टी–ट्वान्टी विश्व बरियतामा नेपाल यथावत्

काठमाडौंः अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को टी–ट्वान्टी विश्व बरियतामा नेपालको स्थान यथावत् रहेको छ । आइसीसीले सार्वजनिक गरेको नयाँ बरियताअनुसार नेपाल टी–ट्वान्टीतर्फ १२ औँ स्थानमा रहेको छ ।

टी–ट्वान्टीमा नेपाल ११ औँ स्थानसम्म पुगेको छ । टी–ट्वान्टीको विश्व बरियतामा पाकिस्तान शीर्ष स्थानमा, अष्ट्रेलिया दोस्रो, बेलायत तेस्रो, भारत चौथो र दक्षिण अफ्रिका पाँचौँ स्थानमा छन् ।

टी–ट्वान्टीको खेलाडी बरियताअन्तर्गत ब्याटिङतर्फ नेपालका पारस खड्का ६२ औँ स्थानमा छन् । यसअघि उनी ६० औं स्थानमा थिए । बलिङतर्फ नेपालका सन्दीप लामिछाने ८५ औँ स्थानमा छन् । यसअघि उनी ८३ औँ स्थानमा थिए । अलराउण्डरतर्फ पारस २७ औँ स्थानमा, सोमपाल कामी ६५औँ स्थानमा तथा करण केसी ७५ औँ स्थानमा रहेका छन् ।

Spread the love



Leave a Reply

Your email address will not be published.