निष्पक्षखबर



प्रदेशसभा बैठकमा २ विधेयक पारित

विराटनगरः प्रदेश नं १ को प्रदेशसभाको बिहीबार बसेको बैठकले ‘प्रदेशस्तरमा फर्म दर्ता, नवीकरण तथा तत्सम्बन्धी अन्य व्यवस्था गर्न बनेको विधेयक’ विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।

प्रदेश नं–१ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९२ बमोजिम उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले सो प्रस्ताव पेश गरेका थिए । त्यस्तै, बैठकमा जनस्वास्थ्य सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ लाई विचार गरियोस् भन्ने प्रस्ताव सदनले सर्वसम्मतले पारित गरेको छ । सामाजिक विकासमन्त्री जीवन घिमिरेले सो प्रस्ताव पेश गरेका थिए ।

उता, प्रदेश वातावरण सम्बन्धमा व्यवस्था गर्न बनेका विधेयकमा सैद्धान्तिक छलफल बिहीबार पनि जारी रह्यो । छलफलमा प्रदेशसभा सदस्य नारायणबहादुर मगर, लीला सुब्बा, विमल कार्की, विष्णु तुम्वाहाम्फे, शेखरचन्द्र थापा, सन्ध्याकुमुरी दनुवार, सुनिताकुमार चौधरी र सूयर्माराज राईले आफ्नो धारणा राखेका थिए ।

Spread the love



Leave a Reply

Your email address will not be published.