खेलकुद
एलए टेनिस शुरु
काठमाडौंः लिटिल एन्जल्स स्कुल (एलए) को आयोजनामा १२ औं अन्तरविद्यालय जुनियर खुला टेनिस प्रतियोगिता आइतबारदेखि शुरु भएको छ ।
प्रतियोगिताको शिक्षा सचिव महेश दाहालले एक कार्यक्रमबीच उद्घाटन गरे । आयोजकका अनुसार विभिन्न १२ स्पर्धामा ३४ विद्यालयका १ सय ७२ खेलाडी सहभागी छन् ।
पहिलो दिन यु–१२ ब्वाइज सिंगल्समा शिशु निकेतनका सिर्जन भट्टराई, युनाइटेड एकेडेमीका देवाशिष रेउले, सेन्ट जेभियर्सका निश्चल जोशी, जेबीएसका दर्शिल श्रेष्ठ, युलेन्सका बोरिस अधिकारी, जीबीएसका शास्वत बज्राचार्य तथा एलएका सन्देश शाह र राजीव शाहले जीत हात पारे ।
यु–१४ गल्र्स सिंगल्समा सेन्ट जेभियर्सकी इशाश्री शाह, सेन्ट मेरिजकी सुनिरा थापा, द चाँदबागकी समृद्धि सेढाईं, काष्ठमण्डपकी अजा रेग्मी, जोन डेवीकी आईशा गुरुङ, इलम एकेडेमीकी सिरिस्ता राई, सेन्ट मेरिजकी इभा अधिकारी र एलएकी सुभाङ्गीलक्ष्मी शाह विजयी भए ।
Facebook Comment
Banner
च्याम्पियन्स लिग : पीएसजीलाई हराउँदै डर्टमन्ड फाइनलमा
यूईएफए च्याम्पियन्स लिग फुटबलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) लाई हराउदै जर्मन क्लब बोरुसिया डर्टमन्ड फाइनलमा पुगेको छ । पीएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा गएराति भएको सेमिफाइनलको दोस्रो लेगको खेलमा डर्टमन्डले पीएसजीलाई १–० ले हराएको हो । उसका म्याट्स हुमेल्सले खेलको ५० औँ मिनेटमा गोल गरे ।
यसअघि भएको पहिलो लेगमा घरेलु टोली डर्टमन्डले १–० को अग्रता लिएको थियो । समग्रमा २–० को जितसहित डर्टमण्ड च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो । अर्काे सेमिफाइनलको दोस्रो लेगमा रियल मड्रिड र बार्यन म्युनिख खेल्दैछन् । च्याम्पियन्स लिगको फाइनल खेल आउँदो जुन २ तारिखमा हुनेछ ।
Banner
लिभरपुलसँग हारेपछि टोटनहम अझ कमजोर
इंग्लिस प्रिमियर लिगमा टोटनहमको खराव लय आइतबार पनि कायम रह्यो र एनफिल्डमा भएको खेलमा लिभरपुलको हातबाट ४–२ ले पराजित रह्यो । यो हारले टोटनहमको शीर्ष चारको सम्भावना अझ कमजोर बनेको छ ।
टोटनहम ६० अंकसहित पाँचौं स्थामा छ र यो चौथोमा रहेको एस्टन भिल्लासँग सात अंकको दूरी हो । भिल्ला यसअघि ब्राइटनसँग १–० ले पराजित रहेको थियो । तर टोटनहमले त्यसको फाइदा लिन सकेन ।
लिभरपुल भने ७८ अंकसहित तेस्रो स्थानमा रह्यो । आइतबारकै अर्को खेलमा चेल्सीले वेस्ट ह्यामलाई ५–० ले हरायो र ५४ अंकमा सातौं स्थानमा उक्लिन सफल रह्यो ।
Banner
आईपीएल क्रिकेट : लखनउलाई हराउँदै कोलकाता शीर्ष स्थानमा, चेन्नईले पञ्जावलाई २८ रनले हरायो
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किंग्स विजयी भएका छन् । गएराति भएको खेलमा कोलकाताले लखनउलाई ९८ रनको फराकिलो अन्तरले हराएको हो । कोलकाताले दिएको २ सय ३६ रनको लक्ष्य पछ्याएको लखनउ १६ ओभर १ बलमा १ सय ३७ रनमा समेटियो । लखनउका मार्कर स्टोइनिसले सर्वाधिक ३६ रन बनाए । कोलकाताका नवीन उल हकले ३ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ३५ रन बनाएको थियो । उसका सुनिल नारिनेले ८१ रन बनाए । जितसँगै अहिलेसम्म खेलेका ११ खेलमा ८ मा जित र ३ मा हार व्यहोरेर १६ अङ्कका साथ कोलकाता तालिकाको पहिलो स्थानमा उक्लिएको छ । समान ११ खेल खेलेको लखनउ १२ अङ्कका साथ तालिकाको पाँचौ स्थानमा छ ।
यसअघि हिजो भएको पहिलो खेलमा चेन्नईले पञ्जाबलाई २८ रनले हराएको छ । चेन्नईले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३९ रन मात्र बनाउन सक्यो । पञ्जाबका लागि प्रभसिम्रन सिंहले सर्वाधिक ३० रन बनाए ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६७ रन बनायो । चेन्नईका लागि रवीन्द्र जडेजाले सर्वाधिक ४३ रन बनाए । जितपछि चेन्नई ११ खेलमा १२ अङ्क सहित तेस्रो स्थानमा उक्लिएको छ । पञ्जाब भने ११ खेलमा ८ अङ्क सहित आठौँ स्थानमा छ ।
आईपीएल क्रिकेटमा आज मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबाद खेल्दैछन् । मुम्बईको वानखेडेमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login