सुदुर पश्चिम प्रदेश
ठगीको मुद्दा लागेका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री रावलले पदबाट राजीनामा दिएका छन्।
महेन्द्रनगरको जनज्योती क्याम्पसका शेयर सदस्य समेत रहेका रावल सहितका ३६ जना विरुद्ध गत साउनमा जिल्ला अदालत कञ्चनपुरमा ठगी र कागजात किर्ते गरेको मुद्दा परेको छ।
सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग रावलको सम्पत्तीमाथि पनि छानविन सुरु गरेको छ। पदबाट राजिनामा दिदै राज्यमन्त्री रावलले आफूमाथि जबरजस्ती नियोजित रुपमा मुद्दा सिर्जना गरिएको आरोप लगाएका छन्।
रावलले कलेजको शेयर बिक्रिमा आफ्नो कुनै संलग्नता नरहेको भएपनि झुठा उजुरी दिईएको दावी गरेका छन्। मुख्यमन्त्रीलाई सम्बोधन गर्दै लेखिएको राजिनामा पत्रमा रावलले भनेका छन्, ‘शेयर सम्बन्धी मेरो कुनै पनि संलग्नता नरहेको विषयमा झुठा उजुरी दिदा प्रहरीको अनुसन्धानमा म उपर कहि कतै आरोप नहुदा नहुदै जबरजस्ती मुद्दा सिर्जना गरियो।’
उनले आफ्नो सफलता र जिम्मेवारीप्रती नराकात्मक चिन्तन भएका केही व्यक्तिले झुठा आरोप लगाई बदनाम गर्ने षडयन्त्र गरेको आरोप पनि उनले लगाएका छन्। रावलले आफूमाथि लगाईएका आरोप निष्पक्ष र तथ्ययुक्त छानविन होस् भन्ने उद्देश्यले पदबाट राजिनामा दिएको बताएका छन्। उनले अनुसन्धानमा सघाउने पनि उल्लेख गरेका छन्।
उनी विरुद्ध गत साउनमा जिल्ला अदालत कञ्चनपुरमा ठगी र कागजात कित्र्ते गरेको मुद्दा परेको थियो। महेन्द्रनगरको जनज्योती क्याम्पसका शेयर सदस्य समेत रहेका रावल सहितका ३६ जना विरुद्ध मुद्दा परेको अदालतले जनाएको छ।
Facebook Comment
Banner
सरकारको निर्णयसँगै नेपालमा बन्द भए सूचीकरण नभएका सामाजिक सञ्जाल
दूरसञ्चार सेवा प्रदायक कम्पनीले सरकारको निर्देशनअनुसार नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय पारेका छन्।
नेपाल टेलिकम, एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणको पत्रपश्चात दर्ता नभएका सामाजिक सञ्जाल देशभर निष्क्रिय पारेका हुन्।
नेपाल टेलिकमले एक सूचनामार्फत नेपालमा सूचीकरण नभई सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू निष्क्रिय गराउन पत्र लेखी आएकाले सोही निर्देशनबमोजिम त्यस्ता सामाजिक प्लेटफर्महरू हालका लागि बन्द गरिएको जनाएको छ।प्राधिकरणको पत्र र सर्वोच्च अदालतको आदेश, नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबमोजिम टेलिकमले उक्त निर्णय गरिएको टेलिकमले जनाएको छ।
एनसेलले पनि सरकारको निर्देशनअनुसार आफ्नो नेटवर्कमा नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गरिएको जनाएको छ।
प्राधिकरणले बिहीबार पत्राचार गर्दै विभिन्न २६ वटा सामाजिक सञ्जाल निष्क्रिय गराउन आग्रह गरेको थियो। त्यसमा फेसबुक, म्यासेन्जर, इन्टाग्राम, युट्युब, ह्वाटसएपलगायत सामाजिक सञ्जाल छन्।
Banner
सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिएर भए पनि गठबन्धन जोगाउने दलहरूको तयारी
सत्ता गठबन्धनले सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री एकीकृत समाजवादी पार्टीलाई दिएर भए पनि गठबन्धन जोगाउने तयारी थालेको छ । मुख्यमन्त्री आफ्नो दलले नपाएपछि एकीकृत समाजवादीले कांग्रेससँग मिलेर नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीमा सघाएको छ ।
एमाले र माओवादीले भने नागरिक उन्मुक्तिकै कैलाश चौधरीलाई समर्थन गरेका छन् । तर एकीकृत समाजवादीविना सुदूरपश्चिममा सरकार बन्न नसक्ने, अरू प्रदेशमा पनि गठबन्धनका सरकार ढल्न सक्ने र सङ्घीय सरकारलाई समेत असर पर्ने भएकाले गठबन्धनका दलहरूले मध्यमार्गी बाटो खोज्ने भएका हुन् ।
आज बिहान एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने विषयमा लचकता देखाउनुभएको छ । मुख्यमन्त्रीमा नयाँ समझदारी भएपछि यसअघि एकीकृत समाजवादीले केन्द्रीय सत्ता गठबन्धनसँग गरेको विद्रोहबाट पछाडि फर्किनेछ ।
यसअघि प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन नसकिने बताएपछि एकीकृत समाजवादीले कांग्रेससँग गठबन्धन गरेको थियो ।
एकीकृत समाजवादीलाई केही समयका लागि मुख्यमन्त्री दिएर अहिलेको सङ्कट टार्न नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि सकारात्मक हुनुभएको छ । तर नागरिक उन्मुक्तिका सात जनामध्ये धेरैजसो सांसद रेशम चौधरी गुटमा रहेका छन् । मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिकै दुई जनाको दाबी पेस भएपछि प्रदेश प्रमुख निजर मियाँले कानुनी परामर्श गरिरहनुभएको छ ।
५३ सदस्यीय सुदूरपश्चिममा बहुमतका लागि २७ जना सांसदको आवश्यक पर्छ । सुदूरपश्चिम प्रदेश सभामा नेकपा एमालेका १०, माओवादी केन्द्रका सभामुखबाहेक १०, नागरिक उन्मुक्तिका सात र एकीकृत समाजवादीका ४ जना सांसद छन् । त्यस्तै राप्रपाका एक जना र एक जना स्वतन्त्र सांसद छन् ।
Banner
यी हुन् हमासको आक्रमणमा परी इजरायलमा ज्यान गुमाउने १० जना नेपाली विद्यार्थी
काठमाडौंः सुदूर पश्चिम विश्वविद्यालयबाट १ महिना अघि इजरायल गएका ४९ जना विद्यार्थीमध्ये १० जनाको प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले गरेको आक्रमणमा परी ज्यान गएको छ ।
राजदूत कान्ता रिजालका अनुसार इजरायलमा भएको उक्त आक्रमणमा परी घाइते भएका तीन नेपालीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । यस्तै, अन्य ३ जना सुरक्षित अवस्थामा रहेका छन् । अर्का एकजनाको अवस्था भने हालसम्म अज्ञात रहेको छ ।
ज्यान गुमाउनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह र मधुवन–१, सुनसरीका राजेशकुमार स्वर्णकार,पाँचनली–डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, शारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामी रहेका छन् ।
स्थानीय अस्पतालमा उपचार हुनेमा शारदा–२ सल्यानका विधान सेजुवाल, दगिशरण–३ दाङका प्रविण डाँगी र गोरखा–८ गोरखाका हिमाञ्चल कट्टेल रहेका छन् । टीकापुर–९ कैलालीका धनबहादुर चौधरी भने उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।
त्यस्तै, त्रिवेणी–१ सल्यानका प्रमोद केसी र भजनी त्रिशक्ति–४ कैलालीका वीरेन्द्र चौधरी सुरक्षित रहेको दूतावासले जानकारी दिएको छ ।
कञ्चनपुरका विपिन जोशी बेपत्ता छन्।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने












You must be logged in to post a comment Login