कोशी प्रदेश
हिन्दू जागरण नेपाल सुन्दरहरैचाद्वारा वडा समिति बिस्तारलाई तीव्रता
विराटचोक: मोरङको सुन्दरहरैचा नगरपालिका वडा नम्बर १२ मा रहेको सिद्धेश्वर शिव मन्दिरमा हिन्दू जागरण नेपालले वडा समिति बिस्तार गरेको छ ।
हिन्दू जागरण नेपाल सुन्दरहरैचाको आयोजनामा भएको कार्यक्रममा वडाध्यक्ष रोशनप्रसाद ढकालको प्रमुख अतिथि रहेका थिए । यस्तै विशिष्ट अतिथि हिन्दू जागरण समितिका सल्लाहकार कौशिक लगायतको सहभागी थिए ।

हिन्दू धर्मको रक्षा, जातीय विभेद उत्खनन, कला, संस्कृति, संस्कारको जगेर्ना र पाश्चात्य संस्कारलाई बहिष्कार गरी विशुद्ध हिन्दूत्व कायम राख्नु कार्यक्रमको उद्देश्य रहेको हिन्दू जागरण नेपाल सुन्दहरैंचा नगर अध्यक्ष यादवप्रसाद घिमिरेले बताए । सो कार्यक्रममा निरनाथ दाहालको अध्यक्षतामा १२ जना सदस्य चयन भएका छन् ।
नवगठित समितिलाई नयाँ कार्यकालको शुभकामना दिँदै धार्मिक पुस्तक हनुमान चालिसा समेत वितरण गरिएको थियो । प्रमुख अतिथि वडाध्यक्ष ढकालले यो कार्यक्रमले हिन्दू धर्म त्यागेर अब कुनै पनि धर्ममा जाने त परै जाओस कसैको सोचाइमा पनि त्यस्तो भावना नआउने बताए ।

हिन्दू जागरण नेपालले गरेका हरेक राम्रा कार्यमा आफू पनि संलग्न भई आफूले सक्ने जति नगर र वडाको हैसियतले जति पनि सहयोग गर्न सक्ने पनि बताए । नगरका सबै वडामा समिति गठन गरिसकेपछि हिन्दू धर्मसम्बन्धी विभिन्न तालीम कार्यक्रम चाँडै ल्याउने आयोजकले जनाएको छ ।
अहिलेसम्म ५ वटा वडाहरुमा बिस्तार कार्य भइसकेकाे छ ।
Facebook Comment
Banner
अमेरिका र इरानबीचको तनाव चर्कियो
मध्यपूर्वमा अमेरिका र इरानबीचको तनाव फेरि चर्किएको छ । अमेरिकी सेनाको केन्द्रीय कमान्डले इरानको हर्मुज जलमार्गमा रहेको क्युशिम टापुमा ‘आत्मरक्षाका लागि’ सैन्य कारबाही गरेको जनाएको छ ।
कतारी सञ्चारमाध्यम अलजजीराका अनुसार इरानले कुवेत र बहराइनतर्फ ब्यालिस्टिक क्षेप्यास्त्र तथा ड्रोन प्रहार गरेको छ । कुवेतको वायु प्रतिरक्षा प्रणालीले आकाशमै ती आक्रमण निष्क्रिय पारेको र बहराइनमा पनि अमेरिकी तथा बहराइनी सुरक्षा संयन्त्रले मिसाइलहरू अवरोध गरेको अमेरिकाको दाबी छ ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) ले अमेरिकी कारबाहीको जवाफ स्वरूप ड्रोन र मिसाइल आक्रमण गरेको जनाएको छ । इरानी सञ्चारमाध्यमहरूका अनुसार अमेरिकी सेनाले होर्मुज जलमार्ग नजिकै रहेको एक इरानी तेल ट्याङ्कर तथा केश्म टापुको दक्षिणी क्षेत्रमा रहेको सञ्चार टावरमा प्रहार गरेको थियो ।
आईआरजीसीले त्यसपछि अमेरिकी तथा इजरायली हितका जहाज र क्षेत्रीय सैन्य अड्डाहरूलाई निशाना बनाएको दाबी गरेको छ । मध्यपूर्वमा बढ्दो सैन्य गतिविधि र आक्रमणका कारण क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बन्दै गएको विश्लेषण गरिएको छ ।
Banner
प्रतिनिधिसभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुँदै
प्रतिनिधिसभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुँदैछ । सरकारले आर्थिक वर्ष २०८३/०८४ को लागि प्रस्तुत गरेको बजेटमाथि आजदेखि दफाबार छलफल शुरू हुने संघीय संसद् सचिवालयले जनाएको छ ।
यसैबीच प्रतिनिधिसभा नियमावली, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको हिजोको बैठकबाट नियमावली पारित भएको हो ।
बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रस्तावलाई सभाको बहुमतले पारित गरेको हो ।
सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ को नियम २ देखि २६३ सम्म र अनुसूची १ देखि ७ सम्म नियमावलीको अङ्ग बनेको घोषणा गर्नुभयो । बैठकले नियमावली मस्यौदा समितिको प्रतिवेदनका सम्बन्धमा सभापति पराजुलीले जवाफ दिने क्रममा स्वीकार गर्नुभएको संशोधन स्वीकृत गरेको थियो ।
Banner
आज पनि सुनचाँदीको भाउ घट्यो
आज सुनचाँदीको भाउ घटेको छ । आज सुन तोलामा ५ हजार ५०० रुपैयाँ घटेर २ लाख ८५ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुन तोलामा २ लाख ९० हजार ५०० मा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि २१५ रुपैयाँ घटेको छ । आज चाँदी तोलाको ४ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो तोलाको ५ हजार ८० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login