कोशी प्रदेश
मन्त्री हिक्मतकुमार कार्की भन्छन्ः धर्म, संस्कृति र पुराणले समाजको रक्षा गर्छ
विराटचोकः प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले हाम्रा धर्म र संस्कृति तथा पुराण र महायज्ञ समाजको रक्षा गर्ने मातृशक्ति भएको बताए ।
मोरङको सुन्दरहरैंचाको वडा नम्बर ७ गोठगाउँमा रहेको श्री शिवपाञ्चायन मन्दिरमा सोमबारदेखि शुरु भएको महायज्ञमा प्रमुख अतिथिको आसनबाट बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री कार्कीले स्वस्थानी च्यात्ने कुरा कसैले भने पनि त्यो गल्ती भएको र मिडियाले उत्तेजना फैलाएको उल्लेख गरे ।

‘लाखौँ व्यक्तिको आस्था भएकाले कसैले च्यात्ने कुरा गर्नु गल्ती हो’, उनले भने, ‘मन नलागे स्वस्थानी नपढी बस्दा हुन्छ ।’ धर्म संस्कृतिमा धेरै राम्रा कुरा भएको बताउँदै सबै शिक्षालयका पाठ्यक्रममा संस्कृत भाषा पढाउनुपर्ने उनले बताए । धरानको पिण्डेश्वर संस्कृत विद्यापीठलाई विदेशबाट संस्कृतको अध्ययन अनुसन्धान गर्न आउनेका लागि अनुसन्धान केन्द्रको रुपमा विकास गरिने उनको भनाइ थियो ।
पुराणमा आएर कथा सुन्ने र आनन्द लिने तथा नाचगान गर्नाले स्वस्थ जीवन बनाउन सहयोग पुग्ने उनले उल्लेख गरे । सानो देश भए पनि विश्वमा नभएको जातीय विविधता, सामाजिक विविधता र जैविक विविधता नेपालमा भएको उनको भनाइ थियो ।

स्थिर सरकार भएकाले राजनीतिक स्थायित्व भएको बताउँदै नेपालमा खान नपाएर र अपाङ्गता भएर सडकमा बसेर बस्नुपर्ने दिनको अन्त्य हुन लागेको बताए । सडक मानवमुक्त नेपाल बनाउने अभियानमा सरकार लागेको उनले बताए । विकास निर्माणमा सबै पार्टी एकजुट भएको र विकासको गति प्रारम्भ भएको उनको भनाइ थियो । विकासको गतिलाई सुल्टो तर्फ ल्याएको बताउँदै ३ वर्षभित्र नेपालमा विकासले राम्रो फड्को मार्ने उनले बताए ।

यो ज्ञान महायज्ञमा प्रदेश सरकारको पनि सहयोग हुने उनले बताए । संस्कार भनेको पहिलो कुरा भएको बताउँदै दान दिएर मानिस कहिल्यै गरिब नहुने उनले उल्लेख गरे । प्रदेश सरकार नजिकको सरकार र सहयोगी सरकार भएकाले भरपुर सहयोग गर्ने उनले वचन दिए । सो महायज्ञमा वाचनप्रवीण पण्डित दीनबन्धु पोखरेल प्रमुख वाचक र उपवाचकमा वासुदेव पोखरेल रहने भएका छन् । वाचनप्रवीण पोखरेल गोठगाउँमा आइसकेका छन् ।

उद्घाटनपूर्व महायज्ञस्थलबाट निस्किएको कलशशोभायात्रा गोठगाउँ चोक हुँदै सलकपुरस्थित भुल्के मन्दिर परिसर पुगेर भुल्के जलाधरको जल लिएर लगभग ५ किलोमिटर यात्रा गरी पुराणस्थल फर्किएको थियो । कलश शोभायात्रामा लाखे नाचका साथ अन्य जातीय झाँकी पनि प्रस्तुत भएको थियो । गोठगाउँ, ठडिया, चन्द्रनगर, सलकपुर, विराटचोकलगायतका स्थानबाट १ हजारभन्दा बढी भक्तजन कलश शोभायात्रामा सहभागी भएका थिए ।
इन्द्रपुर समस्त भजन समूहबाट रुजा घिमिरेको नेतृत्वमा १ सय ५० जना भन्दा बढी भक्तजन उपस्थित भएको आयोजकले जनाएको छ । लालीगुराँस भजनकीर्तन समूहबाट पनि उल्लेख्य रुपमा भक्तजनले सहभागिता जनाएको आयोजकले जनाएको छ ।
कार्यक्रममा प्रदेश साम्सद लोकप्रसाद संग्रौला, राजकुमार ओझा, सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङ, बिभिन्न वडाका वडाध्क्षहरु ,कार्यपालिका सदस्य विभिन्न सस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेकाे थियाे ।
Facebook Comment
Banner
कांग्रेस देउवा समूह आज सर्वोच्च अदालत जाने
नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि आज सर्वोच्च अदालत जाने भएको छ ।
निर्वाचन आयोगले गत शुक्रबाट विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि उक्त निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च जान लागेको हो ।
गत पुस २७ देखि माघ १ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।
Banner
रास्वपा केन्द्रीय समितिको बैठक, प्रत्यक्ष उम्मेदवार टुंगो लाग्ने
प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ।बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि १६५ क्षेत्रका प्रत्यक्ष उम्मेदवारको नाम टुंगो लगाउने बताइएको छ। निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेकोको छ। उम्मेदवारी दर्ताका लागि आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवार पुग्नुपर्ने भएकाले आजै उम्मेदवारको टुंगो लगाउनुपर्ने बाध्यतामा दल रहेका छन्।
नेकपा (एमाले)ले केही क्षेत्रबाहेक अधिकांश उम्मेदवारको नाम टुंगो लगाएको छ भने कांग्रेसमा विवाद जारी छ। पार्टी आधिकारिकताको प्रमाणपत्र विशेष महाधिवेशन पक्षले पाएपछि कांग्रेसमा विवाद चर्चिएको हो।
Banner
आधिकारिकता विवादबीच निर्वाचन जाने विशेष महाधिवेशन कांग्रेसको निर्णय
विशेष महाधिवेशनबाट निर्वाचित भएको कांग्रेसले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाने निर्णय गरेको छ । गएराति गगन थापा सभापतिमा निर्वाचित भएपछि आज ललितपुरको कुपण्डोलमा बसेको पहिलो बैठकले निर्वाचन आयोग जाने निर्णय गरेको हो ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login