कोशी प्रदेश
हिन्दू जागरण नेपाल सुन्दरहरैचाद्वारा वडा समिति बिस्तारलाई तीव्रता
विराटचोक: मोरङको सुन्दरहरैचा नगरपालिका वडा नम्बर १२ मा रहेको सिद्धेश्वर शिव मन्दिरमा हिन्दू जागरण नेपालले वडा समिति बिस्तार गरेको छ ।
हिन्दू जागरण नेपाल सुन्दरहरैचाको आयोजनामा भएको कार्यक्रममा वडाध्यक्ष रोशनप्रसाद ढकालको प्रमुख अतिथि रहेका थिए । यस्तै विशिष्ट अतिथि हिन्दू जागरण समितिका सल्लाहकार कौशिक लगायतको सहभागी थिए ।

हिन्दू धर्मको रक्षा, जातीय विभेद उत्खनन, कला, संस्कृति, संस्कारको जगेर्ना र पाश्चात्य संस्कारलाई बहिष्कार गरी विशुद्ध हिन्दूत्व कायम राख्नु कार्यक्रमको उद्देश्य रहेको हिन्दू जागरण नेपाल सुन्दहरैंचा नगर अध्यक्ष यादवप्रसाद घिमिरेले बताए । सो कार्यक्रममा निरनाथ दाहालको अध्यक्षतामा १२ जना सदस्य चयन भएका छन् ।
नवगठित समितिलाई नयाँ कार्यकालको शुभकामना दिँदै धार्मिक पुस्तक हनुमान चालिसा समेत वितरण गरिएको थियो । प्रमुख अतिथि वडाध्यक्ष ढकालले यो कार्यक्रमले हिन्दू धर्म त्यागेर अब कुनै पनि धर्ममा जाने त परै जाओस कसैको सोचाइमा पनि त्यस्तो भावना नआउने बताए ।

हिन्दू जागरण नेपालले गरेका हरेक राम्रा कार्यमा आफू पनि संलग्न भई आफूले सक्ने जति नगर र वडाको हैसियतले जति पनि सहयोग गर्न सक्ने पनि बताए । नगरका सबै वडामा समिति गठन गरिसकेपछि हिन्दू धर्मसम्बन्धी विभिन्न तालीम कार्यक्रम चाँडै ल्याउने आयोजकले जनाएको छ ।
अहिलेसम्म ५ वटा वडाहरुमा बिस्तार कार्य भइसकेकाे छ ।
Facebook Comment
Banner
कांग्रेस देउवा समूह आज सर्वोच्च अदालत जाने
नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि आज सर्वोच्च अदालत जाने भएको छ ।
निर्वाचन आयोगले गत शुक्रबाट विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि उक्त निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च जान लागेको हो ।
गत पुस २७ देखि माघ १ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।
Banner
रास्वपा केन्द्रीय समितिको बैठक, प्रत्यक्ष उम्मेदवार टुंगो लाग्ने
प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ।बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि १६५ क्षेत्रका प्रत्यक्ष उम्मेदवारको नाम टुंगो लगाउने बताइएको छ। निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेकोको छ। उम्मेदवारी दर्ताका लागि आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवार पुग्नुपर्ने भएकाले आजै उम्मेदवारको टुंगो लगाउनुपर्ने बाध्यतामा दल रहेका छन्।
नेकपा (एमाले)ले केही क्षेत्रबाहेक अधिकांश उम्मेदवारको नाम टुंगो लगाएको छ भने कांग्रेसमा विवाद जारी छ। पार्टी आधिकारिकताको प्रमाणपत्र विशेष महाधिवेशन पक्षले पाएपछि कांग्रेसमा विवाद चर्चिएको हो।
Banner
आधिकारिकता विवादबीच निर्वाचन जाने विशेष महाधिवेशन कांग्रेसको निर्णय
विशेष महाधिवेशनबाट निर्वाचित भएको कांग्रेसले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाने निर्णय गरेको छ । गएराति गगन थापा सभापतिमा निर्वाचित भएपछि आज ललितपुरको कुपण्डोलमा बसेको पहिलो बैठकले निर्वाचन आयोग जाने निर्णय गरेको हो ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login