निष्पक्षखबर



मिस नेपालको धरान अडिसनमा ६ जना

धरानः मिस नेपाल २०२० को धरान अडिसनमा ६ जना प्रतियोगीले अडिसन दिएका छन् ।

गोर्खा डिपार्टमेन्ट स्टोर धरानको हलमा आयोजित मिस नेपाल २०२० को धरान अडिसनमा धरान, इटहरी र धनपालथान गाउँपालिकाका युवतीले निवेदन दिएका थिए । मिस नेपाल २०१७ निकिता चण्डक र मिस नेपाल अर्थ २०१९ रिया बस्नेत निर्णायक रहेको अडिसनमा उनीहरुले गरेको कुराकानी, प्रस्तुति, आत्मविश्वास, बौद्धिक स्तरमापनको आधारमा अङ्क दिइएको बताइएको छ ।

८ स्थानको अडिसन सकिएपछि आगामी चैत १५ गते काठमाडौंको होटल अन्नपूर्णमा अन्तिम अडिसन हुने भएको छ । सो अडिसनपछि सम्पूर्ण प्रतियोगीले पाएको अङ्कको आधारमा अन्तिम २५ जनाको छनोट हुने आयोजक हिडन ट्रेजरले जनाएको छ ।

मिस नेपालको शुरुदेखिकी ट्रेनर तथा कोरियोग्राफर रचना गुरुङ शर्माको कोरियोग्राफी र प्रियारानी लामाको सह कोरियोग्राफी रहने भएको छ । यस वर्षका विजेताले नगद २ लाख ५० हजार रुपैयाँ पाउनुका साथै मिस वल्र्ड, मिस अर्थ, मिस इन्टरनेशनल र मिस सुपर नेशनलमा नेपालको प्रतिनिधित्व गर्न पाउने बताइएको छ ।

Spread the love



Leave a Reply

Your email address will not be published.