Connect with us
Advertisement

कोरोनाका कारण अस्तव्यस्त फिल्म रिलिज

Published

on

असोजमा आएको फिल्म ‘छ माया छपक्कै’ पछि करीब ३ महिना नेपालका सिनेमा घरहरु सुनसान देखिए । आश गरिएका केही फिल्म प्रदर्शनमा आए पनि दर्शकले हलसम्म जाने जाँगर नै चलाएनन् । मंसिरपछि जाडो मौसमका कारण दर्शक हलसम्म नआउने डरले निर्माताले फिल्म प्रदर्शन नै गरेनन् । जसले गर्दा सिंगल थिएटरहरु बन्द हुने अवस्थामा समेत पुगेका थिए ।

विदेशी फिल्मलाई दर्शक अभाव नहुनु तर नेपाली फिल्म हेर्ने दर्शक नभएर शो नै रद्द हुँदा फिल्मकर्मीमा निराशा छाएको थियो । यस बारेमा कतिपयले राम्रा फिल्म नबनेका कारण हलमा दर्शक नआएको तर्क राखे भने केहीले नेपाली फिल्ममा संकटकाल लगाउनुपर्ने आवाज पनि उठाए । यसबीच, माघ २४ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘साङ्लो’ ले केही आश जगायो ।

लामो समयदेखि दर्शकको अभाव भोगिरहेको नेपाली फिल्मलाई यो फिल्मले एक हदसम्म राहत दिएको थियो । प्रदर्शनको दोस्रो दिन फिल्मले बक्सअफिसमा राम्रो कमाई गर्‍यो । तर, पहिलो विकेन्डपछि यो फिल्मले पनि दर्शकको खडेरी भोग्नुपर्‍यो । योसँगै एकसाथ प्रदर्शनमा आएको अर्को फिल्म ‘सेल्फी किङ’ बाट ठूलो आश गरिएको थियो । तर, यसले हलमा दर्शक नै तान्न सकेन ।

यसपछि फागुन ९ गतेबाट प्रदर्शनमा आउँदै गरेका दुई फिल्म ‘सेन्टी भाइरस’ र ‘आमा’ प्रति धेरैले आश गरेका थिए । यी दुई फिल्मले नेपाली फिल्मको सुस्ताएको बजार एक हदसम्म चलायमान बनाउने अपेक्षा गरिएको थियो । ‘सेन्टी भाइरस’ ले प्रदर्शनको दुई दिन राम्रो व्यापार गर्‍यो पनि । तर, खराब माउथ पब्लिसिटीका कारण आइतवारबाट फिल्म कमाईमा कमजोर बन्दै गयो ।

यो फिल्म बक्सअफिसमा कमजोर बन्न थालेपछि दोस्रो हप्ताबाट ‘आमा’ ले आफ्नो गति समात्यो । बलियो ‘वर्ड अफ माउथ’ भएकाका कारण फिल्म हेर्ने दर्शक हलमा बढिरहेका थिए । तर, गएको हप्ता दिनदेखि यो फिल्मको व्यापार पनि चौपट भएको छ । संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको त्रासले यतिबेला हलमा विदेशी फिल्म हेर्ने समेत दर्शक छैनन् ।

चीनबाट फैलिएको कोरोनाका कारण सयौंको मृत्यु भैसकेको छ भने हजारौं संक्रमित छन् । डब्लूएचओले नेपाल कोरोनाको उच्च जोखिममा रहेको बताएपछि अहिले हरेक नेपालीको मनमा त्रास उत्पन्न भएको छ । यद्यपि, अहिलेसम्म नेपालमा यो भाइरसको संक्रमण कसैमा देखिएको छैन । तर, सरकारले भीडभाडमा नजान र अनिवार्य रुपमा मास्क लगाएर हिँड्न आग्रह गरिरहेको छ ।

कोरोना भाइरसका कारण अहिले हरेक क्षेत्रमा ठूलो प्रभाव परेको छ । यसको धक्का विस्तारै नेपाली फिल्म क्षेत्रलाई पनि पर्न थालेको छ । अहिले हलमा प्रदर्शनरत फिल्मको व्यापार नाजुक छ भने प्रदर्शनको तयारीमा रहेका फिल्म अन्योलमा छन् । कोरोनाको कारण फागुन ३० मा प्रदर्शन हुने निश्चित भएको फिल्म ‘म यस्तो गीत गाउँछु २’ अनिश्चितकालका लागि रोकियो ।

चैत ७ मा आउने फाइनल भएको फिल्म ‘नीरफूल’ को पनि प्रदर्शन स्थगन भैसकेको छ । कोरोनाका कारण हलमा दर्शक नआउने डरले एकपछि अर्को फिल्मको प्रदर्शन स्थगित हुँदा प्रदर्शनको तयारीमा रहेका अरु फिल्मका निर्माता समेत चिन्तित देखिन थालेका छन् । चैत २१ मा प्रदर्शन हुन लागेको फिल्म ‘लक्का जवान’ को पनि रिलिज पोस्टपोन्ड हुनसक्ने सम्भावना प्रवल छ ।

यस वर्षका लागि अन्तिम दुई फिल्म ‘प्रेमगीत ३’ र ‘चपली हाइट ३’ पनि तोकिएकै मितिमा प्रदर्शन हुने सम्भावना न्यून छ । ‘प्रेमगीत ३’ निर्माता तथा निर्देशक सन्तोष अहिले पर्ख र हेरको अवस्थामा छन् । उनी अझै केही दिन माहोल हेरेर फिल्म सार्ने वा नसार्ने भन्ने निर्णय लिने बताउँछन् । अहिलेकै अवस्था रहे उनी फिल्म सार्ने सोचमा छन् । हाल फिल्मको गीतको छायांकन भैरहेको छ ।

फिल्म ‘चपली हाइट ३’ भने चैत २८ गतेबाट पोस्टपोन्ड नहुने निर्माता अर्जुन कुमारले दाबी गरेका छन् । फेसबुकमा भैरहेको अनावश्यक हल्लाले मानिसमा कोरोनाको त्रास उत्पन्न भएको उनको भनाई छ । राम्रो फिल्म बनाए दर्शक फिल्म हेर्न हल आउने उनी बताउँछन् । तर, चैत अन्तिमसम्म पनि अहिलेकै अवस्था रहे उनी फिल्म नसार्ने अडानमा कायमै रहलान् भन्न सकिन्न ।

कोरोनाको त्रासले आश गरिएका फिल्महरु लगालग पछाडि सर्न थालेपछि यसबाट नेपाली फिल्म क्षेत्रलाई ठूलो क्षती हुने देखिएको छ । त्यस्तै, अहिले पोस्टपोन्ड भएका फिल्मलाई नयाँ प्रदर्शन मिति पाउन पनि उस्तै मुश्किल हुने देखिन्छ । तंग्रिदै गरेको नेपाली फिल्म क्षेत्रलाई कोरोनाको त्रासले ठूलो धक्का दिएको छ । यसबाट तंग्रिन नेपाली फिल्म क्षेत्रले एकपटक ठूलै संघर्ष गर्नुपर्ने हुन्छ ।

याे समाचार फिल्म खबर बाट 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

आधुनिक विज्ञान्, ब्रह्माण्डको उत्पत्तिको कथा र हाम्रो कक्षाकोठा

Published

on

हरेक बालबालिकालाई आजको दैनिक जीवनमा प्रयोग हुने प्रविधिहरूको पछाडि रहेको भौतिकशास्त्र र ब्रह्माण्ड कसरी सिर्जना भयो भन्ने सुन्दर कथा बुझ्ने अधिकार छ। हरेक जातिको ब्रह्माण्डको उत्पत्तिबारे आफ्नै कथा छ तर सबैका कथा अपूर्ण र तथ्यभन्दा फरक छन्। यो ज्ञान केवल विश्वविद्यालयका विद्वानहरूको मुठ्ठीमा सिमित छ। सामान्य कक्षाकोठासम्म विरलै मात्र पुग्छ।

नेपालका कक्षा १० का विद्यार्थीहरूलाई ब्ल्याक होल (Black hole) के हो भनेर सोध्नुहोस्, उनीहरूले पाठ्यपुस्तकको एउटा हरफ घोकेर सुनाउलान् तर स्पेसटाइम (Spacetime) किन बाङ्गिन्छ? फोटोन (photon) के हो ? भनेर सोध्ने वित्तिकै जवाफ हराउँछ। यो विद्यार्थीको दोष होइन यो पाठ्यक्रमको समस्या हो। नेपालको कक्षा १० को विज्ञान पाठ्यक्रमले बल, दबाब र ऊर्जा अनि सौर्यमण्डल र ताराहरूको छोटो, वर्णनात्मक परिचयलाई मात्र समेट्छ। जुन प्रायः ३०० वर्ष पुरानो भौतिकशास्त्र हो। सापेक्षता (Relativity), क्वान्टम प्रविधि (Quantum technology), र बिग ब्याङ (Big bang) — जुन विचारहरूले वास्तवमा आधुनिक प्रविधि र ब्रह्माण्डको उत्पत्तिलाई व्याख्या गर्छन्, तिनको उल्लेख विरलै मात्र हुन्छ। न्युटनपछि विज्ञान धेरै अगाडि बढिसकेको छ। भूकेन्द्रित मोडेलले सूर्यकेन्द्रित मोडेललाई ठाउँ दियो। त्यसपछि आइन्स्टाइनको सापेक्षता आयो, र अन्ततः विग व्याङ सिद्धान्त आयो। यो हाम्रो युगको सृष्टि कथा नै हो भन्दा फरक पर्दैन।

यो ब्रह्माण्डीय उत्पत्तिको कथाको निर्माण विश्वभरका वैज्ञानिकहरू मिलेर शताब्दी लगाएर गरेका हुन्। जसलाई अहिले हब्बल (Hubble) र जेडब्ल्यूएसटी (JWST) जस्ता टेलिस्कोपहरूबाट प्राप्त प्रमाणहरूले पुष्टि गरिरहेका छन्। बिडम्बना, अधिकांश विद्यार्थीले यो कथा कहिल्यै सुन्दैनन् जुन आम मनिसले सुन्न, बुझ्न जरुरी भइसकेको छ । त्यसैले हामीले अब यसलाई विद्यालय शिक्षामा पाठ्यक्रममै समविष्ट गरी हरेक बच्चालाई सुनाउन आवश्यक छ। पाठ्यक्रममा समाविष्ट गरेर मात्र यो समस्याको हल हुन्न । कक्षाकोठामा विज्ञान कसरी पढाइन्छ? भन्ने कुरामा पनि भर पर्छ। नेपाली कक्षाकोठाहरू, विश्वभरका अन्य पठनविधि जस्तै, अझै पाठ्यपुस्तक र व्याख्यानमै भर पर्छन्। जसमा पढ्ने, घोक्ने, परीक्षाका लागि दोहोर्याउने क्रियाकलाप पर्छन्। यसरी पढाउँदा विज्ञान रोचक हुनुको साटो उल्टै दिक्क लाग्दो र झन्झटिलो बन्छ। यसको विकल्प हामीले सोच्नुपर्ने जरुरी भैसकेको छ।

एउटा परीक्षण गरिएको विकल्प पहिले नै आफ्नो अस्तित्वमा छ। विगत एक दशकदेखि, “आइन्स्टाइन–फस्ट (Einstein-First)” भनिने एउटा दृष्टिकोण ७० बढि अस्ट्रेलियाली विद्यालयहरूमा परीक्षण गरी राखिएको  छ। अहिले यो परीक्षण युरोपसम्म फैलिदै छ। यसले व्याख्यानको सट्टा व्यावहारिक क्रियाकलाप र नमुनाहरू प्रयोग गरी कक्षा ३ देखि नै अणु, फोटोनजस्ता आधारभुत अवधारणाहरु सिकाइ  स्पाइरल करिकुलम (Spiral curriculum) को सिद्धान्त अनुरुप माथिल्ला कक्षाहरुमा तिनलाई थप विस्तृत बनाई पाठ्यक्रम निर्माण गरेको छ। जसले गर्दा कक्षा १० सम्म आइपुग्दा विद्यार्थीहरुमा आधुनिक प्रविधि र ब्राह्मण्डको उत्पत्तिको कथा बुझ्न चाहिने सम्पूर्ण ज्ञान हुन्छ। यस परीक्षणको उल्लेखनीय परिणाम पनि देखिएका छन् जुन अन्तराष्ट्रिय जर्नलहरुमा समेत प्रकाशित छन्। यस प्रयोगले विद्यार्थीहरूमा उत्सुकता, आत्मविश्वास र विज्ञानप्रतिको रूचि बढेको पाइएको छ। भौतिकशास्त्रप्रतिको रुचिमा रहेको लैङ्गिक खाडल समेत घट्दै गएको र सोच्ने क्षमतामा वृद्धि भएको पाइएको छ। सिकाइपश्चात् विद्यार्थीहरुले वास्तविकता र भ्रम चिर्न सफल भएको उदाहरणहरु प्रस्तुत गरिएको छ।

यदि हामीले पनि यस प्रोजेक्टसँग सहकार्य गरी नेपालमा यो पठ्यक्रम लागु गर्न सके हाम्रा बालबालिकाहरुले युगानुकूल उत्कृष्ट शिक्षा हाँसिल गर्ने थिए। ब्रह्माण्डलाई एक शताब्दी अगाडि बुझिएको जस्तो नभई, त्यो जस्तो छ वास्तवमा त्यस्तै बुझ्नेथे। भावी भौतिकशास्त्रीहरूले मात्र नभई सबै विद्यार्थीले आफ्नो संसार बुझ्ने र गलत सूचनालाई प्रश्न गर्ने क्षमता निर्माण गर्ने थिए। भलै पाठ्यक्रम सुधार जहाँसुकै ढिलो हुन्छ, हामीले यसलाई गम्भीरतापूर्वक लिई चाँडो भन्दा चाँडो यो पाठ्यक्रम अनुसरण गर्न अत्यन्त जरुरी देखिन्छ ।

Continue Reading

Banner

आज आदिकवि भानुभक्तको २१३औँ जन्म जयन्ती मनाइँदै

Published

on

आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्म जयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।

संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपालीलाई ठूलो गुन लगाएका छन् । उनले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ ।

पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेको बताइन्छ ।

विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती दिएकाले रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएको थियो ।

त्यसैगरी, ‘वधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो । ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत उनका कृति छन् । नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ ।

आदिकविको स्मरण गर्दै आज उनको प्रतिमामा माल्यार्पण र प्रभातफेरी गर्ने कार्यक्रम रहेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा रहेको आदिकवि भानुभक्तको प्रतिमामा पनि माल्यार्पणसहित विशेष कार्यक्रमको आयोजना गरिएको छ ।

घरघरमा उनले नेपाली भाषामा भावानुवाद गरेको रामायण पाठ गरी भानु जयन्ती मनाउँछन् । यस अवसरमा भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने संस्थाले आज विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउँदै छन् । भानु प्रतिष्ठान र नेपाली शिक्षा परिषद्लगायत सङ्घसंस्थाले पनि विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

भानुभक्तको जन्म जयन्ती भारतको दार्जिलिङ, सिक्किम, भुटान, बर्मालगायत नेपाली भाषाभाषी धेरै रहेका देश एवं स्थानमा पनि मनाउने गरिएको छ ।

Continue Reading

Banner

नोबेल र कोशी प्रदेश प्रहरीबीच सम्झौता,

Published

on

प्रहरी परिवारलाई गुणस्तरीय उपचारमा सहज पहुँच
विराटनगर । नोबेल मेडिकल कलेज शिक्षण अस्पताल र कोशी प्रदेश प्रहरी कार्यालयबीच स्वास्थ्य सेवामा सहकार्य गर्ने उद्देश्यले सम्झौता भएको छ । यो सम्झौतासँगै अब कोशी प्रदेश प्रहरी कार्यालयअन्तर्गत कार्यरत प्रहरी कर्मचारी तथा उनीहरूका परिवारले आवश्यक पर्दा विशेषज्ञ र गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्ने आधार तयार भएको छ ।
दुवै संस्थाबीच सम्पन्न सम्झौताले राष्ट्रको सुरक्षामा दिनरात खटिने प्रहरी कर्मचारीको स्वास्थ्य सुरक्षालाई थप मजबुत बनाउने विश्वास लिइएको छ । सेवाका क्रममा स्वास्थ्य समस्या आइपर्दा समयमै उपचार उपलब्ध गराउने र आवश्यक स्वास्थ्य सुविधामा सहज पहुँच सुनिश्चित गर्ने लक्ष्यका साथ सहकार्य अघि बढाइएको अस्पतालले जनाएको छ । सम्झौतापछि नोबेल मेडिकल र कोशी प्रदेश प्रहरी कार्यालयबीच उपचार सेवामा मात्र नभई स्वास्थ्य सचेतना, निवारणमुखी कार्यक्रम तथा अन्य जनस्वास्थ्यसम्बन्धी गतिविधिमा समेत सहकार्य गर्ने बाटो खुलेको छ । यसले दुवै संस्थाबीचको विश्वास, समन्वय र साझेदारीलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ । पूर्वी नेपालको स्वास्थ्य सेवामा अग्रणी संस्थाका रूपमा परिचित नोबेल मेडिकल कलेजले अत्याधुनिक प्रविधि, अनुभवी विशेषज्ञ चिकित्सक तथा बिरामीमैत्री सेवामार्फत हजारौं बिरामीलाई उपचार सेवा प्रदान गर्दै आएको छ । गुणस्तरीय स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउने उद्देश्यका साथ अस्पतालले सरकारी तथा गैरसरकारी संस्थासँग निरन्तर सहकार्य विस्तार गर्दै आएको छ ।
नेपाली कांग्रेसका लोकप्रिय नेता सुनील शर्माको नेतृत्वमा सञ्चालित नोबेल मेडिकलले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै दुर्गम तथा स्वास्थ्य सेवाको पहुँच कम भएका क्षेत्रमा नियमित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । गम्भीर बिरामीको निःशुल्क उपचार, विपन्न नागरिकलाई स्वास्थ्य सहयोग, घाइतेको उपचारमा सक्रिय सहभागिता, एम्बुलेन्स हस्तान्तरण तथा विभिन्न मानवीय अभियानमार्फत अस्पतालले समाजप्रतिको दायित्व निर्वाह गर्दै आएको छ । शर्मा प्रतिनिधि सभामा सांसद पदमा रहँदा तलब–भत्ता नलिने एक मात्र जनप्रतिनिधि हुन् । स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पुग्नुपर्छ भन्ने मान्यताका साथ उनले सञ्चालन गर्दै आएको नोबेल मेडिकलले उपचारसँगै मानवीय सेवाको संस्कृतिलाई पनि निरन्तर अगाडि बढाइरहेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक