कोशी प्रदेश
आजदेखि सलकपुरमा गणेश पुराण शुरु
विराटचोकः गणेश मन्दिर सेवा समितिको आयोजनामा सलकपुरमा आजदेखि गणेश पुराण शुरु भएको छ ।
गणेश पुराण मूल आयोजक समितिका संयोजक मित्रप्रसाद रिजालका अनुसार पुराणमा ४० लाख रुपैयाँ उठाउने लक्ष्य लिइएको र त्यसमध्ये १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । १५ वर्ष अघिदेखि मन्दिर निर्माणको चर्चा चले पनि अघिल्लो वर्षदेखि भने समिति बनाएर व्यवस्थित तरिकाले शुरु गरिएको उनले बताए ।
सो पुराणमा सङ्कलित रकममध्ये १० लाख रुपैयाँको अक्षयकोष स्थापना गरिने बताइएको छ । १६ धुर जग्गामा बनेको सो मन्दिर निर्माणमा ३० लाख रुपैयाँ खर्च भएको बताइएको छ । जसमा नगरपालिकाले ८ लाख रुपैयाँ सहयोग गरेको र बाँकी रकम चन्दा सङ्कलन गरिएको मन्दिर सेवा समितिले जनाएको छ ।
गणेश मन्दिर सेवा समितिका अध्यक्ष इन्द्रबहादुर चापागाईंका अनुसार जङ्गली हात्तीको आक्रमणमा परी १ जनाको मृत्यु भएपछि गणेश मन्दिर निर्माणको अवधारणा अघि बढेको हो । स्थानीय प्रेमप्रसाद खनाल र राजन दाहालले जग्गा उपलब्ध गराएपछि मन्दिर निर्माण गरिएको उनको भनाइ छ । मन्दिरको गजुर र मूर्ति सुन्दरहरैंचाको हरैँचामोड निवासी देवीप्रसाद पाण्डेले उपलब्ध गराएको उनले बताए ।
आज कलशयात्रा शुरु हुनुपूर्व गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष चापागाईंले पुराणमा तुलादानको पनि व्यवस्था गरिएको बताए । पुराणमा आएर मन्दिरलाई सहयोग गर्ने दाताहरुलाई सदस्य रकमको आधारमा सम्मान गर्नुको साथै १ लाख १ रुपैयाँभन्दा बढी सहयोग गर्ने दातालाई बाजागाजासहित सलकपुर बजार परिक्रमा गराइनुका साथै दाताका पतिपत्नी र आमाबाबुको नाम पनि शिलालेखमा राखिने निर्णय गरिएको उनले बताए ।
पुराणमा पण्डित लोमसशरण घिमिरे प्रमुख कथावाचक रहेका छन् भने पण्डित पीताम्बर दाहाल उपवाचक रहेका छन् । प्रमुख कथावाचक घिमिरेले गणेश पुराण पनि ब्रह्मपुराण अन्तर्गतकै पुराण भएको बताए ।
सोमबार कलशयात्रा र मण्डप पूजा हुने तथा मङ्गलबार बिहान ७ बजेदेखि ९ बजेसम्म दैनिक पूजा, आरती र पुष्पाञ्जली हुने बताइएको छ । त्यस्तै, १० बजेदेखि ११ बजेसम्म पाठपारायण र ११ बजेदेखि ३ बजेसम्म सङ्गीतमय कथा, झाँकी, आरती र पुष्पाञ्जली तथा साँझ साढे ६ बजेदेखि ९ बजेसम्म महात्म्य वाचन हुने आयोजकले जनाएको छ ।

Facebook Comment
Banner
कांग्रेस देउवा समूह आज सर्वोच्च अदालत जाने
नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि आज सर्वोच्च अदालत जाने भएको छ ।
निर्वाचन आयोगले गत शुक्रबाट विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि उक्त निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च जान लागेको हो ।
गत पुस २७ देखि माघ १ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।
Banner
रास्वपा केन्द्रीय समितिको बैठक, प्रत्यक्ष उम्मेदवार टुंगो लाग्ने
प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ।बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि १६५ क्षेत्रका प्रत्यक्ष उम्मेदवारको नाम टुंगो लगाउने बताइएको छ। निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेकोको छ। उम्मेदवारी दर्ताका लागि आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवार पुग्नुपर्ने भएकाले आजै उम्मेदवारको टुंगो लगाउनुपर्ने बाध्यतामा दल रहेका छन्।
नेकपा (एमाले)ले केही क्षेत्रबाहेक अधिकांश उम्मेदवारको नाम टुंगो लगाएको छ भने कांग्रेसमा विवाद जारी छ। पार्टी आधिकारिकताको प्रमाणपत्र विशेष महाधिवेशन पक्षले पाएपछि कांग्रेसमा विवाद चर्चिएको हो।
Banner
आधिकारिकता विवादबीच निर्वाचन जाने विशेष महाधिवेशन कांग्रेसको निर्णय
विशेष महाधिवेशनबाट निर्वाचित भएको कांग्रेसले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाने निर्णय गरेको छ । गएराति गगन थापा सभापतिमा निर्वाचित भएपछि आज ललितपुरको कुपण्डोलमा बसेको पहिलो बैठकले निर्वाचन आयोग जाने निर्णय गरेको हो ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login