Connect with us
Advertisement

मन्त्री हिक्मतकुमार कार्की भन्छन्ः धर्म, संस्कृति र पुराणले समाजको रक्षा गर्छ

Published

on

विराटचोकः प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले हाम्रा धर्म र संस्कृति तथा पुराण र महायज्ञ समाजको रक्षा गर्ने मातृशक्ति भएको बताए ।

मोरङको सुन्दरहरैंचाको वडा नम्बर ७ गोठगाउँमा रहेको श्री शिवपाञ्चायन मन्दिरमा सोमबारदेखि शुरु भएको महायज्ञमा प्रमुख अतिथिको आसनबाट बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री कार्कीले स्वस्थानी च्यात्ने कुरा कसैले भने पनि त्यो गल्ती भएको र मिडियाले उत्तेजना फैलाएको उल्लेख गरे ।

‘लाखौँ व्यक्तिको आस्था भएकाले कसैले च्यात्ने कुरा गर्नु गल्ती हो’, उनले भने, ‘मन नलागे स्वस्थानी नपढी बस्दा हुन्छ ।’ धर्म संस्कृतिमा धेरै राम्रा कुरा भएको बताउँदै सबै शिक्षालयका पाठ्यक्रममा संस्कृत भाषा पढाउनुपर्ने उनले बताए । धरानको पिण्डेश्वर संस्कृत विद्यापीठलाई विदेशबाट संस्कृतको अध्ययन अनुसन्धान गर्न आउनेका लागि अनुसन्धान केन्द्रको रुपमा विकास गरिने उनको भनाइ थियो ।

पुराणमा आएर कथा सुन्ने र आनन्द लिने तथा नाचगान गर्नाले स्वस्थ जीवन बनाउन सहयोग पुग्ने उनले उल्लेख गरे । सानो देश भए पनि विश्वमा नभएको जातीय विविधता, सामाजिक विविधता र जैविक विविधता नेपालमा भएको उनको भनाइ थियो ।

स्थिर सरकार भएकाले राजनीतिक स्थायित्व भएको बताउँदै नेपालमा खान नपाएर र अपाङ्गता भएर सडकमा बसेर बस्नुपर्ने दिनको अन्त्य हुन लागेको बताए । सडक मानवमुक्त नेपाल बनाउने अभियानमा सरकार लागेको उनले बताए । विकास निर्माणमा सबै पार्टी एकजुट भएको र विकासको गति प्रारम्भ भएको उनको भनाइ थियो । विकासको गतिलाई सुल्टो तर्फ ल्याएको बताउँदै ३ वर्षभित्र नेपालमा विकासले राम्रो फड्को मार्ने उनले बताए ।

यो ज्ञान महायज्ञमा प्रदेश सरकारको पनि सहयोग हुने उनले बताए । संस्कार भनेको पहिलो कुरा भएको बताउँदै दान दिएर मानिस कहिल्यै गरिब नहुने उनले उल्लेख गरे । प्रदेश सरकार नजिकको सरकार र सहयोगी सरकार भएकाले भरपुर सहयोग गर्ने उनले वचन दिए । सो महायज्ञमा वाचनप्रवीण पण्डित दीनबन्धु पोखरेल प्रमुख वाचक र उपवाचकमा वासुदेव पोखरेल रहने भएका छन् । वाचनप्रवीण पोखरेल गोठगाउँमा आइसकेका छन् ।

उद्घाटनपूर्व महायज्ञस्थलबाट निस्किएको कलशशोभायात्रा गोठगाउँ चोक हुँदै सलकपुरस्थित भुल्के मन्दिर परिसर पुगेर भुल्के जलाधरको जल लिएर लगभग ५ किलोमिटर यात्रा गरी पुराणस्थल फर्किएको थियो । कलश शोभायात्रामा लाखे नाचका साथ अन्य जातीय झाँकी पनि प्रस्तुत भएको थियो । गोठगाउँ, ठडिया, चन्द्रनगर, सलकपुर, विराटचोकलगायतका स्थानबाट १ हजारभन्दा बढी भक्तजन कलश शोभायात्रामा सहभागी भएका थिए ।

इन्द्रपुर समस्त भजन समूहबाट रुजा घिमिरेको नेतृत्वमा १ सय ५० जना भन्दा बढी भक्तजन उपस्थित भएको आयोजकले जनाएको छ । लालीगुराँस भजनकीर्तन समूहबाट पनि उल्लेख्य रुपमा भक्तजनले सहभागिता जनाएको आयोजकले जनाएको छ ।

कार्यक्रममा प्रदेश  साम्सद लोकप्रसाद संग्रौला, राजकुमार ओझा, सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङ, बिभिन्न वडाका वडाध्क्षहरु ,कार्यपालिका सदस्य विभिन्न सस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेकाे थियाे ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना

Published

on

 हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।

विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Continue Reading

Banner

गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा

Published

on

 आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।

आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।

उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।

तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।

आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।

Continue Reading

Banner

लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटिद्वारा वृक्षारोपण तथा डस्बिन हस्तान्तरण कार्याक्रम सम्पन्न

Published

on

लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटि का अध्यक्ष अनुराेध शाह का अध्यक्षतामा तथा प्रमुख अथिति लायन्स 325 C का डिस्ट्रिक गभर्नर लिला चिमरिया ज्यु लायन्स लिडर Pmcc राजन खत्रि लायन्स लिडर हरु नगेन्द्र दाहाल ,खिल .बिक स्कुल प्रशासन तथा शिक्षक कर्मचारी हरु का उपस्थिति मा लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटिको २०२६ काे पहिलाे कार्यक्रम बृक्षा राेपण र डस्बिन हस्तान्तरण गरि सम्पन्न गरियाे !
बृक्षा राेपण मा विभिन्न जात चिउरि , म्याङ्गाे किट्स ,अनार,फणिण जामुना,अमला,साथै निम धुपि लगायत विभिन्न जात का १००थान बिरुवा राेपि कार्यक्रम सम्पन् गरियाे ! कार्यक्रम सञ्चालन क्लब का सेक्रेटरि नरेन रायाले सञ्चालन गर्नु भएकाे थियो
यश कार्यक्रम ले बिधालय परिवार लाभान्वित हुने छ साथै खुशियालि महसुस गरेकाे छ !

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक