Connect with us
Advertisement
Advertisement

कोरोनाका कारण अस्तव्यस्त फिल्म रिलिज

Published

on

असोजमा आएको फिल्म ‘छ माया छपक्कै’ पछि करीब ३ महिना नेपालका सिनेमा घरहरु सुनसान देखिए । आश गरिएका केही फिल्म प्रदर्शनमा आए पनि दर्शकले हलसम्म जाने जाँगर नै चलाएनन् । मंसिरपछि जाडो मौसमका कारण दर्शक हलसम्म नआउने डरले निर्माताले फिल्म प्रदर्शन नै गरेनन् । जसले गर्दा सिंगल थिएटरहरु बन्द हुने अवस्थामा समेत पुगेका थिए ।

विदेशी फिल्मलाई दर्शक अभाव नहुनु तर नेपाली फिल्म हेर्ने दर्शक नभएर शो नै रद्द हुँदा फिल्मकर्मीमा निराशा छाएको थियो । यस बारेमा कतिपयले राम्रा फिल्म नबनेका कारण हलमा दर्शक नआएको तर्क राखे भने केहीले नेपाली फिल्ममा संकटकाल लगाउनुपर्ने आवाज पनि उठाए । यसबीच, माघ २४ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘साङ्लो’ ले केही आश जगायो ।

लामो समयदेखि दर्शकको अभाव भोगिरहेको नेपाली फिल्मलाई यो फिल्मले एक हदसम्म राहत दिएको थियो । प्रदर्शनको दोस्रो दिन फिल्मले बक्सअफिसमा राम्रो कमाई गर्‍यो । तर, पहिलो विकेन्डपछि यो फिल्मले पनि दर्शकको खडेरी भोग्नुपर्‍यो । योसँगै एकसाथ प्रदर्शनमा आएको अर्को फिल्म ‘सेल्फी किङ’ बाट ठूलो आश गरिएको थियो । तर, यसले हलमा दर्शक नै तान्न सकेन ।

यसपछि फागुन ९ गतेबाट प्रदर्शनमा आउँदै गरेका दुई फिल्म ‘सेन्टी भाइरस’ र ‘आमा’ प्रति धेरैले आश गरेका थिए । यी दुई फिल्मले नेपाली फिल्मको सुस्ताएको बजार एक हदसम्म चलायमान बनाउने अपेक्षा गरिएको थियो । ‘सेन्टी भाइरस’ ले प्रदर्शनको दुई दिन राम्रो व्यापार गर्‍यो पनि । तर, खराब माउथ पब्लिसिटीका कारण आइतवारबाट फिल्म कमाईमा कमजोर बन्दै गयो ।

यो फिल्म बक्सअफिसमा कमजोर बन्न थालेपछि दोस्रो हप्ताबाट ‘आमा’ ले आफ्नो गति समात्यो । बलियो ‘वर्ड अफ माउथ’ भएकाका कारण फिल्म हेर्ने दर्शक हलमा बढिरहेका थिए । तर, गएको हप्ता दिनदेखि यो फिल्मको व्यापार पनि चौपट भएको छ । संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको त्रासले यतिबेला हलमा विदेशी फिल्म हेर्ने समेत दर्शक छैनन् ।

चीनबाट फैलिएको कोरोनाका कारण सयौंको मृत्यु भैसकेको छ भने हजारौं संक्रमित छन् । डब्लूएचओले नेपाल कोरोनाको उच्च जोखिममा रहेको बताएपछि अहिले हरेक नेपालीको मनमा त्रास उत्पन्न भएको छ । यद्यपि, अहिलेसम्म नेपालमा यो भाइरसको संक्रमण कसैमा देखिएको छैन । तर, सरकारले भीडभाडमा नजान र अनिवार्य रुपमा मास्क लगाएर हिँड्न आग्रह गरिरहेको छ ।

कोरोना भाइरसका कारण अहिले हरेक क्षेत्रमा ठूलो प्रभाव परेको छ । यसको धक्का विस्तारै नेपाली फिल्म क्षेत्रलाई पनि पर्न थालेको छ । अहिले हलमा प्रदर्शनरत फिल्मको व्यापार नाजुक छ भने प्रदर्शनको तयारीमा रहेका फिल्म अन्योलमा छन् । कोरोनाको कारण फागुन ३० मा प्रदर्शन हुने निश्चित भएको फिल्म ‘म यस्तो गीत गाउँछु २’ अनिश्चितकालका लागि रोकियो ।

चैत ७ मा आउने फाइनल भएको फिल्म ‘नीरफूल’ को पनि प्रदर्शन स्थगन भैसकेको छ । कोरोनाका कारण हलमा दर्शक नआउने डरले एकपछि अर्को फिल्मको प्रदर्शन स्थगित हुँदा प्रदर्शनको तयारीमा रहेका अरु फिल्मका निर्माता समेत चिन्तित देखिन थालेका छन् । चैत २१ मा प्रदर्शन हुन लागेको फिल्म ‘लक्का जवान’ को पनि रिलिज पोस्टपोन्ड हुनसक्ने सम्भावना प्रवल छ ।

यस वर्षका लागि अन्तिम दुई फिल्म ‘प्रेमगीत ३’ र ‘चपली हाइट ३’ पनि तोकिएकै मितिमा प्रदर्शन हुने सम्भावना न्यून छ । ‘प्रेमगीत ३’ निर्माता तथा निर्देशक सन्तोष अहिले पर्ख र हेरको अवस्थामा छन् । उनी अझै केही दिन माहोल हेरेर फिल्म सार्ने वा नसार्ने भन्ने निर्णय लिने बताउँछन् । अहिलेकै अवस्था रहे उनी फिल्म सार्ने सोचमा छन् । हाल फिल्मको गीतको छायांकन भैरहेको छ ।

फिल्म ‘चपली हाइट ३’ भने चैत २८ गतेबाट पोस्टपोन्ड नहुने निर्माता अर्जुन कुमारले दाबी गरेका छन् । फेसबुकमा भैरहेको अनावश्यक हल्लाले मानिसमा कोरोनाको त्रास उत्पन्न भएको उनको भनाई छ । राम्रो फिल्म बनाए दर्शक फिल्म हेर्न हल आउने उनी बताउँछन् । तर, चैत अन्तिमसम्म पनि अहिलेकै अवस्था रहे उनी फिल्म नसार्ने अडानमा कायमै रहलान् भन्न सकिन्न ।

कोरोनाको त्रासले आश गरिएका फिल्महरु लगालग पछाडि सर्न थालेपछि यसबाट नेपाली फिल्म क्षेत्रलाई ठूलो क्षती हुने देखिएको छ । त्यस्तै, अहिले पोस्टपोन्ड भएका फिल्मलाई नयाँ प्रदर्शन मिति पाउन पनि उस्तै मुश्किल हुने देखिन्छ । तंग्रिदै गरेको नेपाली फिल्म क्षेत्रलाई कोरोनाको त्रासले ठूलो धक्का दिएको छ । यसबाट तंग्रिन नेपाली फिल्म क्षेत्रले एकपटक ठूलै संघर्ष गर्नुपर्ने हुन्छ ।

याे समाचार फिल्म खबर बाट 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

तेह्रथुमको साहित्यिक इतिहास’ सार्वजनिक भएको छ ।

Published

on

केशु विरहीको अनुसन्धानात्मक पुस्तक ‘तेह्रथुमको साहित्यिक इतिहास’ सार्वजनिक भएको छ । तेह्रथुम जिल्लाको साहित्यिक तथा पत्रकारिताको इतिहास खोज गरी तयार भएको सो पुस्तक आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बीच तेह्रथुमबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवम् शहरी विकासमन्त्री सीता गुरुङले लोकार्पण गरिन् ।

काव्य घर /साहित्यकार एवम् इतिहासकार केशु विरहीको अनुसन्धानात्मक पुस्तक ‘तेह्रथुमको साहित्यिक इतिहास’ सार्वजनिक भएको छ । तेह्रथुम जिल्लाको साहित्यिक तथा पत्रकारिताको इतिहास खोज गरी तयार भएको सो पुस्तक आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बीच तेह्रथुमबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवम् शहरी विकासमन्त्री सीता गुरुङले लोकार्पण गरिन् । 

मन्त्री गुरुङले साहित्यकार विरहीले जिल्लाको साहित्यिक क्षेत्रको इतिहासलाई एकाकार गरेकोप्रति आभार प्रकट गरिन् । उनले जिल्लाले नेपालको साहित्यिक क्षेत्रसहित विभिन्न विधामा उल्लेख्य योगदान पुर्‍याए पनि त्यसको दस्तावेजीकरणको काम यस अघि नभएकोमा विरहीको प्रयासको प्रशंसा गरिन् ।

त्रिभुवन विश्व  विद्यालयका प्राध्यापक खगेन्द्रप्रसाद लुइटेलले तेह्रथुमको साहित्यिक इतिहासलाई पुस्तकाकार गरेको भन्दै विरहीलाई जोखिमपूर्ण कार्यका गरेकोमा बधाई ज्ञापन गरे । ‘मरेका मान्छेको बारेमा जसले पनि लेख्न सक्छ । जे लेखेपनि हुन्छ,’ उनले भने, ‘विरहीजीले जीवित मान्छेहरुका बारेमा लेखेर ऐतिहासिक पुस्तक तयार गर्नुभएको छ ।

वास्तवमा यो निकै जोखिमपूर्ण काम हो । किनभने जीवित मान्छेका बारे जे लेखेपनि, जति लेखेपनि चित्त बुझाउन सकिदैन ।’ मदन पुरस्कार विजेता लेखक भगिराज इङ्नामले विरहीले मसिना सूचना र गतिविधिहरुलाई समेत समावेश गरेर पुस्तक तयार गरेको बताए ।तेह्रथुममै जन्मिएर हाल मोरङलाई कार्यथलो बनाएका विरही पत्रकार तथा लेखक,साहित्यकार समेत हुन् ।

यसअघि उनका ‘कहालि लाग्दा गोरेटाहरू’ (उपन्यास) सहलेखन –२०५६, ‘आमाको माया’ (उपन्यास) –२०५७, ‘दन्किएको आगो’ (गजल सङ्ग्रह) –२०६३, ‘सुस्केरा’ (संयुक्त साहित्यिकसङ्ग्रह) –२०६३, ‘भास्कर वंशावली’ (वंशावली) –२०६५, ‘सुलोचना’ (कथासङ्ग्रह) –२०७१, ‘रेस्माको स्यान्डल’ (बालकथासङ्ग्रह) –२०७७ ,बेलबारीको साहित्यिक इतिहास २०८० आदि प्रकाशित छन् ।

Continue Reading

Banner

गायक राजीव लोहनीको नयाँ गीत ‘लप्सी फेदीमा…’ सार्वजनिक

Published

on

विराटचोकः ‘बलेको आगो, जलेको प्रेम…’ का गायक राजीव लोहनी नयाँ गीत लिएर नेपाली साङ्गीतिक बजारमा आएका छन् ।

सञ्चारकर्मी एवम् गीतकार मन्दिरा ढुङ्गेलको शब्द रचना, राजीव लोहनी र अस्मिता अधिकारीको युगल स्वर रहेको ‘लप्सी फेदीमा…’ गीतलाई कन्च क्रिएटिभको प्रस्तुतीमा म्युजिक नेपालको च्यानल मार्फत सार्वजनिक गरिएको हो । गीतमा प्रिन्स नेपालीले एरेन्ज गरेका छन् ।

नायिका श्रद्धा क्षेत्री र स्वयम् गायक राजीवले नै अभिनय गरेको भिडियोमा राजीव लाहुरेको भूमिकामा देखिएका छन् । उनको भिडियोमा श्रद्धासँग केमिस्ट्री जमेको देखिन्छ । सुब्रतराज आचार्यको निर्देशनमा बनेको भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

Continue Reading

Banner

गायिका सज्जा चौलागाई र संगीतकार न्ह्यू बज्राचार्यले ल्याए किनाराको ढुंगा

Published

on

काठमाडौंः नेपाल आइडलबाट चर्चा कमाएकी गायिका सज्जा चौलागाईको स्वर रहेको किनाराको ढुंगा बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतकार कमला न्यौपानेको शब्द तथा संगीतकार न्ह्यू बज्राचार्यको संगीत रहेको गीतमा प्रज्वल लामाको एरेन्ज रहेको छ ।

भिडियोले आफ्नो प्रेमीको कल्पनामा डुबेकी मायालुको प्रेमभावलाई बयान गरेको छ । भिडियोमा सुन्दरी मोडल सुयसा पौडेल गज्जबसँग खुलेकी छिन् । भिडियोको निर्देशन गायक समेत रहेका अनुप रेग्मीले गरेका हुन् ।

निर्देशक रेग्मीले भिडियो रिलिज गरिएको छोटो समयमा नै राम्रो प्रतिक्रिया आइरहेको बताए । करिब २ दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक हुन् अनुप ।

सुशीलविक्रम शाहको कन्सेप्ट रहेको भिडियोको छायांकन उत्सब दाहालले गरेका हुन् । विकास दाहालले सम्पादन गरेको भिडियो तरङ्ग द वेभ क्रियशनबाट बजारमा आएको हो ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक