निष्पक्षखबर



जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिताको उपाधि सुकुना तेक्वान्दो डोजाङलाई

विराटचोकः मोरङको सुन्दरहरैंचामा सम्पन्न जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिताको उपाधी सुकुना तेक्वान्दो डोजाङले हात पारेको छ ।

राष्ट्रिय तेक्वान्दो सङ्घ मोरङको आयोजनामा भएको प्रतियोगितामा ८ स्वर्ण पदक हात पार्दै सुकुना तेक्वान्दो डोजाङ सुन्दरहरैंचाले ट्रफीसहित नगद १५ हजार पाएको छ ।

५ स्वर्ण जितेको बलिया तेक्वान्दो डोजाङले ट्रफीसहित नगद १० हजार पाएको छ भने ३ स्वर्णसहित तेस्रो भएको देउराली तेक्वान्दो डोजाङ मिक्लाजुङले ट्रफीसहित नगद ५ हजार पाएको छ ।

सांसद् शिवकुमार मण्डलले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा मोरङका १६ ओटा डोजाङका २ सय बढी खेलाडीले प्रतिष्पर्धा गरको आयोजकले जनाएको छ ।

Spread the love



Leave a Reply

Your email address will not be published.