समाचार
निर्वाचनका लागि नेकपाका विद्यार्थी नेता धरान आउने
धरानः मंसिर १४ मा हुने उपनिर्वाचनमा अन्य स्थानभन्दा धरानलाई महत्वपूर्ण मानिएकाले नेकपाका केन्द्रीय संयोजकसहितको टिम धरान आउने भएको छ । नेकपा मेयरका उम्मेद्वार प्रकाश राईलाई विजय गराउनका लागि विद्यार्थीको केन्द्रीय स्तरका नेता आउने विद्यार्थीको प्रदेशस्तरीय भेलामा जानकारी दिइएको छ । भेला आइतबार धरानको पार्टी कार्यालयमा सम्पन्न भएको छ ।
आउने निर्वाचनमा नेकपाका केन्द्रीय संयोजक तथा सहसंयोजकको टिमसहित प्रदेशका स्तरीय नेताहरू पनि धरान केन्द्रित हुनेछन् भने अन्य ठाउँमा स्थानीय केन्द्रीय सदस्य लगायत स्थानीय नेतालाई परिचालन गरिने कार्यक्रममा जिल्ला अध्यक्ष जीबी गजलले जानकारी दिएका छन् ।
भेलाले विद्यार्थीका केन्द्रीय तहदेखि तल्लो स्तरसम्मका नेता तथा कार्यकर्ता रहने गरी निर्वाचन प्रचारप्रसार उपसमिति बनाउने निर्णय गरेको छ ।
कार्यक्रम अखिल क्रान्तिकारीका केन्द्रीय सचिव मदन भट्टराईको अध्यक्षतामा भएको थियो । प्रमुख अतिथि अनेरास्ववियुका केन्द्रीय सचिव ओसिम आलम र विशेष अतिथि अइन्द्रविक्रम बेघा, मकर खड्का रहेका थिए । प्रायः सबै नेताले आफ्नो मन्तव्य राख्ने क्रममा सबै नेता तथा कार्यकर्तालाई प्रचारप्रसारमा लाग्न निर्देशन दिएका थिए ।
अनेरास्ववियु तथा अखिल क्रान्तिकारी दुवै सङ्गठनका जिल्ला अध्यक्ष क्रमशः जीबी गजल र बुद्रोस लिम्बू नेतृत्वमा रहने गरी उपसमिति बनाइने छ । यही मंसिर १४ मा हुने उपनिर्वाचनका लागि साबिक अनेरास्ववियु र अखिल क्रान्तिकारीका केन्द्रीय नेताहरू धरान उपमहानगरका मेयरका उम्मेद्वारलाई विजय गराउनका लागि धरान आउने भएका छन् ।
Facebook Comment
Banner
कांग्रेस देउवा समूह आज सर्वोच्च अदालत जाने
नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि आज सर्वोच्च अदालत जाने भएको छ ।
निर्वाचन आयोगले गत शुक्रबाट विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि उक्त निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च जान लागेको हो ।
गत पुस २७ देखि माघ १ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।
Banner
रास्वपा केन्द्रीय समितिको बैठक, प्रत्यक्ष उम्मेदवार टुंगो लाग्ने
प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ।बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि १६५ क्षेत्रका प्रत्यक्ष उम्मेदवारको नाम टुंगो लगाउने बताइएको छ। निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेकोको छ। उम्मेदवारी दर्ताका लागि आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवार पुग्नुपर्ने भएकाले आजै उम्मेदवारको टुंगो लगाउनुपर्ने बाध्यतामा दल रहेका छन्।
नेकपा (एमाले)ले केही क्षेत्रबाहेक अधिकांश उम्मेदवारको नाम टुंगो लगाएको छ भने कांग्रेसमा विवाद जारी छ। पार्टी आधिकारिकताको प्रमाणपत्र विशेष महाधिवेशन पक्षले पाएपछि कांग्रेसमा विवाद चर्चिएको हो।
Banner
आधिकारिकता विवादबीच निर्वाचन जाने विशेष महाधिवेशन कांग्रेसको निर्णय
विशेष महाधिवेशनबाट निर्वाचित भएको कांग्रेसले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाने निर्णय गरेको छ । गएराति गगन थापा सभापतिमा निर्वाचित भएपछि आज ललितपुरको कुपण्डोलमा बसेको पहिलो बैठकले निर्वाचन आयोग जाने निर्णय गरेको हो ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login