Connect with us
Advertisement

विराट एक्स्पोको सम्पूर्ण तयारी पूरा, १ अर्बको कारोबार हुने आयोजकको अपेक्षा

Published

on

विराटनगरः फागुन २ गतेदेखि हुने विराट एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको आयोजक उद्योग सङ्गठन मोरङले जनाएको छ ।

मेला आयोजनास्थल विराटनगरको शङ्करपुर मार्गमा बुधबार पत्रकार सम्मेलन गरी मेलामा १ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार हुने अनुमान गरिएको बताइएको छ ।

औद्योगिक उत्पादन र प्रविधि प्रवद्र्धन गर्नुका साथै कृषि क्षेत्रमा गुणस्तरीय र व्यावसायिक उत्पादनमा जोड दिन मेलाको आयोजना गरिएको आयोजकको भनाइ छ । उत्पादक र उपभोक्ताबीचको सम्बन्ध विस्तार गर्नुका साथै लगानीमैत्री वातावरण निर्माणमा सहयोग गर्नु मेलाको उद्देश्य रहेको बताइएको छ ।

प्रदर्शनमा जुम्लाको स्याउ र मार्सी चामलका साथै हिमाली उत्पादन, तेह्रथुमको ढाका, उदयपुरको खरायो, बरमझियाको पेडा, तेह्रथुम र सङ्खुवासभाको अल्लो मुख्य आकर्षण रहने बताइएको छ । सुपारीको टपरी, अर्थोडक्स चिया, किबी तथा हस्तकलाका सामग्रीका साथै भारत, पाकिस्तान र बङ्गलादेशका सामग्रीको छुट्टै स्टल रहने मेला संयोजक भोलेश्वर दुलालले जानकारी दिए ।

औद्योगिक वस्तुको बजार प्रवद्र्धन, औद्योगिक क्षेत्रको सूचना प्रवाह, नयाँ प्रविधि र उत्पादनबारे जानकारी दिन मेलाको आयोजना गरिएको उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले बताए । उनका अनुसार उपभोक्ताको चाहना र रुचिबारे जानकारी लिई नयाँ वस्तु उत्पादन गर्न मेलाले सहयोग पुग्नेछ ।

३ सय ४० स्टल रहने मेलामा ४० स्टल अन्तर्राष्ट्रिय क्षेत्रलाई छुट्याइएको छ । कृषि, घरेलु तथा हस्तकलाका ६०, औद्योगिक उत्पादनका, कृषि घरेलु तथा हस्तकलाका ६०, औद्योगिक उत्पादनका १ सय ६०, अटोमोबाइल्सका ३८, खाद्यान्नका १२ स्टल रहने बताइएको छ । सबै स्टलको बुक भइसकेको सो मेलाको उद्घाटन अर्थमन्त्री युवराज खतिवडाले गर्ने भएका छन् ।

हेलिकोप्टरमार्फत् विराटनगरको अवलोकन तथा पाथीभरा दर्शनको व्यवस्था मिलाइनुका साथै हात्ती सवारको व्यवस्था पनि गरिएको आयोजकले जनाएको छ । फागुन २ गतेदेखि ९ दिनसम्म चल्ने मेलाको प्रवद्र्धकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश नम्बर १, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं. १, विराटनगर महानगरपालिका, नेपाल पर्यटन बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघ रहेका छन् ।

मोरङ व्यापार संघ सहयोगी संस्था रहेको मेलाको मुख्य प्रायोजकमा नोबेल मेडिकल कलेज, सह प्रायोजकमा दुगड फुड एण्ड स्पाइसेस, र प्रायोजकमा टोयोटा मोटर्स, पिएलओ लुब्रिकेन्ट्सलगायतका कम्पनी रहेका छन् ।

Continue Reading

Facebook Comment

1 Comment

You must be logged in to post a comment Login

Leave a Reply

अर्थ

स्थानीयले पेट काटेर जम्मा गरेको पूँजी मासेर ऋण माफी दिन सकिँदैन : अर्थमन्त्री

Published

on

अर्थमन्त्री डा. प्रकाशशरण महतले स्थानीयको पेट काटेर जम्मा गरेको पूँजी मासेर ऋण माफी गर्न नसकिने बताएका छन् ।

सहकारी र लघुवित्त पीडितलाई उपयोग गरेर केही मानिसले राजनीतिको रोटी सेकाउन थालेको भन्दै अर्थमन्त्रीले भने, ‘ऋण तिर्नुपर्दैन भन्ने समूहमा कोही लाग्नु हुँदैन ।’

Continue Reading

Banner

नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

Published

on

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५३ पैसा र बिक्री दर १३३ रुपैयाँ १३ पैसा कायम भएको छ ।

यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ७७ पैसा र बिक्री दर १४३ रुपैयाँ ४२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ८९ पैसा र बिक्री दर १६७ रुपैयाँ ६४ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Continue Reading

Banner

यी हुन् सिटिजन लाइफ इन्स्योरेन्सका ठूला शेयरधनी, कान्तिपुर पब्लिकेसनको हिस्सा ७.४३ प्रतिशत

Published

on

सिटिजन्स लाईफ ईन्स्योरेन्समा १ प्रतिशत बढी स्वामित्व भएका लगानीकर्ताहरुको संख्या २२ जना रहेको छ । यो व्यक्तिगत र संस्थागत लगानीकर्तासहितको विवरण हो ।

कम्पनीमा कान्तिपुर पब्लिकेसन र सुमित कुमार अग्रावलको समान ७.४३ प्रतिशत शेयर स्वामित्व रहेको छ । दुबैको शेयर संख्या समान १९ लाख ५० हजार रहेको छ । त्यसैगरी प्रदिपजंग पाण्डेको ५.२४ प्रतिशत रहेको छ । उनको १३ लाख ७५ हजार कित्ता शेयर रहेको छ ।

यस्तै, विक्रम जेबि राणा, सुष्मा राणा र यति वल्ड ईन्भेष्टमेन्टको समान ५.१४ प्रतिशत हिस्सा छ । कम्पनीमा एयर डाईनाष्टी हेली सर्भिसको ३.०६ प्रतिशत शेयर रहेको छ भने ज्योति प्रकाश पाण्डे, ललिता अग्रवाल र उर्मिला पाण्डेको समान २.२९ प्रतिशत  शेयर रहेको छ । यसैगरी, राजेन्द्र प्रसाद श्रेष्ठको २ प्रतिशत , राम अग्रवालको १.८९ प्रतिशत, तथा गुडविल फाईनान्स र प्रिमियर वायर्सको समान १.७१ प्रतिशत स्वमित्व  रहेको छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक