Connect with us
Advertisement

विश्व वरियतामा नेपाली महिला भलिबल ८७ औँ स्थानमा

Published

on

विराटचोकः अन्तर्राष्ट्रिय भलिबल महासङघ (एफआइभीबी)ले सार्वजनिक गरेको विश्व वरियतामा नेपालले ८७ औँ स्थान हासिल गरेको छ ।

विश्व भलिबलको सर्वोच्च निकाय एफआइभीबीले सार्वजनिक गरेको बरियतामा नेपालको राष्ट्रिय महिला भलिबल टोलीले ८७ औँ स्थान हासिल गरेको हो । एफआइभीबीले अन्तर्राष्ट्रिय सहभागिता र सफलताका आधारमा विश्व वरियता निर्धारण गर्दै आएको छ । वरियता क्रममा नेपालको ५७ अङ्क रहेको छ ।

वरियता क्रममा भारत ९७ अङ्कसहित ५४ औँ स्थानमा छ । विश्व वरियताको शीर्ष स्थानमा भने चीन छ । ३ सय ९१ अङ्क जोड्दै चीन शीर्ष स्थानमा रहेको हो । ३ सय ८२ अङ्क रहेको अमेरिका दोस्रो तथा ३ सय २८ अङक रहेको ब्राजिल तेस्रो स्थानमा छ ।

इटाली चौथो, टर्की पाँचौँ, सर्विया छैटौँ जापान सातौँ, रसिया आठौँ, डोमिनिक गणतन्त्र नवौँ र दक्षिण कोरिया दशौँ स्थानमा रहेका छन् ।

Continue Reading

Facebook Comment

1 Comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

इन्टर मिलानले जित्यो इटालियन सिरी ए को उपाधि

Published

on

इन्टर मिलानले यस सिजनको इटालियन सिरी ए को उपाधि जितेको छ । गएराती सम्पन्न खेलमा एसी मिलानलाई २-१ गोल अन्तरले पराजित गर्दै इन्टर मिलानले यस सिजनको सिरी ए को उपाधि ५ खेल अघि नै जितेको हो ।

इन्टर मिलानको जितमा फ्रान्सिस्को असेरबी र मार्कस थुरामले एक एक गोल गरेका थिए । त्यस्तै एसी मिलानका लागि फिकायो टोमोरीले एक गोल गरेका थिए । यस खेलमा एसी मिलानका २ र इन्टर मिलानका एक खेलाडीले खेलको ९० मिनेटपछि रातो कार्ड पाएका थिए ।

Continue Reading

Banner

एफए कपको उपाधिका लागि सिटी र युनाइटेड भिड्ने

Published

on

म्यानचेस्टर युनाइटेडले कोभेन्ट्री सिटीलाई तीन गोलको अग्रता गुमाएपनि पेनाल्टी सुटआउटमा जित निकाल्दा एफए कप फुटबलको उपाधिका लागि सिटीसँगको भेट पक्का गरेको छ।

‌लगातार दोस्रो पटक एकअर्काविरुद्ध फाइनलमा भिड्न लागेका हुन्। गत संस्करणको फाइनलमा सिटीले युनाइटेडलाई १-० ले हराएर उपाधि जितेको थियो।

च्याम्पियन्सिप (दोस्रो डिभिजन) क्लब कोभेन्ट्री सिटीलाई टाईब्रेकरमा ४-३ हराउँदै म्यानचेस्टर युनाइटेड एफए कपको फाइनलमा प्रवेश गरेको हो।

युनाइटेडले खेलमा तीन गोलको अग्रता बनाएको थियो। तर कोभेन्ट्रीले त्यसपछि लगातार गोल गर्दै खेल ३-३ गोलको बराबरीमा ल्याएपछि ट्राइबेकरबाट खेलको निर्णय भएको थियो। युनाइटेड लगातार दोस्रो पटक एफए कपको फाइनल पुगेको हो।

खेलको २३औं मिनेटमा स्कट मक्टोमीनेको गोलबाट युनाइटेडले खेलमा अग्रता लिएको थियो। पहिलो हाफको इन्ज्युरी समयमा ह्यारी मग्वायरले गोल गर्दै अग्रता दोब्बर बनाए।

खेलको ५८औं मिनेटमा ब्रुनो फर्नान्डेजले गोल गर्दा युनाइटेडले सहज रूपमा खेल आफ्नो पक्षमा पारेको अनुमान गरिएको थियो। तर बलियो अवस्थामा रहेपनि ७१औं मिनेटमा एलिस सिम्सले कोभेन्ट्रीका लागि पहिलो गोल गर्दै टोलीलाई खेलमा फर्काए।

कोभेन्ट्रीले ७९औं मिनेटमा क्यालम ओ’हारेलेको दोस्रो गोल मार्फत् अग्रता बनायो। तेस्रो गोल भने इन्ज्युरी समयमा पेनाल्टी मार्फत् संभव बनाएको थियो। एरन वान बिस्साकाले ह्यान्डबल गरेपछि पाएको पेनाल्टीलाई हाजी राइटले सदुपयोग गरेका थिए।

टाइब्रेकरमा सुरुवातमा पछि परेपनि युनाइटेड कोभेन्ट्रिको गल्तिमा अग्रता बनायो। युनाइटेडको पहिलो पेनाल्टी प्रहारका लागि आएका कासेमिरोको पेनाल्टी ब्राड्ली कोलिन्सले बचाएका थिए। तर त्यसपछि कोभेन्ट्रीका दुई खेलाडी पेनाल्टीमा गोल गर्न चुक्दा युनाइटेडले राहत महसुस गरेका थिए। क्यालम ओ’हारेको पेनाल्टी युनाइटेड गोलरक्षक आन्द्रे ओनानाले बचाउँदा बेन सिएफलेको प्रहार बाहिरियो।

Continue Reading

Banner

बार्सिलोनालाई पराजित गर्दै पेरिस सेन्ट जर्मान (पीएसजी) युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

Published

on

बार्सिलोनालाई पराजित गर्दै पेरिस सेन्ट जर्मान (पीएसजी) युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । दोस्रो लेगमा ४-१ र समग्रमा ६-४ को जित निकाल्दै फ्रेन्च टोली अन्तिम चारमा प्रवेश गरेको हो।

पहिलो लेग ३-२ ले पराजित भएको पिएसजिले दोस्रो लेगमा पुनरागमन गर्न सफल रह्यो।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक