जोडे। उनले ५९ बलमा दुई चौका हाने। देव खनालले ३९, कप्तान रोहितकुमार पौडेलले अविजित २४, आसिफ शेखले २० तथा अर्जुन कुमालले १५ रन बनाए।
यसअघि साउदी अरेबियाका लागि ओपनर अब्दुल वाहिदले सर्वाधिक ७७ रनको योगदान गरे। उनले ८९ बलमा १० चौका र दुई छक्का प्रहार गरे। मुहम्मद अतिफले ३० तथा मोहम्मद हिशाम शेखले २८ रन जोडे।
दोस्रो विकेटका लागि अतिफ र वाहिदले ९४ रनको साझेदारी गर्दै साउदीलाई बलियो स्कोरतिर बढाए। २.१ ओभरमा पहिलो विकेट गुमाएको साउदीका यी दुई ब्याटर २२.६ ओभरसम्म क्रिजमा रहँदै ९४ रनको साझेदारी गरे।
नेपालका लागि सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान तीन-तीन विकेट लिए। ललितराजवंशीले दुई तथा शेर मल्ल र गुल्शन झाले एक-एक विकेट लिए।
यो प्रतियोगितामा नेपालको लगातार तेस्रो जित हो । यसअघि नेपालले समूह चरणमा बहराइन र मलेसियालाई हराएको थियो। लगातार तीन जितपछि नेपाल समूह ‘ए’ को शीर्ष स्थानमा रहरे अन्तिम चार पुगेको हो । नेपालले समूह चरणको अन्तिम खेल हङकङसँग खेल्ने भएको छ।
१० टोली सहभागी प्रतियोगिताको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ। नेपाल सन् २०२३ पछि पुनः एसिया कप खेल्ने लक्ष्यसहित अघि बढेको छ।
Banner
बढ्यो ग्यासको मूल्य
सडक अवरुद्ध भएपछि ढुवानीमा समस्या भएको भन्दै खाना पकाउने ग्यासको मूल्य बढाइएको छ। धादिङको कृष्णभिरमा गएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक ढुवानी महँगो परेको भन्दै नेपाल आयल निगमको सहमतिमा उद्योगीले खाना पकाउने एलपी ग्यासको मूल्य बढाएका हुन् ।
निगमले एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ तोकेकोमा ढुवानी भाडा भन्दै उद्योगीले १ सय ५ रुपैयाँ ३८ पैसा बढाएका हुन् ।
१८ भदौमा बसेको वार्षिक साधारणसभाको निर्णय बमोजिम काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य बढाएको संघले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
उद्योग संघले गरेको निर्णय अनुसार अब काठमाडौं उपत्यकामा ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार १ सय ६५ रुपैयाँ ३८ पैसा पर्ने छ ।
Banner
बाढीपीडितका लागि आईएमई ग्रुपको १० करोड सहयोग
आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ बरावरको सहयोग प्रदान गरेको छ ।
सोमबार सिंहदरबारमा ग्रुपले प्रवर्द्धन गरेका कम्पनीका प्रतिनिधिहरूसहित आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई १० करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण उत्पन्न विषम परिस्थितिमा मानवीय सहयोग तथा सहकार्य मार्फत प्रभावित समुदायलाई हर सम्भव सहयोग जुटाउन आइएमई ग्रुप प्रतिबद्ध रहेको अध्यक्ष ढकालले बताए ।
विदेशमा रहेका नेपाली नागरिकहरूले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रकम पठाउँदा लाग्ने रेमिट्यान्स शुल्क सेप्टेम्बर १० सम्म पूर्ण रूपमा निःशुल्क गरिएको उनले जानकारी दिए ।
साथै, ग्रुपले आइएमई फाउण्डेशनको समन्वयमा थप राहत तथा जिन्सी सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत गरेको छ ।
यसअघि पनि देशका विभिन्न भूभागमा आएका भीषण बाढी, पहिरो, डुबान, भूकम्प तथा महामारीजस्ता विपद्का समयमा आर्थिक, भौतिक तथा मानवीय सहायता निरन्तर उपलब्ध गराउँदै आएको आइएमई ग्रुपले जनाएको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login