स्थानीय तह
सुन्दरहरैंचामा लोक सेवा तयारी कक्षा शुरु, निःशुल्क दिइएको भनेर कम महत्व नदिन अनुरोध
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाले महिला तथा आदिवासी जनजातिलक्षित लोक सेवा तयारी कक्षा मङ्गलबारदेखि शुरु गरेको छ । सो कार्यक्रमका अधिकांश वक्ताले निःशुल्क दिइएको तयारी कक्षा भनेर कम महत्वको नठान्न अनुरोध गरे ।
इष्ट नेपाल टेक्निकल कलेजले महिलालक्षित र मझेरी मिडिया प्रालिले आदिवासी जनजातिलाई लक्षित गरी तयारी कक्षा निःशुल्क सञ्चालन गर्न लागेको नगरपालिकाले जनाएको छ ।

तयारी कक्षा उद्घाटन कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै सुन्दरहरैंचा नगरपालिकाको महिला तथा बालबालिका उपशाखा प्रमुख सुशीला अधिकारीले निःशुल्क लिन पाएको कक्षा भनेर बेवास्ता गर्ने र कम महत्व दिने कार्य गर्न नहुने बताइन् । निःशुल्क तयारी कक्षा लिने पाइने भन्ने आशयले मात्रै कक्षा लिन लागेको भए त्यसो नगर्न र नियमित कक्षामा आउन असम्भव हुने हो भने आफ्नो ठाउँमा अरु नै व्यक्तिलाई कक्षा लिनको लागि सिफारिश गर्न पनि उनले अनुरोध गरिन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा नम्बर १२ का अध्यक्ष रोशन ढकालले लक्षित वर्गका यस्ता कार्यक्रम लक्षित समुदायले यथेष्ट उपयोग गर्नुपर्ने बताए । नगरले राखेको उद्देश्य पूरा गर्न आयोजक, प्रशिक्षक र प्रशिक्षार्थीले सहयोग गर्नुपर्ने उनले उल्लेख गरे । यस्ता कार्यक्रमले उचित प्रतिफल दिन नसके अर्काे वर्षदेखि यस्ता कार्यक्रम कटौती हुने उनको भनाइ थियो । यस्ता तालीमबाट पर्याप्त ज्ञान लिन सके कार्यक्रमको उद्देश्य पूरा हुने पनि उनले उल्लेख गरे ।

वडा नम्बर १२ का सचिव अनिल पोखरेलले यहाँ तयारी कक्षा लिँदैमा पास हुने ग्यारेन्टी नहुने बताए । प्रशिक्षार्थीले जति बढी मिहिनेत गर्याे त्यति नै आफू सफल हुने उनको भनाइ थियो । नियमित कक्षा लिएर प्रशिक्षकले दिने टिप्स र पहिले परीक्षा दिने साथीसँगको अन्तरक्रियाबाट लेख्ने तरिका र पढ्ने तरिका थाहा हुने जसले गर्द परीक्षामा सफल हुन सहयोग पुग्ने उनले जनाए ।
आदिवासी जनजाति महासङ्घ सुन्दरहरैंचाका अध्यक्ष सुमन राईले लक्षित वर्गको लागि नगरपालिकाले छुट्याएको बजेटको सदुपयोग गर्न अनुरोध गरे । निःशुल्क तयारी कक्षा भएको हुनाले कक्षा लिइहालौँ न त भनेर मात्रै यस्तो कक्षा लिइएको भए त्यो प्रवृत्तिले आफूलाई मात्रै नभई सोही कारण अर्काे वर्षदेखि बजेट काटिएमा लक्षित वर्गलाई नै घाटा हुने उनको भनाइ थियो ।
मागको दोब्बर आवेदन परेपछि सबैलाई लोक सेवा तयारी कक्षामा सहभागी गराउँदै बेलबारी

Facebook Comment
Banner
कांग्रेस देउवा समूह आज सर्वोच्च अदालत जाने
नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि आज सर्वोच्च अदालत जाने भएको छ ।
निर्वाचन आयोगले गत शुक्रबाट विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि उक्त निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च जान लागेको हो ।
गत पुस २७ देखि माघ १ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।
Banner
रास्वपा केन्द्रीय समितिको बैठक, प्रत्यक्ष उम्मेदवार टुंगो लाग्ने
प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ।बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि १६५ क्षेत्रका प्रत्यक्ष उम्मेदवारको नाम टुंगो लगाउने बताइएको छ। निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेकोको छ। उम्मेदवारी दर्ताका लागि आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवार पुग्नुपर्ने भएकाले आजै उम्मेदवारको टुंगो लगाउनुपर्ने बाध्यतामा दल रहेका छन्।
नेकपा (एमाले)ले केही क्षेत्रबाहेक अधिकांश उम्मेदवारको नाम टुंगो लगाएको छ भने कांग्रेसमा विवाद जारी छ। पार्टी आधिकारिकताको प्रमाणपत्र विशेष महाधिवेशन पक्षले पाएपछि कांग्रेसमा विवाद चर्चिएको हो।
Banner
आधिकारिकता विवादबीच निर्वाचन जाने विशेष महाधिवेशन कांग्रेसको निर्णय
विशेष महाधिवेशनबाट निर्वाचित भएको कांग्रेसले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाने निर्णय गरेको छ । गएराति गगन थापा सभापतिमा निर्वाचित भएपछि आज ललितपुरको कुपण्डोलमा बसेको पहिलो बैठकले निर्वाचन आयोग जाने निर्णय गरेको हो ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login