Connect with us
Advertisement

कोरोनाका कारण अस्तव्यस्त फिल्म रिलिज

Published

on

असोजमा आएको फिल्म ‘छ माया छपक्कै’ पछि करीब ३ महिना नेपालका सिनेमा घरहरु सुनसान देखिए । आश गरिएका केही फिल्म प्रदर्शनमा आए पनि दर्शकले हलसम्म जाने जाँगर नै चलाएनन् । मंसिरपछि जाडो मौसमका कारण दर्शक हलसम्म नआउने डरले निर्माताले फिल्म प्रदर्शन नै गरेनन् । जसले गर्दा सिंगल थिएटरहरु बन्द हुने अवस्थामा समेत पुगेका थिए ।

विदेशी फिल्मलाई दर्शक अभाव नहुनु तर नेपाली फिल्म हेर्ने दर्शक नभएर शो नै रद्द हुँदा फिल्मकर्मीमा निराशा छाएको थियो । यस बारेमा कतिपयले राम्रा फिल्म नबनेका कारण हलमा दर्शक नआएको तर्क राखे भने केहीले नेपाली फिल्ममा संकटकाल लगाउनुपर्ने आवाज पनि उठाए । यसबीच, माघ २४ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘साङ्लो’ ले केही आश जगायो ।

लामो समयदेखि दर्शकको अभाव भोगिरहेको नेपाली फिल्मलाई यो फिल्मले एक हदसम्म राहत दिएको थियो । प्रदर्शनको दोस्रो दिन फिल्मले बक्सअफिसमा राम्रो कमाई गर्‍यो । तर, पहिलो विकेन्डपछि यो फिल्मले पनि दर्शकको खडेरी भोग्नुपर्‍यो । योसँगै एकसाथ प्रदर्शनमा आएको अर्को फिल्म ‘सेल्फी किङ’ बाट ठूलो आश गरिएको थियो । तर, यसले हलमा दर्शक नै तान्न सकेन ।

यसपछि फागुन ९ गतेबाट प्रदर्शनमा आउँदै गरेका दुई फिल्म ‘सेन्टी भाइरस’ र ‘आमा’ प्रति धेरैले आश गरेका थिए । यी दुई फिल्मले नेपाली फिल्मको सुस्ताएको बजार एक हदसम्म चलायमान बनाउने अपेक्षा गरिएको थियो । ‘सेन्टी भाइरस’ ले प्रदर्शनको दुई दिन राम्रो व्यापार गर्‍यो पनि । तर, खराब माउथ पब्लिसिटीका कारण आइतवारबाट फिल्म कमाईमा कमजोर बन्दै गयो ।

यो फिल्म बक्सअफिसमा कमजोर बन्न थालेपछि दोस्रो हप्ताबाट ‘आमा’ ले आफ्नो गति समात्यो । बलियो ‘वर्ड अफ माउथ’ भएकाका कारण फिल्म हेर्ने दर्शक हलमा बढिरहेका थिए । तर, गएको हप्ता दिनदेखि यो फिल्मको व्यापार पनि चौपट भएको छ । संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको त्रासले यतिबेला हलमा विदेशी फिल्म हेर्ने समेत दर्शक छैनन् ।

चीनबाट फैलिएको कोरोनाका कारण सयौंको मृत्यु भैसकेको छ भने हजारौं संक्रमित छन् । डब्लूएचओले नेपाल कोरोनाको उच्च जोखिममा रहेको बताएपछि अहिले हरेक नेपालीको मनमा त्रास उत्पन्न भएको छ । यद्यपि, अहिलेसम्म नेपालमा यो भाइरसको संक्रमण कसैमा देखिएको छैन । तर, सरकारले भीडभाडमा नजान र अनिवार्य रुपमा मास्क लगाएर हिँड्न आग्रह गरिरहेको छ ।

कोरोना भाइरसका कारण अहिले हरेक क्षेत्रमा ठूलो प्रभाव परेको छ । यसको धक्का विस्तारै नेपाली फिल्म क्षेत्रलाई पनि पर्न थालेको छ । अहिले हलमा प्रदर्शनरत फिल्मको व्यापार नाजुक छ भने प्रदर्शनको तयारीमा रहेका फिल्म अन्योलमा छन् । कोरोनाको कारण फागुन ३० मा प्रदर्शन हुने निश्चित भएको फिल्म ‘म यस्तो गीत गाउँछु २’ अनिश्चितकालका लागि रोकियो ।

चैत ७ मा आउने फाइनल भएको फिल्म ‘नीरफूल’ को पनि प्रदर्शन स्थगन भैसकेको छ । कोरोनाका कारण हलमा दर्शक नआउने डरले एकपछि अर्को फिल्मको प्रदर्शन स्थगित हुँदा प्रदर्शनको तयारीमा रहेका अरु फिल्मका निर्माता समेत चिन्तित देखिन थालेका छन् । चैत २१ मा प्रदर्शन हुन लागेको फिल्म ‘लक्का जवान’ को पनि रिलिज पोस्टपोन्ड हुनसक्ने सम्भावना प्रवल छ ।

यस वर्षका लागि अन्तिम दुई फिल्म ‘प्रेमगीत ३’ र ‘चपली हाइट ३’ पनि तोकिएकै मितिमा प्रदर्शन हुने सम्भावना न्यून छ । ‘प्रेमगीत ३’ निर्माता तथा निर्देशक सन्तोष अहिले पर्ख र हेरको अवस्थामा छन् । उनी अझै केही दिन माहोल हेरेर फिल्म सार्ने वा नसार्ने भन्ने निर्णय लिने बताउँछन् । अहिलेकै अवस्था रहे उनी फिल्म सार्ने सोचमा छन् । हाल फिल्मको गीतको छायांकन भैरहेको छ ।

फिल्म ‘चपली हाइट ३’ भने चैत २८ गतेबाट पोस्टपोन्ड नहुने निर्माता अर्जुन कुमारले दाबी गरेका छन् । फेसबुकमा भैरहेको अनावश्यक हल्लाले मानिसमा कोरोनाको त्रास उत्पन्न भएको उनको भनाई छ । राम्रो फिल्म बनाए दर्शक फिल्म हेर्न हल आउने उनी बताउँछन् । तर, चैत अन्तिमसम्म पनि अहिलेकै अवस्था रहे उनी फिल्म नसार्ने अडानमा कायमै रहलान् भन्न सकिन्न ।

कोरोनाको त्रासले आश गरिएका फिल्महरु लगालग पछाडि सर्न थालेपछि यसबाट नेपाली फिल्म क्षेत्रलाई ठूलो क्षती हुने देखिएको छ । त्यस्तै, अहिले पोस्टपोन्ड भएका फिल्मलाई नयाँ प्रदर्शन मिति पाउन पनि उस्तै मुश्किल हुने देखिन्छ । तंग्रिदै गरेको नेपाली फिल्म क्षेत्रलाई कोरोनाको त्रासले ठूलो धक्का दिएको छ । यसबाट तंग्रिन नेपाली फिल्म क्षेत्रले एकपटक ठूलै संघर्ष गर्नुपर्ने हुन्छ ।

याे समाचार फिल्म खबर बाट 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

होटल जलेर खरानी भए पनि समाजसेवा रोकिएन, दुलालले बनाए नमुना ज्येष्ठ नागरिक चौतारी

Published

on

मोरङको सुन्दरहरैँचा नगरपालिका–९ गोविन्द मार्गमा समाजसेवी भोलेश्वर दुलालले मौलिक नेपाली संस्कृति र धार्मिक महत्व झल्काउने ज्येष्ठ नागरिक चौतारी (फल्चा) निर्माण गरी समुदायलाई हस्तान्तरण गरेका छन्।

दुर्गादेवी दुलाल एकल महिला प्रतिष्ठानमार्फत निर्माण गरिएको उक्त चौतारी दुलालले आफ्नै निजी १२ धुर जग्गामा करिब १ करोड रुपैयाँको लागतमा निर्माण गरेका हुन्। उपत्यकाबाहिर विरलै देखिने मौलिक शैलीको चौतारी निर्माणका लागि काठमाडौंलगायत विभिन्न स्थानबाट कालीगढ तथा निर्माण सामग्री ल्याइएको थियो।

इँटा र काठमा आकर्षक बुट्टा कुँदेर निर्माण गरिएको चौतारीले पुरानो नेपाली मौलिक संस्कृति र वास्तुकलाको झल्को दिन्छ। चौतारी निर्माणका क्रममा भक्तपुरमा पूजाआजा गरी देवीझोडाको माटो र मास प्रयोग गरेर इँटा जडान गरिएको दुलालले बताए।

दुलाल दम्पतीको परिकल्पनामा निर्माण भएको चौतारीको निर्माण कार्य प्रमिला दुलाल इन्द्रपुर लायन्स क्लबको अध्यक्ष रहेका बेला अघि बढाइएको थियो। निर्माण सम्पन्न भएपछि यसको मर्मतसम्भार तथा संरक्षणको जिम्मेवारी इन्द्रपुर लायन्स क्लबलाई दिने गरी समुदायलाई हस्तान्तरण गरिएको हो।

होटल जलेर खरानी भए पनि समाजसेवा निरन्तर
दुलालले सञ्चालन गर्दै आएको नेपालीरिका होटल गत वर्षको जेनजी आन्दोलनका क्रममा आगलागीबाट पूर्ण रूपमा ध्वस्त भएको थियो। होटल जलेर ठूलो क्षति व्यहोर्नुपरे पनि दुलाल परिवारले सामाजिक सेवाको अभियानलाई निरन्तरता दिएको हो।

आफ्नो व्यक्तिगत पीडाका बाबजुद दुलालले जग्गासहित करिब १ करोड रुपैयाँ बराबरको संरचना निर्माण गरी समुदायलाई हस्तान्तरण गरेका छन्।

चौतारी हस्तान्तरण कार्यक्रममा सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले दुलाल परिवारले देखाएको सामाजिक संस्कार र सेवाभावबाट सबैले सिक्नुपर्ने बताए।

उनले पछिल्लो समय समाजमा सामाजिक तथा नैतिक संस्कार कमजोर हुँदै गएको उल्लेख गर्दै मानवीय र नैतिक शिक्षालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए। दुलालले निर्माण गरेको चौतारीले नेपाली मौलिकपनलाई जीवन्त राख्नुका साथै ज्येष्ठ नागरिकबीच अनुभव आदानप्रदान गर्ने महत्वपूर्ण थलोका रूपमा भूमिका खेल्ने उनको भनाइ थियो।

निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था
चौतारी परिसरमा शौचालय, खानेपानीको धारा र किचनसमेत निर्माण गरिएको छ। साथै, दुलालको आफ्नै उद्योग पीएलओ ल्युब आयल प्रालिमा कार्यरत स्वास्थ्यकर्मी तथा नर्समार्फत हरेक मंगलबार ज्येष्ठ नागरिकसहित समुदायका लागि निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको दुलालले जानकारी दिए।

चौतारीको संरक्षण, संवर्द्धन तथा रेखदेखको जिम्मेवारी सुन्दर नमुना टोल विकास संस्थाले लिने अध्यक्ष गोपाल दाहालले बताए। समुदायका सबै पक्षको सहकार्यमा संरचनाको संरक्षण गर्दै आगामी पुस्ताका लागि समेत उपयोगी बनाइने उनको भनाइ छ।

हस्तान्तरण कार्यक्रममा वडा नं. ९ का अध्यक्ष प्रकाश श्रेष्ठ, कार्यपालिका सदस्य रूजा घिमिरे, इन्द्रपुर लायन्स क्लबका अध्यक्ष योजना शर्मा, इन्द्रपुर जेसीजका अध्यक्ष समीर बस्नेत तथा सुन्दरहरैँचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीलगायतको उपस्थिति थियो।

दुलाल परिवारले विगत ३६ वर्षदेखि सुन्दरहरैँचा क्षेत्रमा विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएको जनाइएको छ। व्यक्तिगत कठिनाइ र क्षतिका बीच पनि सामाजिक सेवामा निरन्तर सक्रिय रहेको दुलाल परिवारको कार्यक्रममा उपस्थित अतिथिहरूले प्रशंसा गर्दै आगामी दिनमा समेत सेवाकार्यलाई निरन्तरता दिन शुभकामना दिएका थिए।

Continue Reading

Banner

पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड

Published

on

पूर्वाञ्चल विश्वविद्यालयले आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ९९ करोड १६ लाख ९७ हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ ।

सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा बसेको विश्वविद्यालयको ४३औँ सभाले रजिस्ट्रार प्राडा पन्नाबहादुर थापाले प्रस्तुत गरेको आय–व्यय विवरण तथा नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको हो ।

विश्वविद्यालयले आगामी वर्ष शैक्षिक रूपान्तरण, प्रविधिमैत्री पूर्वाधार र चिकित्सा शिक्षाको विस्तारलाई मुख्य प्राथमिकतामा राखेको छ । विश्वविद्यालयका अनुसार गोठगाउँस्थित ८०५ बिघा जग्गामा गुरुयोजनाअनुसार एकीकृत भौतिक संरचना विकास गरिनेछ ।

त्यस्तै, कृत्रिम बुद्धिमत्ता (एआई), डाटा साइन्स र साइबर सेक्युरिटीलगायतका क्षेत्रमा नयाँ तथा विशिष्टीकृत पाठ्यक्रम तयार गरी सञ्चालन गर्ने योजना अघि सारिएको छ । चिकित्साशास्त्र र इन्जिनियरिङतर्फ पनि विशिष्टीकृत पाठ्यक्रम विकास गर्ने नीति विश्वविद्यालयले लिएको छ ।

विश्वविद्यालयका प्रशासनिक तथा शैक्षिक सेवाहरूलाई एकीकृत डिजिटल इकोसिस्टममार्फत सञ्चालन गरी सेवा प्रवाहलाई सहज, पारदर्शी र प्रविधिमैत्री बनाउने लक्ष्य राखिएको छ ।

चिकित्सा शिक्षातर्फ गोठगाउँ परिसरमा निर्माणाधीन १०० शय्याको मातृ–शिशु अस्पताल निर्माण सम्पन्न गर्ने योजना छ । साथै, कोशी अस्पतालसँगको सहकार्यमा चिकित्सा शिक्षाको गुणस्तर सुदृढ गर्ने कार्यक्रम अघि बढाइएको छ ।

सभामा बोल्दै शिक्षामन्त्री पोखरेलले बदलिँदो प्रविधि र विश्वव्यापीकरणको मागअनुसार उच्च शिक्षालाई रूपान्तरण गर्नुपर्ने बताए । विश्वविद्यालयले विद्यार्थीलाई रोजगारी खोज्ने जनशक्तिमा मात्र सीमित नराखी रोजगारी सिर्जना गर्न सक्ने उद्यमशील जनशक्तिका रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिए ।

उनले पारित नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्पष्ट कार्ययोजना, जिम्मेवारी र समयसीमा निर्धारण गर्न निर्देशनसमेत दिए ।

शिक्षा मन्त्रालयका सचिव चूडामणि पौडेलले बजेटको प्रभावकारी कार्यान्वयन गर्दै शैक्षिक प्रणाली सुधारमा केन्द्रित हुनुपर्ने बताए । अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले विश्वविद्यालयले प्रस्तुत गरेको बजेट तथा नीति कार्यक्रम सकारात्मक रहेको बताए ।

Tap TapRoyal enfield
सभामा शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झा, विभिन्न विश्वविद्यालयका उपकुलपति, मन्त्रालयका उच्च अधिकारीलगायतको उपस्थिति थियो ।

विश्वविद्यालयले जलवायु परिवर्तन तथा विपत् जोखिम न्यूनीकरणसम्बन्धी विशेष अनुसन्धान केन्द्र स्थापना गर्ने, विदेशी विश्वविद्यालयसँग संयुक्त डिग्री तथा विद्यार्थी आदान–प्रदान कार्यक्रम सञ्चालन गर्ने र पछाडि परेका वर्गका लागि समावेशी छात्रवृत्तिको पहुँच विस्तार गर्ने कार्यक्रम पनि अघि सारेको छ ।

सभाले कार्यकारी परिषद्का लागि (तीन वर्षका लागि) तीन जनालाई मनोनयन गर्ने निर्णयसमेत गरेको छ । डिनबाट चिकित्साशास्त्र संकायकी डिन प्रा.डा. परिचा उपाध्याय ढुंगेल र कला, कानुन तथा शिक्षाशास्त्र संकायका डिन प्रा.डा. कृष्णप्रसाद पाण्डे तथा शिक्षकबाट पू.वि. स्कुल अफ म्यानेजमेन्ट, विराटनगरमा कार्यरत प्राध्यापक मोहनबहादुर बस्नेतलाई मनोनयन गरिएको विश्वविद्यालयले जनाएको छ ।

पारित नीति, कार्यक्रम तथा बजेटमार्फत विश्वविद्यालयलाई गुणस्तरीय, प्रतिस्पर्धी, अनुसन्धानमुखी, प्रविधिमैत्री तथा आत्मनिर्भर शैक्षिक संस्थाका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ ।

Continue Reading

Banner

निलम कार्की निहारिकाको ‘राजमाता’ले पायो कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार

Published

on

कविडाँडा साहित्य समाज, चितवनले ‘कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार–२०८२’ नीलम कार्की निहारिकाको उपन्यास ‘राजमाता’लाई प्रदान गर्ने निर्णय गरेको छ।

समाजले बुधबार नारायणगढमा पत्रकार सम्मेलन आयोजना गर्दै यस वर्षको पुरस्कार ‘राजमाता’लाई दिने निर्णय सार्वजनिक गरेको हो।

समाजका अध्यक्ष एलबी क्षेत्रीका अनुसार पुरस्कारको राशि २ लाख १६० रुपियाँ रहेको छ। पुरस्कार आगामी कात्तिक १४ गते भरतपुरमा विशेष कार्यक्रम आयोजना गरी प्रदान गरिनेछ।

यस वर्ष पुरस्कारका लागि सुरुमा १६ आख्यानकृति विस्तारित सूचीमा परेका थिए। तीमध्ये केशवराज ज्ञवालीको ‘अज्ञात’, केशव दाहालको ‘इथा’, क्षितिज समर्पणको ‘तोरकीन’, सीमा आभासको ‘महायुग’, नीलम कार्की निहारिकाको ‘राजमाता’, लक्ष्मण वियोगीको ‘सत्यम्’, श्रवण मुकारुङको ‘सलह’ र शंकरप्रसाद गैरेको ‘सूतपुत्र’ उत्कृष्ट आठमा छनोट भएका थिए। उत्कृष्ट आठबाट अन्तिम तीनमा ‘तोरकीन’, ‘महायुग’ र ‘राजमाता’ पुगेका थिए। ती तीनमध्ये ‘राजमाता’लाई सर्वोत्कृष्ट आख्यानकृतिका रूपमा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक