निष्पक्षखबर



बुढासुब्बा गोल्डकपः बेलबारीलाई ४– ० ले हराउँदै मनाङ सेमीफाइनलमा

धरानः धरानमा भइरहेको २२ औं बुढासुब्बा गोल्डकपअन्तर्गत सोमबार भएको खेलमा मनाङ मस्र्याङ्दी क्लब सेमीफाइनलमा पुगेको छ ।

मनाङका लागि दयानन्दले २ तथा निशान लिम्बू र विमल रानाले १–१ गोल गरेका थिए । मनाङका लागि खेलको २३ औं मिनेटमा निशान लिम्बूले पहिलो गोल गरेका थिए । २ गोल गरेका दयानन्द म्यान अफ द म्याच घोषित भए ।

यसअघि युके एफसी भारत र विभागीय टोली नेपाल पुलिस क्लब सेमीफाइनलमा पुगेका छन् । मङ्गलबारको अन्तिम क्वाटर फाइनल खेल मछिन्द्र क्लब काठमाडांै र सन्ध्या फुटबल क्लब कोलकत्ता भारतबीच हुने आयोजकले जनाएको छ ।

Spread the love



Leave a Reply

Your email address will not be published.