निष्पक्षखबर



फागुन २४ गते विराटनगरमा शारीरिक सुगठन प्रतियोगिता हुने

विराटनगरः मोरङ बडीबिल्डिङ एण्ड फिटनेस एशोसिएसनले प्रथम स्ट्रोङगेस्ट म्यान अफ मोरङ प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।

फिटनेश एशोसिएसनद्वारा सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष अमलेशकुमार कर्णले समाज र देशलाई कुलतबाट बचाउन अहिलेको समयमा शारीरिक सुगठनले ठूलो भूमिका खेल्ने भएकाले प्रतियोगिता सञ्चालन गर्न लागिएको बताए ।

प्रतियोगितामा ६०, ६५, ७०, ७५ र ८० केजीदेखि माथिको तौल समूहका खेलाडीबीच प्रतिष्पर्धा गराइने आयोजकले जनाएको छ ।

Spread the love



Leave a Reply

Your email address will not be published.