Connect with us
Advertisement

हक्कीमा प्रदेश ५, वागमती र आर्मी विजयी

Published

on

तस्बिरः राष्ट्रिय खेलकुद परिषद
विराटनगरः दोस्रो गिरिजाप्रसाद कोइराला स्मृति पुरुष राष्ट्रिय हक्की प्रतियोगिताअन्तर्गत मङ्गलबार भएको खेलमा प्रदेश नम्बर ५, वागमती र नेपाल आर्मी विजयी भएका छन् ।

नेपाल हक्की सङ्घले विराटनगरस्थित शहीद रङ्गशालामा आयोजना गरेको प्रतियोगिताअन्तर्गत मङ्गलबारको पहिलो खेलमा प्रदेश ५ ले प्रदेश २ लाई ६–० को फराकिलो गोलअन्तरमा पराजित गरेको छ । प्रदेश ५ का लागि म्यान अफ द म्याच अमन कुमारले ८ औं र ५४ औं मिनेटमा गोल गरे भने २० र ४८ औं मिनेटमा राजन कुमारले गोल गरेका थिए । त्यस्तै ३४ र ३९ औं मिनेटमा मनिष गुरुङले गोल गर्दै टिमलाई विजयी बनाएका थिए ।

दोस्रो खेलमा वागमती प्रदेशले प्रदेश १ लाई २–० गोल अन्तरमा पराजित गरेको छ । वागमतीका समीर घिमिरेले ५३ औं मिनेटमा र म्यान अप द म्याच घेषित सुरज घर्ती मगरले ५८ औं मिनेटमा गोल गरेका थिए ।

तेस्रो खेलमा नेपाल आर्मीले सुदूर पश्चिमलाई ४–० गोलले पराजित गरेको छ । आर्मीका दीपेन्द्र ऐरले ३७ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ४२ र ४६ औं मिनेटमा म्यान अफ द म्याच घोषित रोमन रानाले गोल गरे भने ५८ औं मिनेटमा नरेन्द्र कार्कीले गरेका थिए ।

प्रतियोगितामा एक विभागीयसहित कर्णाली प्रदेशबाहेक अन्य प्रदेशको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ, उपविजेताले नगद २५ हजार रुपैयाँ र तेस्रो हुनेले नगद १५ हजार रुपैयाँका साथै ट्रफी जित्नेछन् । त्यस्तै व्यक्तिगत पुरस्कारतर्फ उदीयमान खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट खेलाडीले जनही नगद ५ हजार पाउने छन् ।

प्रतियोगिताअन्तर्गत बुधबारको पहिलो खेल वागमती प्रदेश र नेपाल आर्मी, दोस्रो खेल गण्डकी प्रदेश र प्रदेश २ तथा तेस्रो खेल सुदूर पश्चिम प्रदेश र प्रदेश १ बीच हुने आयोजकले जनाएको छ ।

Continue Reading

Facebook Comment

42 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

वेस्ट इण्डिज ‘ए’ टिमलाई फितलो स्वागत : टाटा सुमोमा लोड गरियो लगेज, व्यापक आलोचना

Published

on

वेस्ट इण्डिज ‘ए’ टिमलाई फितलो स्वागत : टाटा सुमोमा लोड गरियो लगेज, व्यापक आलोचना

Continue Reading

Banner

प्रिमियर लिगमा शीर्ष स्थानको आर्सनलले चेल्सीलाई ५ गोलले हरायो

Published

on

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले चेल्सीलाई हराएको छ  । गएराति भएको खेलमा आर्सनलले चेल्सीलाई ५–० ले हराएको हो । आर्सनलको ३४ खेलमा ७७ अङ्क भएको छ ।

आर्सनल भन्दा दुई खेल कम खेलेको चेल्सी ४७ अङ्कका साथ नवौँ स्थानमा छ । लिगमा लिभरपुल ३३ खेलमा ७४ अङ्कसहित दोस्रो र म्यानचेस्टर सिटी ३२ खेलमा ७३ अङ्कसहित तेस्रो स्थानमा छ ।

Continue Reading

Banner

इन्टर मिलानले जित्यो इटालियन सिरी ए को उपाधि

Published

on

इन्टर मिलानले यस सिजनको इटालियन सिरी ए को उपाधि जितेको छ । गएराती सम्पन्न खेलमा एसी मिलानलाई २-१ गोल अन्तरले पराजित गर्दै इन्टर मिलानले यस सिजनको सिरी ए को उपाधि ५ खेल अघि नै जितेको हो ।

इन्टर मिलानको जितमा फ्रान्सिस्को असेरबी र मार्कस थुरामले एक एक गोल गरेका थिए । त्यस्तै एसी मिलानका लागि फिकायो टोमोरीले एक गोल गरेका थिए । यस खेलमा एसी मिलानका २ र इन्टर मिलानका एक खेलाडीले खेलको ९० मिनेटपछि रातो कार्ड पाएका थिए ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक