Connect with us
Advertisement

सामन्ती व्यवस्थाका दलाललाई परास्त गर्न युवालाई निर्देशन

Published

on

धरानः सामन्ती व्यवस्थाका दलाललाई परास्त गर्दै समाजवाद लागू गर्न धरानको उपनिर्वाचनमा युवाहरूलाई सक्रिय रहन नेकपाका केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला इञ्चार्ज धर्मराज निरौलाले निर्देशन दिएका छन् ।

नेकपाको युवा परिचालन तथा स्वयंसेवक प्रशिक्षण भेलामा इञ्चार्ज निरौलाले राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ पार्दै समृद्ध नेपालको स्थापना नेकपाको जीतबाट मात्रै सुनिश्चित हुने भएकाले सम्पूर्ण युवा उपनिर्वाचन केन्द्रित भई नेकपालाई जिताउन निर्देशन दिएका हुन् ।

धरानको सैनिक भवनमा आयोजित प्रशिक्षण भेलामा निरौलाले समृद्ध मुलुक रूपान्तरणमा उपनिर्वाचनको सन्दर्भ जोडिएको बताउँदै राष्ट्रिय अर्थतन्त्रको समृद्धि निर्वाचनसँग जोडिएको बताए । उनले भने, ‘निर्वाचन निर्वाचनका लागि मात्रै होइन, समृद्धिको आधार निर्माण गर्न निर्वाचन जोडिएको छ । त्यसैले एकताबद्ध भएर युवाहरू निर्वाचनमा होमिँदै नेकपालाई जिताउन आवश्यक छ ।’

कार्यक्रममा प्रशिक्षण मन्तव्य राख्दै नेकपाका प्रदेश सदस्य मुक्साङहाङ मेन्याङ्बोले वामपन्थीहरूको नगरलाई कायम राख्न पनि कम्युनिष्टको जीत आवश्यक रहेको बताए । उनले स्वर्गीय मेयर तारा सुब्बाको अधुरो सपना पूरा गर्न पनि नेकपाको तर्फबाट प्रकाश राईको जीत आवश्यक रहेको बताए । उनले भने, ‘नेकपाको निर्वाचनको जीत एक पटकको लागि मात्रै होइन, शान्तिपूर्ण निर्वाचनको माध्यमबाट सयौं वर्षसम्म जीत हासिल गर्दै धरानको विकास र समृद्धि गर्नुपर्नेछ, त्यसैले युवाहरूको महत्वपूर्ण भूमिका रहनेछ ।’

प्रशिक्षण कार्यक्रममा नेपाली काङ्ग्रेस निकट तरुण दल धरान उपमहानगर समिति सदस्य स्ुवास राईको नेतृत्वमा करिब १ सय ५० जना युवाहरू नेकपामा प्रवेश गरेका छन् । उनीहरूलाई नेकपाका नेता मुक्साहाङ मेन्याङबो, आइन्द्रविक्रम बेघा, प्रकाश राई लगायतले अबिर लगाइँदिदै पार्टीमा स्वागत गरेका थिए ।

सङ्घले मंसिर १४ गते हुने निर्वाचनमा प्रत्येक बुथमा स्वयम्सेवकको रुपमा २ हजार ८ सय २० जना युवाहरू परिचालन गर्ने घोषणा गरेको छ । राष्ट्रिय युवा सङ्घका केन्द्रीय सदस्य हरि लिम्बूको सभापतित्वमा भएको प्रशिक्षण भेलामा साङ्गीतिक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो ।

Continue Reading

Facebook Comment

24 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

एमाले अध्यक्ष ओलीमाथि धनकुटाको लेगुवामा मुक्का प्रहारको प्रयास

Published

on

धनकुटाः मध्यपहाडी लोकमार्गमार्फत् महाकालीदेखि मेचीको यात्रामा निस्किएको एमालेको सङ्कल्प यात्राको टोलीमाथि धनकुटाको लेगुवामा मुक्का प्रहारको प्रयास भएको छ ।

सङ्कल्प यात्रा टोली भोजपुरबाट धनकुटा प्रवेश गर्ने क्रममा महालक्ष्मी ५ लेगुवामा ओलीलाई स्वागत गर्ने क्रममा लाइनमा बसेका व्यक्तिको बीचबाट प्रवेश गरेर ओलीमाथि मुक्का प्रहारको प्रयास भएको थियो । मुक्का हान्न प्रयास गर्ने लेगुवाका महेश राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनले मादक पदार्थ सेवन गरेको प्रहरीले जनाएको छ ।

Continue Reading

Banner

जन्मदिनको अवसर पारेर निवर्तमान मेयर ढकालकी छोरीले आश्रममा बाँडिन् न्यानो कपडा

Published

on

विराटचोकः सुन्दरहरैंचा नगरपालिकाका निवर्तमान नगरप्रमुख शिवप्रसाद ढकालकी छोरी सायनाले आफ्नो जन्मदिनमा न्यानो कपडा वितरण गरेकी छिन् ।

सायनाको १३ औ जन्मदिनको अवसर पारेर सुन्दरहरैंचा – ९ मा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा आश्रित बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको हो । पाथीभरा स्वतन्त्र महिला समाजको ब्यानरमा आयोजित कार्यक्रममा उनले न्यानो कपडा वितरण गरेको समाजकी अध्यक्ष सुनिता पोखरेलले बताइन् ।

कार्यक्रममा पाथीभरा स्वतन्त्र महिला समाजकी पूर्व अध्यक्ष, निवर्तमान अध्यक्ष लगायतका पदाधिकारीहरु उपस्थित थिए ।

Continue Reading

Banner

बुद्धोदय साकाेसको अध्यक्ष र लेखा संयोजकमा पुनः क्रमशः खनाल र निधी

Published

on

विराटनगरः विराटनगर –३ बुद्धचोकमा रहेको बुद्धोदय बचत तथा ऋण सहकारी संस्थाको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । संस्थाको सञ्चालक समिति अध्यक्षमा पुनः राजेन्द्रप्रसाद खनाललाई चयन गरेको हो । खनालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति र पुनः अविनाशकुमार निधिको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति समेत सर्वसम्मत चयन भएको हो ।

कार्यसमितिको उपाध्यक्षमा प्रेमबहादुर खड्का , सचिवमा सन्तोष वराल, कोषाध्यक्षमा यज्ञप्रसाद खतिवडा चयन भएको निर्वाचन समितिले जनाएको छ । त्यसैगरी समितिको सदस्यहरुमा उद्धव घिमिरे, भोजराज निरौला, दिपेश चौधरी, यादवप्रसाद पोखरेल र सीतादेवी खड्का सर्वसम्मत चयन भएका निर्वाचन समितिका संयोजक गोविन्दप्रसाद दाहालले जानकारी दिए ।

लेखा समितिको सदस्यमा टीकाप्रसाद कोइराला र झनकुमारी निरौला चयन भएका छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक