कोशी प्रदेश
गोठगाउँमा आइसोलेसन वार्ड तयार, आइसीयु र भेन्टिलेटरका लागि पहल गरिने
विराटचोकः कोरोनाको सङ्क्रमण विश्वव्यापी रुपमा फैलिइरहेको हुनाले नेपालमा पनि सङ्क्रमण फैलिए उपचारमा सहज होस् भनी मोरङको सुन्दरहरैंचा नगरपालिकाको गोठगाउँमा आइसोलेसन वार्ड तयार गरिएको छ ।
पूर्वाञ्चल विश्वविद्यालयको गोठगाउँमा रहेको शिक्षण अस्पतालमा १८ बेडको आइसोलेसन वार्ड तयार भएको हो । सो आइसोलेसन वार्डमा ४५ जना जनशक्ति परिचालन हुने अस्पतालका निर्देशक डा. विपेश आचार्यले बताए ।

सो आइसोलेसन वार्डको आइतबार सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकाल, उपमेयर धनमाया तामाङ, निमित्त कार्यकारी अधिकृत दामोदर चापागाईं, वडा नम्बर ७ का अध्यक्ष चैतन्यप्रसाद सिटौला, १० नम्बर वडाका वडाध्क्ष राजेन्द्र बहादुर थापा, सुरक्षाकर्मी तथा पत्रकारले अनुगमन गरेका थिए । जनप्रतिनिधि, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई आइसोलेसन वार्डको तयारीको बारेमा जानकारी दिन कार्यक्रम आयोजना गरिएको आचार्यले बताए ।

अस्पतालले निर्माण गरेको नवनिर्मित ओपिडी भवनलाई आइसोलेसनको रुपमा प्रयोग गर्न लागिएको हो । सो भवनमा एक जना बिरामीका लागि एउटामात्रै कोठा प्रयोग हुने गरी आइसोलेसन वार्ड बनाउन लागिएको र आइतबारसम्ममा सबै तयारी सकिने आचार्यले बताए । त्यस्तै, थप सङ्क्रमितका लागि एउटै हलमा सरकारी मापदण्ड पूरा गरी आइसोलेसन बेड बनाउन सकिने पनि उनले बताए ।

थप जनशक्ति तथा उपकरण उपलब्ध भएमा आइसीयु र भेन्टिलेटर सञ्चालन गर्न सकिने बताइएको छ । ‘हामी आईसियु र भेन्टिलेटरसहितको उपचार पनि दिन सक्छौं’, निर्देशक डा. आचार्यले भने, ‘तर त्यसका लागि दक्ष जनशक्ति र उपकरण भने अहिले हामीसँग उपलब्ध छैन ।’ सरकारले जनशक्ति र उपकरण उपलब्ध गराएमा सो सेवा पनि उपलब्ध हुने उनले प्रष्ट्याए ।
पूर्वाञ्चल विश्वविद्यालयका डिन डा. शैलेषमणि पोखरेलले अस्पतालमा आउने बिरामीको यात्राको अवस्थाको बारेमा जानकारी लिएर आइसोलेसनमा राखिने बताए । ‘हामी बिरामीको ट्राभल हिस्ट्री हेर्छौं । स्थानीयभन्दा बाहिरी देशबाट आएको व्यक्तिमा सङ्क्रमणको बढी सम्भावना भएकाले ट्राभल हिस्ट्री हेर्न लागिएको हो’, उनले भने, ‘त्यसपछि उच्च ज्वरो, सुख्खा खोकी र श्वासप्रश्वासमा भएको समस्यालाई आधार मानी आइसोलेसनमा राख्ने कि नराख्ने भन्ने निर्णय हुन्छ ।’

कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसपाद ढकालले भौतिक पूर्वाधार, उपकरण तथा जनशक्ति थप्न नगरपालिकाले सहयोग गर्ने बताए । ‘भौतिक संरचना निर्माण, आवश्यक उपकरण खरीद तथा जनशक्तिको परिचालनमा नगरले सक्दो सहयोग गर्नेछ,’ मेयर ढकालले भने, ‘नगरपालिका र विश्वविद्यालयको आपसी समन्वयमा आइसोलेसन सेवा सञ्चालन हुनेछ ।’ आईसीयु र भेन्टिलेटरका लागि चाहिने आवश्यक सामग्री खरीदका लागि आवश्यक प्रक्रिया अघि बढाउइ चाडै सन्चालन गरिने छ ।

Facebook Comment
Banner
कांग्रेस देउवा समूह आज सर्वोच्च अदालत जाने
नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि आज सर्वोच्च अदालत जाने भएको छ ।
निर्वाचन आयोगले गत शुक्रबाट विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि उक्त निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च जान लागेको हो ।
गत पुस २७ देखि माघ १ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।
Banner
रास्वपा केन्द्रीय समितिको बैठक, प्रत्यक्ष उम्मेदवार टुंगो लाग्ने
प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ।बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि १६५ क्षेत्रका प्रत्यक्ष उम्मेदवारको नाम टुंगो लगाउने बताइएको छ। निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेकोको छ। उम्मेदवारी दर्ताका लागि आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवार पुग्नुपर्ने भएकाले आजै उम्मेदवारको टुंगो लगाउनुपर्ने बाध्यतामा दल रहेका छन्।
नेकपा (एमाले)ले केही क्षेत्रबाहेक अधिकांश उम्मेदवारको नाम टुंगो लगाएको छ भने कांग्रेसमा विवाद जारी छ। पार्टी आधिकारिकताको प्रमाणपत्र विशेष महाधिवेशन पक्षले पाएपछि कांग्रेसमा विवाद चर्चिएको हो।
Banner
आधिकारिकता विवादबीच निर्वाचन जाने विशेष महाधिवेशन कांग्रेसको निर्णय
विशेष महाधिवेशनबाट निर्वाचित भएको कांग्रेसले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाने निर्णय गरेको छ । गएराति गगन थापा सभापतिमा निर्वाचित भएपछि आज ललितपुरको कुपण्डोलमा बसेको पहिलो बैठकले निर्वाचन आयोग जाने निर्णय गरेको हो ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login