Connect with us
Advertisement
Advertisement

बाल सञ्जाल सुन्दरहरैंचाको आयोजनामा बस्ती स्तरमा नाटक प्रदर्शन

Published

on

विराटचोकः सुन्दरहरैँचा नगरपालिकाका मेयर शिवप्रसाद ढकालले आफूमा आत्मविश्वासको कमी भएमा दुव्र्यवहार र हिंसाका घटना बढी हुने बताएका छन् ।

नगर बाल सञ्जालको आयोजनामा बिहीबारदेखि सुन्दरहरैंचामा भएको सडक नाटकको उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि मेयर ढकालले यस्तो बताएका हुन् । बालबालिकालाई आत्मविश्वासयुक्त बनाउन र दक्षता प्रदान गर्न यस्ता नाटकले सहयोग गर्ने उनको भनाइ थियो ।

सरकारले ल्याएको ‘म अघि बढ्छु’ कार्यक्रमले बालबालिकाको चौतर्फी विकासमा सहयोग गर्ने उनले सो अवसरमा बताए । बालबालिकामा आत्मविश्वासको कमी हुँदा नै श्रम तथा अध्ययनको बहानामा विदेशिने क्रम बढेको उल्लेख गर्दै त्यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न बाल सञ्जालले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने मेयर ढकालले सुझाव दिए ।
बालबालिकाको क्षेत्रमा काम गर्न सजिलो होस् भनी आगामी वर्ष बढी बजेट विनियोजन गर्ने उल्लेख गर्दै बालमैत्री नगरपालिका बनाउन काम भइरहेको पनि उनले उल्लेख गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमकी विशिष्ट अतिथि सुन्दरहरैंचा नगरपालिकाकी उपमेयर धनमाया तामाङले बालबालिका भविष्यको कर्णधार मात्र नभई वर्तमानको साझेदार पनि भएको बताइन् । परिवारदेखि नै निर्णयात्मक भूमिका पनि बालबालिकाले निर्वाह गर्नुपर्ने बताउँदै परिवारमा हुने निर्णयमा बालबालिकाले आफू पनि सहभागी हुने र अभिभावकसमक्ष पनि आफूलाई निर्णयमा सहभागी गराउन अनुरोध गर्नुपर्ने बताइन् । बालबालिकालाई परेको अप्ठ्यारोमा सञ्जालले ध्यान दिनुपर्ने उनको सुझाव थियो ।

साजीलाल माविका प्रधानाध्यापक कल्याण सिटौलाले बाल सडक नाटक बस्ती स्तरमा आयोजना हुनु खुशीको कुरा भएको बताए । आफ्नो कर्तव्य के हो भन्ने बारेमा अहिलेदेखि नै बालबालिका सचेत हुनुपर्ने उनको भनाइ थियो । पछिल्लो समय बाल हिंसा र र बालश्रम घटिरहे पनि दुव्र्यसन भने बढिरहेको हुनाले बाल सञ्जालले यसतर्फ ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै नगर बाल सञ्जाल सुन्दरहरैंचाका पूर्व अध्यक्ष टेकराज तिम्सिनाले लागूपदार्थ दुव्र्यसन र बाल विवाहको विषयमा नाटक केन्द्रित हुने बताए । कार्यक्रममा सञ्जालका सदस्य दिलीप बस्नेतले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष शैलेन्द्र श्रेष्ठ, वडा नम्बर ७ का कार्यवाहक अध्यक्ष विष्णुप्रसाद घिमिरे, आदिवासी जनजाति महासङ्घ सुन्दरहरैंचाका अध्यक्ष सुमन राई, झोराहाट नाट्य समूहका निर्देशक सुदीपजंग शाही, सुन्दरहरैंचाको महिला तथा बालबालिका शाखा प्रमुख सुशीला अधिकारी, ओरेक नेपालकी प्रतिनिधि सुशीला सुवेदीलगायतको उपस्थिति थियो । सञ्जालका अध्यक्ष मदन भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सञ्जालका सचिव विशाल तामाङले गरेका थिए ।

झोराहाट नाट्य समूहको समन्वयमा १ साता सम्म हुने सडक नाटकको सहयोगी संस्थामा सुन्दरहरैंचा नगरपालिका रहेको छ । विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालि सहआयोजक रहेको छ । सडक नाटक सुन्दरहरैंचाका १२ ओटै वडाको २–२ ठाउँमा मञ्चन गरिने अध्यक्ष भण्डारीले बताए । उद्घाटन कार्यक्रममा विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीको उपस्थिति थियो ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

तेह्रथुमको साहित्यिक इतिहास’ सार्वजनिक भएको छ ।

Published

on

केशु विरहीको अनुसन्धानात्मक पुस्तक ‘तेह्रथुमको साहित्यिक इतिहास’ सार्वजनिक भएको छ । तेह्रथुम जिल्लाको साहित्यिक तथा पत्रकारिताको इतिहास खोज गरी तयार भएको सो पुस्तक आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बीच तेह्रथुमबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवम् शहरी विकासमन्त्री सीता गुरुङले लोकार्पण गरिन् ।

काव्य घर /साहित्यकार एवम् इतिहासकार केशु विरहीको अनुसन्धानात्मक पुस्तक ‘तेह्रथुमको साहित्यिक इतिहास’ सार्वजनिक भएको छ । तेह्रथुम जिल्लाको साहित्यिक तथा पत्रकारिताको इतिहास खोज गरी तयार भएको सो पुस्तक आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बीच तेह्रथुमबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवम् शहरी विकासमन्त्री सीता गुरुङले लोकार्पण गरिन् । 

मन्त्री गुरुङले साहित्यकार विरहीले जिल्लाको साहित्यिक क्षेत्रको इतिहासलाई एकाकार गरेकोप्रति आभार प्रकट गरिन् । उनले जिल्लाले नेपालको साहित्यिक क्षेत्रसहित विभिन्न विधामा उल्लेख्य योगदान पुर्‍याए पनि त्यसको दस्तावेजीकरणको काम यस अघि नभएकोमा विरहीको प्रयासको प्रशंसा गरिन् ।

त्रिभुवन विश्व  विद्यालयका प्राध्यापक खगेन्द्रप्रसाद लुइटेलले तेह्रथुमको साहित्यिक इतिहासलाई पुस्तकाकार गरेको भन्दै विरहीलाई जोखिमपूर्ण कार्यका गरेकोमा बधाई ज्ञापन गरे । ‘मरेका मान्छेको बारेमा जसले पनि लेख्न सक्छ । जे लेखेपनि हुन्छ,’ उनले भने, ‘विरहीजीले जीवित मान्छेहरुका बारेमा लेखेर ऐतिहासिक पुस्तक तयार गर्नुभएको छ ।

वास्तवमा यो निकै जोखिमपूर्ण काम हो । किनभने जीवित मान्छेका बारे जे लेखेपनि, जति लेखेपनि चित्त बुझाउन सकिदैन ।’ मदन पुरस्कार विजेता लेखक भगिराज इङ्नामले विरहीले मसिना सूचना र गतिविधिहरुलाई समेत समावेश गरेर पुस्तक तयार गरेको बताए ।तेह्रथुममै जन्मिएर हाल मोरङलाई कार्यथलो बनाएका विरही पत्रकार तथा लेखक,साहित्यकार समेत हुन् ।

यसअघि उनका ‘कहालि लाग्दा गोरेटाहरू’ (उपन्यास) सहलेखन –२०५६, ‘आमाको माया’ (उपन्यास) –२०५७, ‘दन्किएको आगो’ (गजल सङ्ग्रह) –२०६३, ‘सुस्केरा’ (संयुक्त साहित्यिकसङ्ग्रह) –२०६३, ‘भास्कर वंशावली’ (वंशावली) –२०६५, ‘सुलोचना’ (कथासङ्ग्रह) –२०७१, ‘रेस्माको स्यान्डल’ (बालकथासङ्ग्रह) –२०७७ ,बेलबारीको साहित्यिक इतिहास २०८० आदि प्रकाशित छन् ।

Continue Reading

Banner

गायक राजीव लोहनीको नयाँ गीत ‘लप्सी फेदीमा…’ सार्वजनिक

Published

on

विराटचोकः ‘बलेको आगो, जलेको प्रेम…’ का गायक राजीव लोहनी नयाँ गीत लिएर नेपाली साङ्गीतिक बजारमा आएका छन् ।

सञ्चारकर्मी एवम् गीतकार मन्दिरा ढुङ्गेलको शब्द रचना, राजीव लोहनी र अस्मिता अधिकारीको युगल स्वर रहेको ‘लप्सी फेदीमा…’ गीतलाई कन्च क्रिएटिभको प्रस्तुतीमा म्युजिक नेपालको च्यानल मार्फत सार्वजनिक गरिएको हो । गीतमा प्रिन्स नेपालीले एरेन्ज गरेका छन् ।

नायिका श्रद्धा क्षेत्री र स्वयम् गायक राजीवले नै अभिनय गरेको भिडियोमा राजीव लाहुरेको भूमिकामा देखिएका छन् । उनको भिडियोमा श्रद्धासँग केमिस्ट्री जमेको देखिन्छ । सुब्रतराज आचार्यको निर्देशनमा बनेको भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

Continue Reading

Banner

गायिका सज्जा चौलागाई र संगीतकार न्ह्यू बज्राचार्यले ल्याए किनाराको ढुंगा

Published

on

काठमाडौंः नेपाल आइडलबाट चर्चा कमाएकी गायिका सज्जा चौलागाईको स्वर रहेको किनाराको ढुंगा बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतकार कमला न्यौपानेको शब्द तथा संगीतकार न्ह्यू बज्राचार्यको संगीत रहेको गीतमा प्रज्वल लामाको एरेन्ज रहेको छ ।

भिडियोले आफ्नो प्रेमीको कल्पनामा डुबेकी मायालुको प्रेमभावलाई बयान गरेको छ । भिडियोमा सुन्दरी मोडल सुयसा पौडेल गज्जबसँग खुलेकी छिन् । भिडियोको निर्देशन गायक समेत रहेका अनुप रेग्मीले गरेका हुन् ।

निर्देशक रेग्मीले भिडियो रिलिज गरिएको छोटो समयमा नै राम्रो प्रतिक्रिया आइरहेको बताए । करिब २ दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक हुन् अनुप ।

सुशीलविक्रम शाहको कन्सेप्ट रहेको भिडियोको छायांकन उत्सब दाहालले गरेका हुन् । विकास दाहालले सम्पादन गरेको भिडियो तरङ्ग द वेभ क्रियशनबाट बजारमा आएको हो ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक