खेलकुद
प्रथम सुन्दरहरैंचा मेयर कप वडास्तरीय फुटसल प्रतियोगिताको उपाधी वडा नम्बर १० लाई
विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकामा प्रथम सुन्दरहरैंचा मेयर कप वडास्तरीय फुटसल प्रतियोगिता २०७६ को उपाधी वडा नम्बर १० ले पाएको छ ।
बिहीबार शुरु भई शनिबार समापन भएको प्रतियोगितामा वडा नम्बर १० ले वडा नम्बर ७ लाई २ का विरुद्ध ३ गोल गर्दै प्रथम स्थान हासिल गरेको छ । प्रतियोगितामा वडा नम्बर १ तेस्रो र वडा नम्बर ५ चौथो भएका थिए ।
विजयी टिममध्ये पहिलोले नगद २५ हजार, दोस्रोले नगद रु १५ हजार, तेस्रोले ५ हजार र सान्त्वना स्थान पाउनेले नगद २ हजार ५ सय तथा ट्रफी, मेडल र प्रमाणपत्र पाए । विजयी टिमलाई कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख शिवप्रसाद ढकालले पुरस्कार प्रदान गरेका थिए ।
प्रमुख अतिथि ढकालले यस्ता खेल आयोजना हुँदा सबैमा उत्प्रेरणा हुने, व्यायाम हुने र मानिसलाई स्वास्थ्य राख्न सहयोग पुग्ने बताए । नगरपालिकामा २ वर्ष कार्यकाल बितिसक्दा समेत नबनेको खेलकुद विकास समिति छिटै बन्ने समेत उनले बताए ।
यस्तै, नगरपालिका, कोशीहरंैचा उद्योग वाणिज्य सङ्घ, इन्द्रपुर जेसीजबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता समेत भएको थियो । सो प्रतियोगितामा जेसीजले वाणिज्य सङ्घलाई हराएको थियो ।
सुन्दरहरैँचा १० विराटचोकमा रहेको प्लानेट रिक्रिएसन सेन्टरको आयोजना तथा सुन्दरहरैंचा नगरपालिकाको मुख्य प्रबद्र्धनमा भएको उक्त फुटसल प्रतियोगितामा जनप्रतिनिधि, विभिन्न सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधि र खेलप्रेमी युवाहरूको उपस्थिति रहेको थियो ।
फुटसल खेलको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको रिसक्रएसन सेन्टरले फुटसल खेलको थप विकास र लोकप्रियता बढाउन उक्त प्रतियोगिताको आयोजना गरेको बताइएको छ । सुन्दरहरैंचा नगरभित्र रहेका फुटसल खेलाडीको प्रबद्र्धन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटसल खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरेको रिक्रिएसनका सञ्चालक उत्सव थापाले बताए ।

सो प्रतियोगितामा सुन्दरहरैंचा नगरपालिकाका १२ ओटै वडाले प्रतिष्पर्धा गरेका थिए । उक्त खेल लिग कम नकआउटको आधारमा खेलाइएको थियो ।
कार्यक्रममा नेपाल फुटबल सङ्घ (एन्फा) को मोरङका महासचिव प्रकाश मास्केलाई सम्मान गरिएको थियो ।
साे समापन कार्यक्रम स्थानीय युवा समाजसेवी अर्जुन गजुरेलले सञ्चालन गरेका थिए
Facebook Comment
Banner
कांग्रेस देउवा समूह आज सर्वोच्च अदालत जाने
नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि आज सर्वोच्च अदालत जाने भएको छ ।
निर्वाचन आयोगले गत शुक्रबाट विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि उक्त निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च जान लागेको हो ।
गत पुस २७ देखि माघ १ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।
Banner
रास्वपा केन्द्रीय समितिको बैठक, प्रत्यक्ष उम्मेदवार टुंगो लाग्ने
प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ।बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि १६५ क्षेत्रका प्रत्यक्ष उम्मेदवारको नाम टुंगो लगाउने बताइएको छ। निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेकोको छ। उम्मेदवारी दर्ताका लागि आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवार पुग्नुपर्ने भएकाले आजै उम्मेदवारको टुंगो लगाउनुपर्ने बाध्यतामा दल रहेका छन्।
नेकपा (एमाले)ले केही क्षेत्रबाहेक अधिकांश उम्मेदवारको नाम टुंगो लगाएको छ भने कांग्रेसमा विवाद जारी छ। पार्टी आधिकारिकताको प्रमाणपत्र विशेष महाधिवेशन पक्षले पाएपछि कांग्रेसमा विवाद चर्चिएको हो।
Banner
आधिकारिकता विवादबीच निर्वाचन जाने विशेष महाधिवेशन कांग्रेसको निर्णय
विशेष महाधिवेशनबाट निर्वाचित भएको कांग्रेसले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाने निर्णय गरेको छ । गएराति गगन थापा सभापतिमा निर्वाचित भएपछि आज ललितपुरको कुपण्डोलमा बसेको पहिलो बैठकले निर्वाचन आयोग जाने निर्णय गरेको हो ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login