समाचार
झापामा गिरिजाप्रसाद कोइराला फाउण्डेशन गठन
दमकः नेपाली काङ्ग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा झापामा फाउण्डेशन गठन गरिएको छ ।
दमकमा सम्पन्न भेलाले कोइरालाको योगदानलाई स्मरण गराउने उद्देश्यले बुद्धिराज न्यौपानेको अध्यक्षतामा १९ सदस्यीय फाउण्डेशनको जिल्ला तदर्थ समिति गठन गरिएको जनाइएको छ ।
गठित समितिको उपाध्यक्षमा राजकुमार गौतम र दीपक काफ्ले, सचिवमा श्यामकुमार लम्साल, सहसचिवमा उमा शिवाकोटी र कोषाध्यक्षमा नेत्र पौडेल रहेका छन् । सदस्यमा आशा शर्मा शिवाकोटी, ज्ञानु न्यौपाने, हस्त परियार, बालकृष्ण थपलिया, पदम प्रसार्इं, भूमि राजवंशी, शर्मिला अधिकारी, ज्ञानेन्द्र खत्री, घनेन्द्र सुब्बा, प्रकाश भण्डारी, जगन्नाथ आचार्य र टङ्क दुलाल रहेका छन् ।
Facebook Comment
Banner
पानी पार्न हेटौंडामा भ्यागुताको बिहे, ३ सय जना जन्ती
लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पर्ने जनविश्वासले हेटौडौं उपमहानगरपालिका -१६ मा स्थानीयले भ्यागुताको विवाह सम्पन्न गराएका छन्।
आकाशबाट पानीको वर्षाको होस भनेर बुधबार बिहान पण्डितको उपस्थितिमा बाजागाजासहित एक जोडी भ्यागुताको वैदिक परम्परा अनुसार विवाह गराएका हुन्।
इन्द्र भगवाकाे पूजाआजा गरेपछि एक जोडी भ्यागुता समातेर श्रृङगार गरि बेहुला–बेहुली बनाएर विवाह प्रक्रिया पुरा गरिएको स्थानीयले बताए। विवाहमा वडा अध्यक्ष रामकृष्ण कोइराला समेत उपस्थित थिए।
पानी नपर्दा गर्मी र वन डँडेलो बढ्नुका साथै अन्नबाली लगाउन समेत समस्या भएको भन्दै स्थानीयले भ्यागुताको विवाह गराएको वडा अध्यक्ष कोइरालाले जानकारी दिए।
‘विदेशमा बादल बनाएर पानी पार्छन्, हाम्रो देशमा पानी पार्न भ्यागुताको विवाह गर्नुपर्ने अवस्था छ’, कोइरालाले भने, ‘पहिले ‘पहिले भ्यागुताको विवाह गर्यो भन्ने पानी पर्छ भन्ने चलन थियो। सोही अनुसार यहाँ भ्यागुताको विवाह भएको हो।’
भ्यागुताको विवाह कार्यक्रममा करिब ३ सय जना सहभागी रहेका थिए। हेटौँडा-१६ को राम मन्दिरबाट जन्ती प्रस्थान सुरु गरी १६ नम्बरकै खमारेको कुवा पुगेर विधिपूर्वक पन्चे बाजा सहित भ्यागुताको विवाह गरिएको हो।
समाचार
नोवेललाई कदर पत्र
समाचार
इजरायल र हमासबीच गाजामा युद्ध शुरु भएको दुईसय दिन नाघ्यो, पछिल्लो समय आक्रमण तीव्र
गाजामा इजरायल र प्यालेस्टाइनबीच युद्ध शुरु भएको दुई सय दिनभन्दा बढी भइसकेको छ । पछिल्लो हप्ताहरूमा, इजरायलले यस युद्धको अवधिमा गाजामा सबैभन्दा ठूलो आक्रमण गरेको बीबीसीले जनाएको छ । गाजाको उत्तरी क्षेत्रमा धेरैजसो बम विष्फोट भएको छ । इजरायली सेनाका प्रवक्ताका अनुसार दक्षिणी गाजामा सैन्य पर्यवेक्षण चौकी र मिसाइल प्रक्षेपण पोष्टहरू सहित २५ वटा क्षेत्रलाई निशाना बनाइएको छ ।
यसैबीच पछिल्लो समय इजरायलमा आक्रमण तीव्र पारेको लेबनानी सङ्गठन हिजबुल्लाहले आफ्ना दुई सदस्यको मृत्यु भएको जानकारी दिएको छ । कतारले हमास र इजरायलबीच युद्धविरामका लागि प्रयास गरिरहेको छ । कतारमा हमासको राजनीतिक कार्यालय पनि छ ।
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login