Connect with us
Advertisement

सिद्धबाबा कृष्णबहादुर गिरीद्वारा जिल्ला अदालत सुनसरीमा आत्मसमर्पण

Published

on

सुनसरी  अनुयायी महिलामाथि बलात्कारमा अभियुक्त सिद्धबाबा उर्फ कृष्णबहादुर गिरीले जिल्ला अदालत सुनसरीमा आत्मसमर्पण गरेका छन् । गिरीले म‌गलबार  बिहान आत्मसमर्पण गरेका हुन् । आत्मसमर्पण लगत्तै उनलाई जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरी झुम्का कारागारमा पुरपक्षकालागि थुनामा पठाएको  जिल्ला अदालतका निमित्त श्रेस्तेदार निधिराम दाहालले जानकारी दिए ।

जिल्ला अदालतले ३ लाख रुपैयाँ धरौटीमा छाडे पनि उच्च अदालत विराटनगरले थुनामा राखेर कारबाही अगाडि बढाइने आदेश दिएको थियो । आदेशकै दिन प्रहरीलाई छलेर उनी फरार बनेका थिए । फरारपछि झण्डै एक महिनापछि मात्रै जिल्ला अदालतमा आत्मसमर्पण गरेका हुन् ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

इन्धन बोकेर भारत आउँदै गरेको जहाजमाथि स्ट्रेट अफ होर्मुजमा आक्रमण

Published

on

विश्वको सबैभन्दा व्यस्त समुद्री मार्ग ‘स्ट्रेट अफ होर्मुज’ मा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये एउटा प्रमुख निसाना भारतको गुजराततर्फ आउँदै गरेको जहाज पनि बनेको छ । यस घटनाले भारतको ऊर्जा आपूर्ति र समुद्री व्यापारिक सुरक्षामा गम्भीर चिन्ता पैदा गरेको छ ।

थाइल्याण्डको स्वामित्वमा रहेको ‘मयूरी नारी’ नामक जहाज ओमानको समुद्री तटबाट करिब ११ नटिकल माइल उत्तरमा आक्रमणमा परेको हो यो जहाज भारतको गुजरात राज्यको बन्दरगाहतर्फ आउँदै थियो । थाई नौसेनाका अनुसार यूएईको आबुधाबीस्थित खलिफा पोर्टबाट जहाज प्रस्थान गरेको केही घण्टामै जहाजमा आक्रमण भएको थियो । समाचार एजेन्सी एपीका अनुसार अज्ञात ‘प्रोजेक्टाइल’ ठोक्किएपछि जहाजमा भीषण आगलागी भएको थियो, जसका कारण जहाजको सञ्चालन पूर्ण रूपमा ठप्प भएको छ ।

Continue Reading

Banner

इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा

Published

on

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।

यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएको बताएका थिए ।  ट्रम्पले ट्रुथ सोसलमार्फत् खामेनी मारिएको दाबी गरे पनि इरानबाट पुष्टि हुन सकेको थिएन । इरानका विदेशमन्त्री अब्बास अराघचीले त एनबीसी समाचार संस्थासँगको कुराकानीका क्रममा आफ्ना नेता सुरक्षित र स्वस्थ रहेको दाबी गरेका थिए ।तर इरान राज्यको टेलिभिजनका एक प्रस्तोताले भावकु हुँदै सर्वोच्च नेता खामेनीको मृत्यु भएको र ४० दिन शोकको घोषणा भएको जानकारी दिएको बीबीसीले जनाएको छ ।अलजजिराका अनुसार इरानको फार्स न्युज एजेन्सीले पनि सर्वोच्च नेता खामेनी शनिबार नै मारिएको जनाएको छ । समाचारअनुसार खामेनी आफ्नो कार्यालयमा ‘आफूलाई तोकिएको जिम्मेवारी पूरा गरिरहँदा’ शनिबार बिहान सबेरै मारिएका थिए ।

फार्स न्युज एजेन्सीका अनुसार सरकारले ४० दिन शोक र सात दिन सार्वजनिक बिदा समेत घोषणा गरेको छ ।

इरानकै तस्निम न्युज एजेन्सीले पनि खामेनीको मृत्यु पुष्टि भएको जनाएको छ ।

को हुन् खामेनी ?

८६ वर्षीय यी इस्लामिक विद्वान नेता खामेनी सन् १९८९ देखि इरानको सर्वोच्च नेताका रूपमा रहँदै आएका छन् । उनले इस्लामिक गणतन्त्र इरानका संस्थापक आयतुल्लाह रुहोल्लाह खोमेनीको उत्तराधिकारीका रूपमा यो पद सम्हालेका हुन् । खोमेनीले निर्वासनबाट फर्केर सन् १९७९ को इस्लामिक क्रान्तिको नेतृत्व गरेका थिए, जसले अमेरिकाका सहयोगी शासक शाह मोहम्मद रेजा पहलवीलाई सत्ताच्युत गरेको थियो ।

इस्लामिक गणतन्त्र इरानका संस्थापक आयतुल्लाह रुहोल्लाह खोमेनी । उनको ३ जुन १९८९ मा निधन भएको थियो ।
खामेनीसँग सरकारका सबै निकाय, सेना र न्यायपालिकामाथि अन्तिम अधिकार रहन्छ । यसका साथै उनले देशको सर्वोच्च आध्यात्मिक नेताका रूपमा पनि भूमिका निर्वाह गर्छन् ।

आफ्नो शासनकालमा खामेनीले पश्चिमा देशहरूसँगको शत्रुतापूर्ण सम्बन्धको सामना गरेका छन्, जसमा कडा आर्थिक प्रतिबन्ध र स्वदेशभित्रै अर्थव्यवस्था तथा अधिकारका विषयमा भएका कैयौँ चरणका विरोध प्रदर्शन समावेश छन् ।

उनले संयुक्त राज्य अमेरिकालाई इरानको पहिलो शत्रुका रूपमा घोषणा गरेका छन्, जसमा इजरायललाई पनि उस्तै प्रमुख शत्रुको रूपमा हेर्ने गरिन्छ ।

खामेनीको शक्तिका लागि इरानका दुई प्रमुख सुरक्षा निकायहरू- इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स र बासिज अर्धसैनिक बल अत्यन्तै महत्त्वपूर्ण रहेको छ । बासिज बलमा लाखौँको संख्यामा स्वयंसेवक आबद्ध छन्, जसले शासनको सुरक्षामा ठुलो भूमिका खेल्छन् ।

खामेनीले लामो समयदेखि इरानले कहिल्यै पनि आणविक हतियार नबनाउने र आफ्नो आणविक कार्यक्रम विशुद्ध नागरिक प्रयोजनका लागि मात्र भएको बताउँदै आएका छन् । अमेरिकी गुप्तचर निकाय र संयुक्त राष्ट्र सङ्घको आणविक वाचडग (आइएइए) दुवैले इरानले आणविक हतियार निर्माणको प्रयास गरिरहेको कुनै प्रमाण फेला पारेका छैनन् । यद्यपि, इजरायल र ट्रम्प प्रशासनका केही सदस्य भने इरानले आणविक हतियार बनाउन खोजिरहेको भन्दै निरन्तर दबाब दिइरहेका छन् ।

खामेनीबारे अमेरिका र इजरायल

पछिल्लो समय, जुन २०२५ मा भएको १२ दिने युद्ध र त्यसपछि इरानले इजरायलमाथि गरेको प्रतिशोधात्मक आक्रमणपछि इजरायली रक्षा मन्त्री इजरायल काट्जले खामेनीको ‘अस्तित्व रहिरहनु हुँदैन’ भन्ने विचार दिएका थिए । उनले खामेनीलाई ‘आधुनिक हिटलर’ को संज्ञा दिँदै इरानको नेतृत्वबाट उनलाई हटाउनु नै इजरायली सैन्य अपरेसनको प्रमुख उद्देश्यमध्ये एक भएको बताएका थिए ।

फेब्रुअरी २८, २०२६ मा भएको पछिल्लो आक्रमणका क्रममा पनि इजरायली अधिकारीहरूले खामेनी र इरानी राष्ट्रपति मसुद पेजेस्कियानलाई लक्षित गरिएको स्वीकार गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानी नागरिकहरूलाई सम्बोधन गर्दै आफ्नो सरकार आफैँ सम्हाल्न आह्वान गरेका छन्, जसले अमेरिका इरानमा सत्ता परिवर्तनको पक्षमा रहेको सङ्केत गर्छ ।

यसै महिना इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले खामेनीको हत्या गर्ने प्रयासलाई इजरायलले नकारेको छैन भन्ने सङ्केत गरेका थिए ।

Continue Reading

Banner

झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

Published

on

झापाको भद्रपुर नगरपालिका–१० सत्रविघेमा सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु भएको छ । अज्ञात व्यक्तिको आक्रमणमा सोही स्थानका बासिन्दा खेम ढकालको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार साँझ ढकाल छिमेकीको घरबाट आफ्नो निवासतर्फ फर्कँदा अज्ञात व्यक्तिहरूको आक्रमणमा परेका हुन् । आक्रमणबाट गम्भीर घाइते भएका उनको अस्पताल पुर्याउने क्रममा बाटोमा मृत्यु भएको हो । संलग्न भएको आशङ्कामा प्रहरीले सिरहाका २६ वर्षीय दीपेशकुमार सिंहलाई पक्राउ गरेको प्रहरी प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताए ।

सिरिन्जमा प्रयोग गरिएको पदार्थबारे जानकारी भइनसकेको उनले बताए ।

– राससबाट

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक