Connect with us
Advertisement

एलए टेनिस शुरु

Published

on

काठमाडौंः लिटिल एन्जल्स स्कुल (एलए) को आयोजनामा १२ औं अन्तरविद्यालय जुनियर खुला टेनिस प्रतियोगिता आइतबारदेखि शुरु भएको छ ।

प्रतियोगिताको शिक्षा सचिव महेश दाहालले एक कार्यक्रमबीच उद्घाटन गरे । आयोजकका अनुसार विभिन्न १२ स्पर्धामा ३४ विद्यालयका १ सय ७२ खेलाडी सहभागी छन् ।

पहिलो दिन यु–१२ ब्वाइज सिंगल्समा शिशु निकेतनका सिर्जन भट्टराई, युनाइटेड एकेडेमीका देवाशिष रेउले, सेन्ट जेभियर्सका निश्चल जोशी, जेबीएसका दर्शिल श्रेष्ठ, युलेन्सका बोरिस अधिकारी, जीबीएसका शास्वत बज्राचार्य तथा एलएका सन्देश शाह र राजीव शाहले जीत हात पारे ।

यु–१४ गल्र्स सिंगल्समा सेन्ट जेभियर्सकी इशाश्री शाह, सेन्ट मेरिजकी सुनिरा थापा, द चाँदबागकी समृद्धि सेढाईं, काष्ठमण्डपकी अजा रेग्मी, जोन डेवीकी आईशा गुरुङ, इलम एकेडेमीकी सिरिस्ता राई, सेन्ट मेरिजकी इभा अधिकारी र एलएकी सुभाङ्गीलक्ष्मी शाह विजयी भए ।

Continue Reading

Facebook Comment

17 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

टी–२० विश्वकपमा आज ‘सुपर–एट’ का अन्तिम दुई खेल

Published

on

आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज ‘सुपर–एट’ का अन्तिम दुई वटा खेल हुँदैछन् ।

पहिलो खेलमा दिउँसो सवा ३ बजे दिल्लीको अरुण जेटली स्टेडियममा जिम्बावे र दक्षिण अफ्रिका खेल्दैछन् । टी–२० क्रिकेटमा यी दुई टोलीबीच अहिलेसम्म ८ पटक भेट भएकोमा दक्षिण अफ्रिका ७ खेलमा विजयी भएको छ भने एउटा खेल नतिजाविहीन रहेको छ ।

यस्तै बेलुका सवा ७ बजे कोलकाताको इडेन गार्डेन्समा घरेलु टोली भारत र वेस्ट इन्डिज खेल्दैछन् । टी–२० क्रिकेटमा यी दुई टोलीबीच अहिलेसम्म ३० पटक भेट भएकोमा भारत १९ र वेस्ट इन्डिज १० खेलमा विजयी हुँदा एउटा खेल नतिजाविहीन रहेको छ ।

समूह १ बाट दक्षिण अफ्रिका सेमिफाइनलमा पुगिसकेको छ । भारत र वेस्ट इन्डिजबीचको खेलको विजेता सेमिफाइनलमा पुग्ने अन्तिम टोली बन्नेछ । जिम्बावे यसअघि नै बाहिरिइसकेको छ ।

यस्तै समूह २ बाट इङ्ग्ल्यान्ड र न्युजिल्यान्ड सेमिफाइनलमा पुगेका छन् । हिजो भएको खेलमा श्रीलङ्कालाई हराए पनि पाकिस्तान नेट रन रेटमा पछि परेर प्रतियोगिताबाट बाहिरियो ।

टी–२० विश्वकपको पहिलो सेमिफाइनल आउँदो बुधवार र दोस्रो सेमिफाइनल बिहीवार हुनेछ । १०औँ संस्करणको प्रतियोगिताको फाइनल खेल आउँदो आइतवार फागुन २४ गते हुनेछ ।

Continue Reading

Banner

साम्बाको उपचारमा कांग्रेसको पाँच लाख सहयोग

Published

on

नेपाली कांग्रेसले राष्ट्रिय टिमकी फुटबल कप्तान सावित्री भण्डारी साम्बालाई उपचारका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल एक्समार्फत अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङलाई फोन गरी खेलाडीको उपचार कोषमा कांग्रेसका तर्फबाट पाँच लाख रुपैयाँ सहयोग गर्ने जानकारी गराएको बताएका छन्।

उनले लेखेका छन्, ‘एन्फा अध्यक्षलाई फोन मार्फत खेलाडीको उपचार कोषमा कांग्रेसका तर्फबाट पाँच लाख सहयोग गर्ने जानकारी गराएको छु। देशको प्रतिष्ठा बढाउन महत्त्वपूर्ण योगदान गर्नुभएको प्रसिद्ध फुटबल खेलाडी साम्बालाई यतिबेला हामी सबैले साथ दिन जरुरी छ। उहाँलाई सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु।’

साम्बाले सोमबारमात्रै आफ्नो उपचारका लागि अनुनयविनय गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखेकी थिइन्। उनको उक्त आग्रहसँगै सहयोगका हात अगाडि बढिरहेका छन्।यद्यपि एन्फा र सरकारले भने कुनै पनि पहल नगरेको भन्दै सञ्जालभर आक्रोश फैलिएको छ।

यसअघि काठमाडौं मेडिकल कलेज केएमसीले उनले नेपालमा उपचार गर्न चाहेमा निःशुल्क उपचार गरिदिने घोषणा गरेको छ।

त्यस्तै एन्फाका पूर्व अध्यक्ष एवं पूर्व कप्तान गणेश थापाले ५० हजार रुपैयाँ सहयोग गर्ने सामाजिक सञ्जालमार्फत घोषणा गरेका छन्।

Continue Reading

Banner

विश्वकपको सुपर–८ रोमाञ्चक बन्दै, आज भारत र दक्षिण अफ्रिकाको भिडन्त

Published

on

आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर–८ का दुई खेल हुँदैछन्।
विश्वकपमा शनिबारबाट सुपर–८ का खेल सुरु भएका हुन् । पहिलो खेल वर्षाले अवरुद्ध हुँदा न्युजिल्याण्ड र पाकिस्तानले अंक बाँडेका छन्। २० राष्ट्र सहभागी प्रतियोगिताबाट आयोजक भारत र श्रीलंकासहित जिम्बावे, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, पाकिस्तान, इंग्ल्यान्ड र न्युजिल्यान्ड सुपर–८ मा पुगेका छन् । सुपर–८ मा पुगेका टोलीमध्ये समूह एकमा भारत, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र जिम्बावे तथा समूह दुईमा इंग्ल्याण्ड, न्युजिल्याण्ड, पाकिस्तान र श्रीलंका रहेका छन् । आइतबार हुने पहिलो खेलमा श्रीलंका र इंग्ल्यान्ड भिड्दैछन् । इंग्ल्यान्ड समूह ‘सी’बाट तीन जित र एक हारको सामना गर्दै सुपर आठ पुगेको हो भने श्रीलंका समूह ‘बी’बाट तीन जित र एक हारसहित सुपर आठमा पुगेको हो । दुवै टिम समूह उपविजेता हुन्। यो खेल दिउँसो ३ बजेर १५ मिनेटमा सुरु हुँदैछ। दोस्रो खेलमा आइतबार साविक विजेता भारत र उपविजेता दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ । भारतमा हुने यो भिडन्त साँझ ७ बजेर १५ मिनेटमा सुरु हुँदैछ । भारत समूह ‘ए’को विजेता हो भने दक्षिण अफ्रिका समूह ‘डी’को विजेता हो । यो विश्वकपको समूह चरणमा दुवै टिम अपराजित छन्। टी–२० विश्वकप २०२६ को फाइनल फागुन २४ गते हुनेछ । नेपाल भने समूह चरणबाट बाहिरिएर घर फर्किसकेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक